गृहमन्त्रीको निर्णय : अगुवा-पछुवा सुरक्षाकर्मी राख्दिन, साइरन बजाएर हिँड्दिन
काठमाडौं । गृहमन्त्री रवि लामिछानेले नागरिकको सुरक्षाका निम्ति आफूले बोलेको वचन इमानदारिताका साथ पुरा गर्ने बताएका छन् । उनले शुक्रबार सामाजिक सञ्जाल मार्फत गृहमन्त्रीको सवारीका क्रममा रहने अगुवा-पछुवा सुरक्षाकर्मी सहितको गाडी हटाएर अगाडी एउटा मात्र गाडी सुरक्षामा राख्ने निर्णय गरेको समेत जनाएका छन् ।
उनी लेख्छन्,
नागरिकलाई सुरक्षित महसुस हुने वातावरण निर्माण गर्ने निकाय हो गृह प्रशासन। म यसको नेतृत्वमा रहँदा, म मात्र उच्च सुरक्षा घेरामा हिँडडुल गरेर नागरिकको अपेक्षा पुरा हुँदैन । म मेरो भन्दा पनि नागरिकको सेवा र सहजताका लागि काम गर्न यो जिम्मेवारीमा आएको हुँ । म आफूले बोलेका कुरा इमानदारिताका साथ पुरा गर्नेछु ।
-उपप्रधानमन्त्री एवं गृहमन्त्रीको नियुक्ति लगत्तै मैले मेरो सुरक्षामा खटिने प्रहरी निरीक्षकको नेतृत्वलाई घटाएर प्रहरी नायब निरीक्षक ९सई०को नेतृत्व सुरक्षाकर्मी राखेको छु ।
-उपप्रधानमन्त्री तथा गृहमन्त्रीको सवारीका क्रममा रहने अगुवा-पछुवा सुरक्षाकर्मी सहितको गाडी हटाएर मैले आजैबाट अगाडी एउटा मात्र गाडी सुरक्षामा राख्ने निर्णय गरेको छु । भई परि आउँदाको परिस्थितिलाई अपवाद मानिदिनु होला।
-सडक नियमको पूर्ण पालना सबैले गर्नुपर्छ भनेर नियम लागु गराउने निकायको नेतृत्व गर्ने म सधैँ ट्राफिक बत्तीमा लाइन बसेर नै यात्रा गर्छु र सडक लेन अनुशासन पूर्ण पालना गर्ने गराउने कुरामा प्रतिबद्ध छु। कुनै अकाट्य परिस्थिति आइ पर्दा बाहेक म आफ्नो कार्यकाल भरी नै यी नियम पालना गर्छु।
-साईरन बजाएर नागरिकलाई उछिन्दै हिँड्ने प्रवृत्तिको म सधैँ आलोचक हुँ,आकस्मिक अवस्थामा बाहेक मबाट यस्तो गतिविधि हुँदैन।
-व्यक्तिगत कामकालागि कतै जानु परेमा वा विदाका दिनमा म आफ्नै सवारीसाधन प्रयोग गर्छु र यदि कुनै अवस्थामा सरकारी सवारीसाधन प्रयोग गर्नु परेमा त्यसको हिसाब राज्यलाई बुझाउने छु।
सम्बन्धित समाचार
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
आज पनि पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव कायम रहने
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
