बालकोट बैठकः टिआरसी विधेयकमा ओलीको अडान कायमै
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित तीन दलका शीर्ष नेताहरुको बैठक सम्पन्न भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा भएको बैठकमा एमाले अध्यक्ष ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री प्रचण्ड र प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे लगायतका शीर्ष व्यक्तित्वहरुको सहभागिता रहेको थियो । आजको बैठक प्रधानन्यायाधीशको नियुक्ति प्रक्रिया सुरु गर्ने र टिआरसी लगायतका विधेयक समितिमार्फत लैजाने विषयमा छलफल भएको एमाले सचेतक महेश बर्तौलाले बताए ।
‘आज मूलतः यो विषयमा भन्दापनि हामीले संवैधानिक परिषद्को बैठक बोलाएर प्रधानन्यायाधीश नियुक्तिको प्रकृया टुंग्याउनुस् भनेका छौं । त्यो कुरामा प्रधानमन्त्रीज्यू सकारात्मक हुनुहुन्छ । न्यायपालिकाको नेतृत्व लामो समय खालि रहने कुरा राम्रो हुन्न । त्यसले सन्देश राम्रो गएको छैन । प्रधानन्यायाधीश नियुक्तिलाई अविलम्ब टुंग्याउँ भन्ने हाम्रो विशेष पहल रह्यो,’– रिपोर्टर्स नेपालका लागि पत्रकार मोहन बुढाक्षेत्रीसँग संक्षिप्त कुराकानी गर्दैै बर्तौलाले भने ।
त्यसैगरी, टिआरसी विधेकको बारेमा एमालेले आफ्नो अडान कायमै राखेको छ । टिआरसी विधेयक संसद्मा प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त संसदीय समिति बनाएर त्यसमा दफावार छलफल भएपछिमात्रै टुंग्याउन पर्ने अडान एमालेको रहेको छ । संक्रमणकालीन न्याय नियमित अदालती प्रक्रिया नभएपनि गम्भीर मानव अधिकार उल्लङ्घनका घटनामा आममाफी दिन नसकिने एमालेको अडान छ ।
‘टिआरसी लगायतका विधेयकमा विषयगत समिति बनाउँ, समिति बनाएपछि त्यसको आधारबाट अगाडि बढाउँ भन्ने कुरा भएको छ । हाम्रो अडान कायमै छ, फरक मत छैन,’– बर्तौलाले भने ।
सम्बन्धित समाचार
लैनचौरमा सारथी इकुटरको नयाँ शोरुम सञ्चालनमा
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
बीपीसीद्वारा एसीसीए क्रिकेट लिग २०२६ सफलतापूर्वक सम्पन्न
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
ट्रेन्डिङ
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
२०८३ असोज १४ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी
सीजी डिजीटलले ल्यायो “घरको खुसी, दशैं तथा तिहारको उमंग” — २५ % सम्मको छुट स्योर सट उपहार र भाग्यशाली ड्रको विशेष अफर

