विद्युतीय सवारी साधन प्रयोगको फाइदा मात्रै छः कुलमान घिसिङ
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विद्युतीय सवारी साधन प्रयोग गर्न सबैलाई आह्वान गरेका छन् । सोमवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै प्रबन्ध निर्देशक घिसिङले विद्युतीय सवारी साधन प्रयोग गर्न सबैलाई आह्वान गरेका हुन् ।
उनले विद्युतमा गरिएको लगानी सँगसँगै विद्युत् खपत पनि बढाउने कार्य योजना रहेकाले सोही अनुरूप विद्युतीय सवारी साधनहरू आइरहेका बताए । उनले पेट्रोल तथा डिजेलबाट चल्ने सवारी साधनहरूभन्दा विद्युतबाट चल्ने सवारी साधन कयौँ गुणा सस्तो पर्ने बताए । त्यस्तै विद्युतीय सवारी साधनको प्रयोगले प्रदूषण पनि घट्ने भन्दै उनले विद्युतीय सवारी साधन प्रयोग गर्नुको फाइदा मात्रै भएको बताए । वातावरणीय र स्वास्थ्य सुरक्षाको दृष्टिले विद्युतीय सवारी साधन नै उपयुक्त भएको उनको भनाइ छ ।
‘लगानी सँगै हाम्रो खपत बढाउने कार्य योजना अन्तर्गत विद्युतीय सवारी साधनहरू आइरहेको छ, त्यसको लागि विद्युतीय सवारी साधन प्रयोग सबैले गरिदिनुहुन आह्वान गर्छु’, उनले भने, ‘विद्युतीय सवारी साधन प्रयोग गरौँ । त्यसले दुई वटा काम गर्छ । एउटा, तपाई आफ्नै जसले प्रयोग गर्नुहुन्छ, त्यो उपभोक्ताले पनि एकदमै थोरै अपरेसन कस्टमा, विद्युतीय स्कुटरमा २५ पैसादेखि ३० पैसामा प्रति किलोमिटर कस्ट लाग्छ । विद्युतीय सवारी साधन चल्दा प्रदूषण पनि हट्छ । वातावरणको हिसाबले, स्वास्थ्य सुरक्षाको हिसाबले उपयुक्त सवारी साधन भनेको विद्युतीय सवारी साधन नै हो ।’
उनले नेपालमा बर्खायाममा पर्याप्त विद्युत् रहेको भन्दै आगामी दुई वर्षभित्रमा हिउँदे याममा पनि विद्युत् पुग्ने स्थिति हुने बताए ।
सम्बन्धित समाचार
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
विराटनगरमा खुल्यो नेपालको सबैभन्दा ठूलो २८ औँ सीजी डिजीटल शोरुम
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
काठमाडौँको सफलतापछि अब क्षेत्रीय २० शहरहरूमा एकै साथ नयाँ ‘ब्लु यामाहा एक्सएसआर १५५’ को अनावरण
आज तराईका केही भूभागमा बिहानपख हुस्सु लाग्ने
राष्ट्रिय परिचयपत्र नहुँदा पनि बैंकिङ सेवा लिन सकिने
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
