• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१० असार २०८३, बुधबार
१० असार २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ असार ११ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १४ घण्टा 

बैंक कर्मचारीको बिदा व्यवस्थामा राष्ट्र बैंकको नयाँ प्रस्ताव, अनिवार्य बिदा सञ्चित गर्न नपाइने
  • १५ घण्टा 

१६ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ
  • १६ घण्टा 

११ महिनामै २५ अर्बभन्दा बढीका १० हजार ८ सय ४५ विद्युतीय सवारी आयात
  • १७ घण्टा 

नक्कली गहनाले भाँडियो विवाह, बेहुलीबिनै जन्ती फर्कियो
  • १७ घण्टा 

तराई क्षेत्रमा तापक्रम निरन्तर बढ्दो, सतर्कता अपनाउन आग्रह
  • १८ घण्टा 

बैंकिङ प्रणालीमा अधिक तरलता, राष्ट्र बैंकले ७० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने
  • १८ घण्टा 

अब विश्वकपका इरानी खेलाडी दुई दिन अघि नै अमेरिका जान पाउने
  • १९ घण्टा 

वाणिज्य बैंकमा गैरबैंकिङ सम्पत्ति बढ्यो, कुन बैंकमा कति ?
  • १९ घण्टा 

लोकप्रिय समाचार

  • १. अकबरे खुर्सानीले फेरिएको भोजपुर : रित्तिँदै गएका गाउँमा फर्किएको जीवन

  • २. जोरपाटीमा कजारिया रमेश टायल्सको नयाँ शोरुम, विश्वस्तरीय डिजाइन अब नजिकै

  • ३. ट्रिलियनियर बने लगत्तै मस्कले किने ६० बिलियनको कोडिङ कम्पनी

  • ४. यामाल बने यस विश्वकपको सबैभन्दा कान्छो गोलकर्ता, स्पेन ४-० ले बिजयी

  • ५. विपन्न परिवारको स्वास्थ्य बीमा गाउँपालिकाले तिर्ने, मैवा खोलाले ल्यायो ४३ करोड ६१ लाखको बजेट

  • ६. एप्पलले ल्याउँदै विश्वकै सबैभन्दा पातलो आईफोन, अत्याधुनिक सुधारसहित

  • ७. सोमबार सम्भव हुन नसकेको रास्वपाको बन्द सत्र आजवाट सुरू हुने

  • ८. आज देखी चिया उधोग र बगान अनिश्चितकालका लागि बन्द

  • ९. सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

  • १०. २०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

आमाको हातको बटुक र सेल नखाँदै पोखराको आकाशमा अस्ताइन सिर्जना

जानकारी केन्द्र २०७९, माघ, २

काठमाडौं । आइतबार पोखरामा भएको एति एयरलाइन्सको बिमान दुर्घटनामा परी ज्यान गुमाउनेमा रुपन्देहीको सैनामैना ५ सेरुवाकी सिर्जना हुङचुङ मगर पनि छिन । सिर्जना दुर्घटना ग्रस्त विमानको चालक दलका सदस्य ९एयर होस्टेस० हुन् ।

सिर्जनाले शनिबार घरमा आमाबुवा र दाइभाउजु संग फोनमा लामै कुराकानी गरेकी थिइन । सिर्जनाको घरमा माघे संक्रान्तिमा सधै बटुक र सेल पाक्थ्यो । आमाले पकाएको बटुक र सेल असाध्यै खान मन लागेको भन्दै यसपाली अलि धेरै पठाइदिन भनेकी थिइन ।

त्यसकै लागि भाउजु सरस्वतीलाइ उनले सोमबार काठमाडौं बोलाएकी थिइन । आइतबार पोखरा र भद्रपुरको फ्लाइट रहेको उनले शनिबारै जानकारी गराएकी थिइन ।

आमा खिमिसराले पनि आइतबार बिहानैदेखि सिर्जनालाइ असाध्यै मन पर्ने बटुक र सेल पकाउदै थिइन । सिर्जना ९सिर्जु० लाइ त्यही बटुक र सेल कोशेली पठाइदिने तयारी थियो । तर अचानक पोखरामा यतीको जहाज दुर्घटनाको हल्ला चल्यो ।

चालक दलका ४ सहित ७२ जनाको शव निकाल्ने क्रम जारी रहेको खबरहरु टिभिले पनि भन्न थालेपछि घरमा रुवाबास सुरु भयो । आमा खिमिसरा अहिले पनि छोरी सम्झेर घरी घरी मुर्छित हुन्छीन ।

छोरी सम्झेर भक्कानिदै भन्छिन ‘भएकी एउटी छोरी, मलाइ कस्तो भाछ कसलाइ के थाहा रु आफै भिरबाट हाम फालेर मरु जस्तो भाछ’ । ‘हे भगवान बरु म पनि उसै संग जान पाएको भए हुन्थ्यो’ आमा खिमिसराले बिलौना गरीन ।

सिर्जना परिवारकी एक्ली छोरी हुन् । उनका दुइ जना दाइ र एक भाइ छन् । गएको अशोजमा उनी दसैं मनाउन घर आएकी थिइन । परिवारसंग न्यास्रो लागेको र आमाले पकाएको बटुक र सेलरोटी खान मन लागेको भन्दै उनले यसपाली भाउजुलाइ सोमबार काठमाडौ बोलाएकी थिइन । तर आइतबार पोखराको आकाशमा उनी सदाकालागि अस्ताइन ।

सिर्जनाले २०७२ सालदेखि यती एयरलाइन्समा काम गर्न सुरु गरेकी हुन् । मेहनती र लगनसील सिर्जना बढुवा भइ बोइङको परिचारिका बन्ने लिष्टमा छनौट भएको पनि परिवारले बताएको छ । २९ बर्षीय सिर्जनाले सैनामैनाकै सिद्धार्थ मेमोरियल बोर्डिङ स्कुलमा अध्ययन गरेकी हुन् ।

पढाइमा अब्बल उनले बुटवलको सिसिटी कलेजबाट स्नातक पुरा गरेपछि एयर होस्टेसको तालिम लिएर २०७२ सालदेखि यती एयरमा काम सुरु गरेको उनका मामा एक बहादुरले बताए । आजको नागरिक दैनिकमा रेखा भुसालले लेखेकी छन् ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बैंक कर्मचारीको बिदा व्यवस्थामा राष्ट्र बैंकको नयाँ प्रस्ताव, अनिवार्य बिदा सञ्चित गर्न नपाइने
१६ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ
११ महिनामै २५ अर्बभन्दा बढीका १० हजार ८ सय ४५ विद्युतीय सवारी आयात

ताजा

२०८३ असार ११ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

बैंक कर्मचारीको बिदा व्यवस्थामा राष्ट्र बैंकको नयाँ प्रस्ताव, अनिवार्य बिदा सञ्चित गर्न नपाइने

१६ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

११ महिनामै २५ अर्बभन्दा बढीका १० हजार ८ सय ४५ विद्युतीय सवारी आयात

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.