उपचारमा भएको खर्च राष्ट्रपति पौडेल आफैंले बेहोर्ने
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा उपचारका क्रममा भएको खर्च आफैले बेहोर्ने इच्छा व्यक्त गरेका छन् । राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले मंगलबार एक विज्ञप्ती जारी गर्दै राष्ट्रपति पौडेलले उपचारका क्रममा भएको खर्च आफैले बोहोर्न चाहेको जानकारी दिएका छन् ।
उपचारको खर्च सरकारी ढुकुटीबाट भएको भन्दै चर्को आलोचना भइरहेका बेला राष्ट्रपतिले उपचारको खर्च स्वयमले बेहोर्न चाहेको उनका प्रेस संयोजक कार्कीले जनाएका छन् । ‘उपचारका क्रममा भएको उपचार खर्च सम्माननीय राष्ट्रपति ज्यू स्वयमले बेहोर्ने चाहेको कुरा अवगत गराइन्छ’ विज्ञप्तीमा भनिएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल हुँदै राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान ९एम्स० मा लगिएको थियो । ११ दिन उपचारपछि राष्ट्रपति पौडेल आइतबार राति स्वदेश फर्किएका थिए ।

सम्बन्धित समाचार
पृथ्वी मुनि विशाल परिमाणमा भेटियो सुन, सतहमा फैलाए ५० सेमी बाक्लो तह
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
पोखरामा बीवाइडीको पूर्ण थ्री–एस सुविधा सञ्चालनमा, आधिकारिक सर्भिस सेन्टर उद्घाटन
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
लियोनल मेस्सीको पीता जर्ज मेसीको ६८ बर्षको उमेरमा निधन
ट्रेन्डिङ
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
जर्मनीमा अत्याधिक गर्मीले मृत्यु हुनेको संख्या १० हजार नाघ्यो

