Jankari Kendra
१० भाद्र २०८३, बुधबार
Worldlink

सन्दीप लामिछाने प्रकरण : आज सर्वोच्चमा पहिलो सुनुवाइ हुँदै

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, माघ, २०
सन्दीप लामिछाने प्रकरण : आज सर्वोच्चमा पहिलो सुनुवाइ हुँदै

काठमाडौँ । बलात्कारको अभियोग लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको पहिलो सुनवाइ शुक्रबार हुँदैछ । एक बालिका बलात्कारको अभियोग लागेका लामिछानेलाई पुर्पक्षको लागि धरौटीमा छोड्ने उच्च अदालत, पाटनको आदेश बदरगर्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा निवेदन दिएको थियो। जसमाथी आज शुक्रबार पहिलो सुनुवाइ हुने भएको हो ।

गत मंगलबार सन्दीपलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग गर्दै दिइएको निवेदनको पेशी आज तोकिएको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सन्जीवराज रेग्मीले जानकारी दिए ।

उच्च अदालतको आदेशपछी रिहा भएका सन्दीपलाई पुनःनेपाली क्रिकेट मैदानमा ल्याउने नेपाल क्रिकेट संघको निर्णय भएको पर्सिपल्ट अर्थात् आज शुक्रबार सर्वोच्चमा पहिलो सुनवाई हुन लागेको हो ।

बलात्कार अभियोग लागेपछी नेपाल क्रिकेट संघ (क्यान) बाट निलम्बनमा परेका तत्कालीन कप्तान लामिछाने बिहीबार साँझदेखि हुने बन्द प्रशिक्षणमा पनि सहभागी भएका छन्। उनले बिहीबार नै कीर्तिपुर पुगेर अभ्यासमा सहभागिता जनाएका हुन् ।

क्यानको पोखरामा भएको बोर्ड बैठकले सन्दीपको निलम्बन फुकुवा गर्ने निर्णय गरेको थियो ।

Top Changing Nepal

युट्युब सट्स