एमाले अध्यक्ष ओली र चिनियाँ राजदूतबीच शिष्टाचार भेट
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि चीनका राजदूत चेन सोङबीच शिष्टाचार भेट भएको छ। अध्यक्ष ओली निवास बालकोटमा बुधबार साँझ भएको भेटमा दुईपक्षीय सम्बन्ध र आपसी हितका विषयमा कुराकानी भएको पार्टी सचिवालयले जनाएको छ।
सो अवसरमा अध्यक्ष ओलीले नवनियुक्त राजदूत सोङलाई स्वागत गर्दै दुई देशबीचको सुमधुर र घनिष्ट सम्बन्ध राजदूत सोङको कार्यकालमा अझ सुदृढ हुने विश्वास व्यक्त गरे। ओलीले मुलुकको समसामयिक राजनीतिका विषयमा जानकारी गराउँदै वर्तमान सरकार राष्ट्रवादी दलहरूको साझेदारीमा गठन भएको जानकारी समेत गराएका सचिवालयले जनाएको छ। अध्यक्ष ओलीले एक चीन नीति रहेको नेपालले छिमेकी विरूद्ध नेपाली भूमि प्रयोग हुन नदिने बताएका थिए।
भेटमा राजदूत सोङले आगामी दिनमा नेपालका लागि चिनियाँ सहयोग बढाउन आफ्नो प्रयास रहने बताए। उनले कोभिडका कारण रोकिएका सीमानाका पुनः सञ्चालन गर्ने लगायत कतिपय सहयोग आदानप्रदानका कामलाई पनि अगाडि बढाइने प्रतिबद्धता व्यक्त गरेका सचिवालयले जनाएको छ।
राजदूत सोङले केही दिनअघि ओहोदाको प्रमाणपत्र ग्रहण गरेसँगै आफ्नो भेटघाट बढाएका हुन्।
सम्बन्धित समाचार
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
विराटनगरमा खुल्यो नेपालको सबैभन्दा ठूलो २८ औँ सीजी डिजीटल शोरुम
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
काठमाडौँको सफलतापछि अब क्षेत्रीय २० शहरहरूमा एकै साथ नयाँ ‘ब्लु यामाहा एक्सएसआर १५५’ को अनावरण
आज तराईका केही भूभागमा बिहानपख हुस्सु लाग्ने
राष्ट्रिय परिचयपत्र नहुँदा पनि बैंकिङ सेवा लिन सकिने
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
