रविको बहानामा एमालेसँग टाढिने प्रचण्डको चाहना, बाबुरामलाई राष्ट्रपति बनाउने तयारी
काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल एमालेसँग टाढिन खोजेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीलाई गृहमन्त्रालय नदिने प्रचण्डको अडानले एमाले असन्तुष्ट बनेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री दाहालसँगको भेटमा गृहमन्त्रालयको नेतृत्व रवि लामिछानेलाई नै दिन दबाब दिएको खुलासा भएको छ ।
तर, प्रधानमन्त्री दाहालले भने गृहमन्त्रालय आफ्नै दलमा राख्ने अडान लिएका छन् । रवि लामिछानेको नागरिकतासम्बन्धी परेको मुद्दामा सर्वोच्च अदालतले लामिछानेको सांसद र मन्त्री पद खारेज गरिदिएको थियो । त्यही मौका छोपेर प्रचण्डले अहिलेको गठबन्धनबाट एमाले र रास्वपासँग दूरी बढाउने रणनीति अख्तियार गरेका छन् । त्यसको लागि उनले गृहमन्त्रालय कुनैपनि हालतमा रास्वपालाई नदिने अडान लिएका छन् ।
प्रधानमन्त्री दाहाल राष्ट्रपतिको निर्वाचनसम्म पुग्दा अहिलेको गठबन्धन भत्काएर कांग्रेससम्मिलित नयाँ गठबन्धन बनाउन चाहन्छन् । राष्ट्रपति कुनैपनि हालतमा एमालेलाई नदिन उनीमाथि पार्टीभित्रैबाट दबाब पनि छ । उनी भने आफ्ना पूर्व सहकर्मी डा। बाबुराम भट्टराईलाई राष्ट्रपति बनाउन चाहन्छन् । बाबुरामलाई कांग्रेसले पनि सहयोग गर्ने बुझिएको छ। रास्वपाले भने गृहमन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएको छ । आज बेलुकासम्म रास्वपाले यसबारे निर्णय गर्ने सो दलका नेताहरुको टिप्पणी छ ।
सम्बन्धित समाचार
टिकटकको दोस्रो त्रैमासिक प्रतिवेदन सार्वजनिक, नेपालमा २० लाख भिडियो हटाइयो
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
एनएमबी बैँकका ग्राहकले अब विदेशमा सहजै रकम पठाउन सक्ने,भिसासँग नयाँ सम्झौता
पोखरामा कात्तिक १४ मा ‘पल्सर आरपीएम’ आयोजना हुँदै, स्टन्ट र स्ट्रीट कल्चर मुख्य आकर्षण
केन्टका आधुनिक इलेक्ट्रिक वाटर हिटरः प्रविधि, सुरक्षा र आरामदायी तातोपानीको उत्कृष्ट संयोजन
चक्रवात ‘अर्नब’को असर तीव्र बन्दै, भोलि भारी वर्षाको जोखिम
ट्रेन्डिङ
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
