एजेन्सी । केहि समय अघि ट्विटरले ब्लु टिकको लागि पैसा लिने घोषणा गरेको थियो । यो योजना एलोन मस्कले ट्विटर खरिद गरेपछि सुरु भएको थियो । युरोपका धेरै देशहरूमा ट्विटर ब्लु टिक मनिटेकिङ स्किम सुरु गरेपछि यसको विरोध पनि हुने गरेको छ ।
यद्पी ट्विटरको यो घोषणापछि अब मेटाले पनि फेसबुक र इन्स्टाग्राममा ब्लु टिकको लागि पैसा लिने घोषणा गरेको छ । फेसबुक र इन्स्टाग्राम ह्यान्डल गर्ने कम्पनी मेटाका संस्थापक र सीईओ मार्क जुकरबर्गले ब्लू टिकको लागि पैसा लिने योजना बनाएको बताएका छन् ।
अहिले यो योजना अस्ट्रेलिया र न्यूजिल्याण्डबाट सुरु हुँदैछ । मेटाले आइतबार घोषणा गर्यो कि यसले इन्स्टाग्राम र फेसबुकको वेबको लागि प्रति महिना ११।९९ डलर र मोबाइलको लागि प्रति महिना १४.९९ डलरमा सशुल्क प्रमाणीकरण परीक्षण गरिरहेको छ ।
मेटाका संस्थापक र सीईओ मार्क जुकरबर्गले घोषणा गरे कि मेटा भेरिफाइड खाताले प्रयोगकर्ताहरूलाई प्रमाणित ब्याज, प्लेटफर्महरूमा बढेको दृश्यता, प्राथमिकता ग्राहक समर्थन र थप कुराहरू प्रदान गर्नेछ ।
१८ वर्ष भन्दा माथिका प्रयोगकर्ताहरूले ब्लू टिक पाउने
यो नयाँ फिचरले सेवाहरूको प्रामाणिकता र सुरक्षा बढाउने जुकरबर्गले बताए । यो सेवा लिन कम्तिमा १८ वर्ष वा सोभन्दा माथिको हुनुपर्ने र सरकारी आईडी पेश गर्नुपर्ने छ ।