उपनिर्वाचनको मौन अवधिमा आचारसंहिता उल्लङ्घन नगर्न प्रेस काउन्सिलको अपिल
काठमाडौं । प्रेस काउन्सिल नेपालले वैशाख १० गते हुन लागेको उपनिर्वाचनमा आचारसंहिताको उल्लङ्घन नगर्न सञ्चार माध्यमलाई अपिल गरेको छ । एक विज्ञप्ति जारी गर्दै काउन्सिलले स्थिर समय सुरु हुनुभन्दा अघिसम्म भएका राजनीतिक दलका कार्यक्रम, समाचार, तस्बिर, चुनाव चिन्ह अङ्कित झण्डा र ब्यानर, श्रव्य दृश्य लगायतका सामग्री मौन (स्थिर) अवधिमा सञ्चार माध्यमबाट प्रकाशनरप्रसारण हुँदा निर्वाचन आचारसंहिता उल्लङ्घन हुने भन्दै त्यस्तो कार्य नगर्न र नगराउन सम्बद्ध सबै पक्षसँग अनुरोध गरेको हो ।
निर्वाचन आचारसंहिता लागु भएपछि काउन्सिलले गरेको अनुगमनका क्रममा आचारसंहिता विपरीतका सामग्री सम्प्रेषण गर्ने सञ्चार माध्यमलाई बिहिबार २४ घण्टे स्पष्टीकरण सोधेको काउन्सिलका उपप्रशासकीय अधिकृत रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
अनुगमनका क्रममा कतिपय सञ्चार माध्यमबाट चुनावी विश्लेषणका नाममा ‘‘।।राम्रो मतान्तरसहित जित्ने सम्भावना’, ‘‘‘।अग्रता’ जस्ता शीर्षकमा स्थलगत अध्ययनको दाबी सहितका कुनै राजनीतिक दल र उम्मेदवारको पक्ष पोषण हुने गरी सामग्री सम्प्रेषण भएको पाइएपछि काउन्सिलले त्यस्ता सञ्चार माध्यमलाई २४ घण्टे पत्र काटेको हो ।
काउन्सिलले सञ्चार माध्यम, आमपत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जालका प्रयोगकर्तालाई आचारसंहिता पालनामा थप संवेदनशील, सजग र सचेत रहन अपिल गर्दै निर्वाचन स्वच्छ, मर्यादितरूपमा सम्पन्न गर्न सघाउन भनेको छ । यही वैशाख १० गते आइतबार बारा क्षेत्र नं। २, चितवन क्षेत्र नं। २ र तनहुँ क्षेत्र नं। १ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन हुँदैछ ।

सम्बन्धित समाचार
लैनचौरमा सारथी इकुटरको नयाँ शोरुम सञ्चालनमा
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
बीपीसीद्वारा एसीसीए क्रिकेट लिग २०२६ सफलतापूर्वक सम्पन्न
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
ट्रेन्डिङ
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
२०८३ असोज १४ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी
सीजी डिजीटलले ल्यायो “घरको खुसी, दशैं तथा तिहारको उमंग” — २५ % सम्मको छुट स्योर सट उपहार र भाग्यशाली ड्रको विशेष अफर

