प्रधानमन्त्री दाहाल पहिलो सार्वजनिक कार्यक्रममा सरिक, टुँडिखेलमा तमू ल्होसारको प्रमुख अतिथि
जानकारी केन्द्र
२०७९, पुष, १५
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल पहिलो सार्वजनिक कार्यक्रममा सरिक भएका छन् । उनी आज शुक्रबार काठमाडौंको टुँडिखेलमा गुरुङ राष्ट्रिय परिषद् काठमाडौंले आयोजना गरेको तमू ल्होसारमा सहभागी भएका हुन् । तमू ल्होसारमा प्रमुख अतिथिको रुपमा प्रधानमन्त्री सहभागी हुँदै आएको छ ।
प्रधानमन्त्री दाहाल पनि आज प्रमुख अतिथिको रुपमा टुँडिखेल पुगेका हुन् । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाई गर्दै नयाँ वर्षलाई स्वागत गरेर ‘तमू ल्होसार’ मनाइरहेका छन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमू ल्होसार’ भनिएको हो । ल्होसारको अवसरमा आज टुँडिखेलमा विभिन्न झाँकी निकालिएको थियो । उनीहरु आफ्नो भेषभुषामा सजिएका थिए ।
सम्बन्धित समाचार
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
आज पनि पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव कायम रहने
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
