नेता र कार्यकर्तालाई ओलीको निर्देशन,- ‘आगामी निर्वाचनमा बहुमत ल्याउने गरी काम गर्नुस्’
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी आम निर्वाचनमा एक्लै बहुमत ल्याउने गरी काम गर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । आज (मंगलबार) मिसन ग्रासरुट अभियानलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीलाई पुनर्ताजगी र गतिशील बनाएर आगामी निर्वाचनमा ५१ प्रत्येक वडाबाट ५१ प्रतिशत भन्दा बढि मत पाउने गरी काम गर्न पार्टी निकट संगठनहरुलाई निर्देशन दिएका हुन् ।
‘आज हामी एउटा मजबुद स्थितिमा छौं । समग्र तलको स्थितिलाई बुझ्नका लागि यो मजबुद संगठनलाई पुनर्ताजगीका साथ, एमाले पनका साथ, एमाले प्रवृत्ति र एमाले मनका साथ एकताबद्ध बनाएर गतिशील कसरी बनाउने ? जसबाट आगामी दिनमा, आगामी निर्वाचनमा नेकपा (एमाले) ले एक्लै ५१ प्रतिशत भन्दाबढि हरेक वडामा ल्याउन पर्छ,’– उनले भने ।
आगामी निर्वाचनमा एमालेले कसैसँग गठबन्धन नगर्ने उनको भनाई छ । एमालले कसैको त्यान्द्रो नसमाई एकल बहुमत ल्याउन गरी काम गर्न उनले नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । नेपालमा सोच विचार भएको र देशभक्ति भएको एमाले बाहेक अर्को पार्टी नभएको उनको दाबी छ । यस्तो अवस्थामा एमालेले आधा जनताको समर्थन प्राप्त गर्ने उनले बताए ।
‘एमाले यो सँग मिल्ने कि त्यो सँग मिल्ने कि ? त्यो त्यान्द्रो समाउने कि ? त्यो त्यान्द्रो समाउने कि ? यो होइन । आफ्नो बलमा, आफ्नो बुतामा एकल बहुमत ल्याउने गरी काम गर्नपर्छ । किन सकिँदैन ५१ प्रतिशत ? यस देशमा एमाले बाहेक सोच विचार भएको अर्को पार्टी छैन । देशभक्ति भएको अर्को पार्टी छैन । यस्तो अवस्थामा विकासको नीति र त्यो विकासलाई हाँक्नसक्ने एमाले बाहेक अर्को छैन । यस्तो अवस्थामा एमालेले आधाभन्दा बढि जनताको समर्थन प्राप्त किन नगर्ने ?’– ओलीले भने ।
सम्बन्धित समाचार
पृथ्वी मुनि विशाल परिमाणमा भेटियो सुन, सतहमा फैलाए ५० सेमी बाक्लो तह
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
पोखरामा बीवाइडीको पूर्ण थ्री–एस सुविधा सञ्चालनमा, आधिकारिक सर्भिस सेन्टर उद्घाटन
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
लियोनल मेस्सीको पीता जर्ज मेसीको ६८ बर्षको उमेरमा निधन
ट्रेन्डिङ
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
जर्मनीमा अत्याधिक गर्मीले मृत्यु हुनेको संख्या १० हजार नाघ्यो

