रविको बहानामा एमालेसँग टाढिने प्रचण्डको चाहना, बाबुरामलाई राष्ट्रपति बनाउने तयारी
काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल एमालेसँग टाढिन खोजेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीलाई गृहमन्त्रालय नदिने प्रचण्डको अडानले एमाले असन्तुष्ट बनेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री दाहालसँगको भेटमा गृहमन्त्रालयको नेतृत्व रवि लामिछानेलाई नै दिन दबाब दिएको खुलासा भएको छ ।
तर, प्रधानमन्त्री दाहालले भने गृहमन्त्रालय आफ्नै दलमा राख्ने अडान लिएका छन् । रवि लामिछानेको नागरिकतासम्बन्धी परेको मुद्दामा सर्वोच्च अदालतले लामिछानेको सांसद र मन्त्री पद खारेज गरिदिएको थियो । त्यही मौका छोपेर प्रचण्डले अहिलेको गठबन्धनबाट एमाले र रास्वपासँग दूरी बढाउने रणनीति अख्तियार गरेका छन् । त्यसको लागि उनले गृहमन्त्रालय कुनैपनि हालतमा रास्वपालाई नदिने अडान लिएका छन् ।
प्रधानमन्त्री दाहाल राष्ट्रपतिको निर्वाचनसम्म पुग्दा अहिलेको गठबन्धन भत्काएर कांग्रेससम्मिलित नयाँ गठबन्धन बनाउन चाहन्छन् । राष्ट्रपति कुनैपनि हालतमा एमालेलाई नदिन उनीमाथि पार्टीभित्रैबाट दबाब पनि छ । उनी भने आफ्ना पूर्व सहकर्मी डा। बाबुराम भट्टराईलाई राष्ट्रपति बनाउन चाहन्छन् । बाबुरामलाई कांग्रेसले पनि सहयोग गर्ने बुझिएको छ। रास्वपाले भने गृहमन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएको छ । आज बेलुकासम्म रास्वपाले यसबारे निर्णय गर्ने सो दलका नेताहरुको टिप्पणी छ ।
सम्बन्धित समाचार
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

