किन अड्कियो संघीय निजामती विधेयक ?
काठमाडौं । निजामती प्रशासन हाक्ने कानुनको रूपमा रहेको संघीय निजामती सेवा ऐन जारी गर्ने सरकारी प्रयास अलपत्र परेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय निजामती सेवा विधेयकलाई परामर्शका लागि कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय र अर्थ मन्त्रालयमा पठाएको थियो । तर,दुवै मन्त्रालयबाट फिर्ता नआएकाले सो विधेयक अघि बढ्न सकेको छैन । प्रतिनिधि सभाको हिउँदे अधिवेशनमा सो विधेयक पेसहुन सकेन । सरकारले सो विधेयकलाई प्रभावकारी बनाउने र सरोकारवाला निकायको भावनालाई समेत सम्बोधन गर्ने उद्देश्यसहित बुधबार उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा उच्चस्तरीय कमिटी बनाएको छ । सो कमिटीका सदस्यमा कानुन, अर्थ र सामान्य प्रशासनमन्त्री तथा समान्य सचिव रहेका छन् ।
विधेयक सामान्य प्रशासन मन्त्रलायबाट अघि बढे पनि विधेयकमा भएका प्रावधान आमकर्मचारीको हितविपरीत रहेको भन्दै कर्मचारी सम्बद्ध ट्रेड युनियनहरू आन्दोलित हुँदै आएका छन् । कर्मचारीहरू आन्दोलित भएपछि ती कर्मचारीहरू सँग वार्ता गर्न सरकारले उपप्रधानमन्त्री खडकाको नेतृत्वमा उच्चस्तरीय समिति बनाएको हो । यद्यपि, सो समितिले समस्या समाधान गरी संघीय निजामती सेवा ऐन जारी गर्न आवश्यक वातावरण खेल्छ भन्नेमा आशंका सिर्जना भएको छ ।
कर्मचारी सम्बद्ध प्रमुख ट्रेड युनियनहरूले कर्मचारीको हितअनुसार विधेयक अघि बढाउनुपर्ने र छिटो भन्दा छिटोेन जारी गर्नुपर्ने मागसहित आन्दोलन जारी राख्दै आएका छन् । उनीहरूले आफूहरूको माग पूरा नभए बिहीबार कर्मचारीहरू सिंहदरबार प्रवेश नगर्नेसम्मका आन्दोलनमा कार्यक्रम घोषणा गरेका थिए । तर,सरकारले वार्ता टोली गठन गरेपछि भने कर्मचारीहरूले केही समय आन्दोलनका कार्यक्रम स्थगित गर्ने तयारी गरेको बताइएको छ । मुलुकको निजामती प्रशासन सात वर्षदेखि पुरानै कानुनबाट सञ्चालन हुन बाध्य छ ।
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था आएको सात वर्ष भइसक्दा समेत नयाँ कानुन आउन नसक्दा सरकारको आलोचना हँुदै आइरहेको छ । गणतन्त्र आएपछि बनेका सबै सरकारहरू संघीय निजामती सेवा ऐन ल्याउन असफल हुँदै आएका छन् । नेपाल समाचारपत्र दैनिकबाट
सम्बन्धित समाचार
जापानमा शक्तिशाली भुकम्प, सपिङ मलका ३० भन्दा बढी कर्मचारी बेपत्ता
देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा भारी वर्षाको सम्भावना
खिम्ती-घ्वाङ् जलविद्युत आयोजनामा एनएमबी बैंकले १ अर्ब २४ करोड ऋण लगानी गर्ने
टेलिकमले ल्यायो आकर्षक प्याकेज सहितको मनसून अफर, यस्ता छन् सुविधा
चिनियाँ चीपको माग ६ महिनामा २५०० प्रतिशतले वृद्धि
विश्वव्यापी रूपमा प्रशंसित बीएडब्लू ई-सेभेन प्रो एलआरआर मोर्टरद्वारा श्रावणको तेस्रो साता नेपालमा सार्वजनिक हुँदै
ट्रेन्डिङ
२०८३ साउन १२ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
अरुवा खोलामा नुहाउने क्रममा डुबेर ९ वर्षीय बालकको ज्यान गयो
२०८३ साउन ११ गते सोमबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा
नवप्रवर्तन, अनुसन्धान र कृत्रिम बुद्धिमत्तामा लगानी बढाउनुपर्छ: एनसीसी अध्यक्ष अग्रवाल

