प्रचण्डले ओलीलाई फेरि झुक्याए
काठमाडौं । प्रतिनिधि सभामा विचाराधीन टिआरसी विधेयकका विषयमा छलफलका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाएको बैठक स्थगित् भएको छ । प्रधानमन्त्री प्रचण्डले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बैठक बोलाए पनि उनी स्वयम् उपस्थित नहुँदा आजको बैठक स्थगित् भएको हो ।
टीआरसी विधेयकलाई न्यायपूर्ण र सर्वस्वीकार्य बनाउन तीन दलका शीर्ष नेताबीच आज छलफल हुने कार्यतालिका रहेको थियो । बैठकमा सहभागी हुन प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे बालकोट पुगिसकेका थिए । प्रधानमन्त्री आफैंले नौ बजेका लागि बैठक बोलाए पनि ९ः२० बजे तिर फोनमार्फत आउन नभ्याउने जानकारी गराएको एमाले प्रमुख सचेतक महेश वर्तौलाले बताए ।
‘विहान ९ बजे बैठक बोलाइएको थियो । प्रधानमन्त्री स्वयंले बोलाउनु भएको हो । त्यसमा हाम्रो पार्टीका अध्यक्ष घरमै हुनुहुन्थ्यो । सभामुख पनि पुग्नु भएको थियो । म हाम्रो पार्टीको सचेतक भएको हिसाबले सहभागी थिएँ । पूर्व महान्यायधीवक्ता रमेश बडाल पनि जानु भएको थियो । प्रधानमन्त्रीजीले ९ बजे बैठक बोलाएर ९ः२० तिर फोन गरेर आउन नसक्ने भएँ भन्नुभयो । बैठक रोकियो,’– रिपोर्टर्स नेपालका लागि पत्रकार मोहन बुढाक्षेत्रीसँग संक्षिप्त कुराकानी गर्दै वर्तौलाले भने ।
टिआरसी विधेयक फास्ट ट्रयाकबाट पारित गर्न नहुने एमालेको अडान कायमै रहेको वर्तौला बताउँछन् । आफूहरुले समितिमा छलफल गरेर उक्त विधेयक पारित गराउन पर्छ भनेपनि माओवादी उक्त प्रस्तावमा सहमत नभएको वर्तौलाको भनाई छ ।
‘हाउसले प्रभावकारी भूमिका पाउनु पर्छ । टिआरसी विधेयकलगायतका कतिपय विधेयकमा छलफल गरौं भन्ने हो । यसका लागि हाउसमा प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त समिति बनाउन पर्छ । उहाँहरु फास्ट ट्रयाक भनिरहनु भएको छ । हामी छलफल गरौं उक्त विषयमा भन्ने पक्षमा छौं । उहाँहरुबाट त्यो तयारी भइरहेको छैन,’– वर्तौलाले भने ।
सम्बन्धित समाचार
लैनचौरमा सारथी इकुटरको नयाँ शोरुम सञ्चालनमा
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
बीपीसीद्वारा एसीसीए क्रिकेट लिग २०२६ सफलतापूर्वक सम्पन्न
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
ट्रेन्डिङ
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
२०८३ असोज १४ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी
सीजी डिजीटलले ल्यायो “घरको खुसी, दशैं तथा तिहारको उमंग” — २५ % सम्मको छुट स्योर सट उपहार र भाग्यशाली ड्रको विशेष अफर

