धेरै पानी पिउने मानिसहरु ‘कोमा’मा पनि जान सक्छन्
काठमाडौं । यदि तपाईं शरीरको आवश्यकता भन्दा बढी पानी पिउनुहुन्छ वा हरेक दुईरतीन मिनेटमा पानी पिउनै पर्ने आदत रहेकोछ भने तुरुन्त सावधान हुनुस्। मिनेटमिनेटमा पानी पिउने इच्छा हुनु एक मानसिक र न्यूरोलजिकल समस्या हो।
धैरै पानी पिउनुले रगतमा सोडियमको मात्रा कम हुन जान्छ। जसले गर्दा बेचैन, थकान, रिँगटा लाग्नु र रक्तचाप कम हुनु जस्तो समस्या आउन सक्छ।
यदि तपाईं लामोसमयसम्म समयसमयमा पानी पिउनुको शिकार बनिरहनु भएको छभने यो स्थितिले तपाईंलाई कोमामा जाने जस्तो चिकित्सकीय अवस्थाको शिकार बनाउन सक्छ।
किनकी धैरै पानीले शरीरमा सोडियमको परीणाममा कममात्र नभइ अरु कोशिकामा पनि पानीको सुजन बढ्न जान्छ। दिमाग यस्तो स्थितिबाट गुज्रदाँ न्यूरोलजिकल बदलाव हुन जान्छ र कोमामा जाने स्थितिपनि आउन सक्छ। चिकित्सकीय भाषामा यस्तो अवस्थालाई हाइपोनेट्रेमिया भनिन्छ।
एक दिनमा कति पानी पिउनु उचित
हाम्रो शरीर लगभग ७० प्रतिशत पानीले बनेको हुन्छ। त्यसैले शरीरमा पानीको कमी हुनेबित्तिकै डिहाइड्रेसन, घबराहट, टाउको दुख्ने, चक्कर लाग्ने जस्ता समस्याहरू सुरुमा देखिन थाल्छन्।
सामान्य मानिसलाई तातो गर्मीमा हरेक दिन २ देखि ३ लिटर पानी चाहिन्छ।
तपाईंले एक दिनमा सही मात्रामा पानी पिउनुहुन्छ भनी सुनिश्चित गर्न १ लिटरको बोतल लिनुहोस् र यसलाई दिनभर पानी पिउन प्रयोग गर्नुहोस्। ताकि तपाईंलाई थाहा हुन्छ कि तपाईंले सही मात्रामा पानी पिउदै हुनुहुन्छ। शरीरमा पानीको आवश्यकता र परिमाण पनि तपाईंले गर्ने कामसँग सम्बन्ध राख्छ।
उदाहरणका लागि एसीमा काम गर्ने व्यक्तिको तुलनामा खेतमा काम गर्ने व्यक्तिलाई बढी तिर्खा लाग्छ। त्यसैले हरेक व्यक्तिको काम र शरीर अनुसार पानीको आवश्यकतापनि फरक-फरक हुन सक्छ।
सम्बन्धित समाचार
नेपालमा पहिलो राष्ट्रिय अटिजम समिट सम्पन्न, अटिजम समावेशीकरण सम्बन्धी काठमाडौं घोषणापत्र २०२६ मा हस्ताक्षर
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
