पृथ्वीबहादुर शाहसहित ६ जनालाई थुनामा पठाउन आदेश, १३ जना भने अझै फरार
काठमाडौँ । अमेरिकाबाट अवैध ४० करोड रुपैयाँ भित्र्याउन लागिपरेका पृथ्वीबहादुर शाहसहित ६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ। जिल्ला अदालत, काठमाडौँले शाहसहित ६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। अदालतको आदेशपछि सोमबार पृथ्वीसहित उनका भाइ विजयविक्रम शाह, सहयोगी अनुप खड्का, चक्रबहादुर खत्री, रुक्मांगत काफ्ले र रंगबहादुर साउद पुर्पक्षका लागि कारागार चलान भएका छन्।
प्रकरणमा संलग्न १३ जना भने अझै फरार छन्। फरार रहनेमा अछामका देवेन्द्र ढुंगाना, रामेछापका सागर आले मगर, कैलालीका लक्ष्मण रेग्मी, रामेछापका विनोद सुन्दार, काठमाडौँका सानु ठकुरी, अविन परियार, राजुकमार ठकुरी, सन्तोष पाण्डे, अञ्जना रजक भण्डारी, किशोर सिंह, तरुण शाह, शिवकुमार पाण्डे र देवेन्द्रबहादुर शाह रहेका छन्।
केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी का अनुसार पक्राउ परेका ७ प्रतिवादीमध्ये भक्तपुरकी २४ वर्षीया विनिता तामाङलाई भने ५० हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश भएको छ।
अमेरिकी नागरिक ठगिएको उजुरी नेपालस्थित अमेरिकी राजदूतावासले नै जानकारी गराएपछि पृथ्वीबहादुर शाहसहितका ७ जनालाई पक्राउ गरी अनुसन्धान गरिएको थियो। पृथ्वीबहादुर शाहले ठगी गर्नकै लागि २४ वटा भन्दा धेरै कम्पनी खोलेको पाइएको, शाह र उनको समूहमा रहेका १९ जनाविरुद्ध चार वटा मुद्दा चलाउनुपर्नेलगायतसहितको प्रतिवेदन सिआईबीले बुझाइसकेको थियो।
प्रतिवेदनअनुसार रिमोट एक्सेसबाट पीडितहरुको डिभाइसमार्फत बैंक एकाउण्टमा पहुँच पुर्याउने र मौज्दात रकम नेपाल र थाइल्याण्डमा पठाउने गरेको पाइएको हो। शाहले क्यान्सर, अल्जाइमर रोग पीडित र जेष्ठ नागरिकलाई टार्गेट गरी ठगी गर्ने र पीडितलाई सम्पत्ति शुद्धीकरण विभागले कारबाही गर्छ र कानुनी उल्झनमा परिन्छ भनि कानुनी प्रक्रियामा नजान धम्की दिने गरेका थिए।
पीडितलाई सम्पर्क गर्दा भारतको वेस्ट बंगालबाट गर्ने गरेको तर नम्बर भने अमेरिकन नै देखिने गरेको सीआईबीले फेला पारेको छ। अहिलेसम्म उनीबाट पीडित ५६ जना रहेको खुले पनि २४ जनाले मात्रै जाहेरी दिएका छन्। उनले यसरी आर्जन गरेको रकमबाट काठमाडौँमा जग्गा खरिद गरेको भेटिएको छ। कीर्ते विवरणसहित दर्ता भएको उक्त कम्पनी विभिन्न व्यक्ति हुँदै हाल अनुप खड्काको नाममा संचालन रहेको पाइएको छ। तर आर्थिक कारोबार भने पृथ्वीबहादुर शाहले नै गरिरहेका छन्।
अमेरिकी नागरिक ठगिएको उजुरी नेपालस्थित अमेरिकी राजदूतावासले नै जानकारी गराएपछि पृथ्वीबहादुर शाहसहितका ७ जनालाई पक्राउ गरी अनुसन्धान गरिएको थियो। अनुसन्धानमा उनीहरूले ठगीबाट आर्जन गरेको सम्पत्ति घर, जग्गालगायत कारोबारमा लगानी गरेको पनि खुल्न आएको सिआईबीका प्रवक्ता प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले बताए। साथै शाहको २० करोड ४१ लाख नेपाली रुपैयाँ बैंकहरुले रोक्का गरेका छन् ।
मंगलबारको विनिमय दरअनुसार ग्लोबल, प्रभु, नेपाल इन्भेष्टमेन्ट मेगा, एनएमबिसहितका बैंकमा रहेको उनको खातामा २० करोड ४१ लाख ५८ हजार ११६.४१ नेपाली रुपैयाँ होल्ड गरिएको छ।
सम्बन्धित समाचार
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
विराटनगरमा खुल्यो नेपालको सबैभन्दा ठूलो २८ औँ सीजी डिजीटल शोरुम
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
काठमाडौँको सफलतापछि अब क्षेत्रीय २० शहरहरूमा एकै साथ नयाँ ‘ब्लु यामाहा एक्सएसआर १५५’ को अनावरण
आज तराईका केही भूभागमा बिहानपख हुस्सु लाग्ने
राष्ट्रिय परिचयपत्र नहुँदा पनि बैंकिङ सेवा लिन सकिने
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
