• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१७ असार २०८३, बुधबार
१७ असार २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ असार १८ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १३ घण्टा 

सिभिल सर्भिस अस्पतालमा कृत्रिम भू–जल पुनर्भरण सुरु, काठमाडौंको जल सुरक्षा सुदृढ बनाउन संयुक्त पहल
  • १३ घण्टा 

इन्धन सस्तिएसँगै सार्वजनिक यातायातको भाडा घटाउने तयारी
  • १४ घण्टा 

नबिल बैंकलाई लगातार तेस्रो पटक उत्कृष्ट वार्षिक प्रतिवेदन ‘गोल्ड’ अवार्ड
  • १७ घण्टा 

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले आज ४५ अर्ब रुपैयाँको एकवर्षे ऋणपत्र जारी गर्दै
  • १८ घण्टा 

जगदम्बा मोटर्सले नेपालमा ल्याउँदै सेग्मेन्टकै पहिलो रियर–ह्विल–ड्राइभ ईभी
  • १८ घण्टा 

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार?
  • १९ घण्टा 

एकैदिन २,१५७ सवारीचालक ट्राफिक कारबाहीमा, रु २१ लाख ४० हजार राजस्व सङ्कलन
  • १९ घण्टा 

पेट्रोल, डिजेल, मट्टितेल र ग्यासको मूल्य घट्यो, उपभोक्तालाई राहत
  • २० घण्टा 

लोकप्रिय समाचार

  • १. अमेरिकालाई पछि पार्दै चीनले बनाएको सुपरकम्प्युटर बन्यो नम्बर वान

  • २. यस्तो छ आजको मौसम पुर्वानुमान

  • ३. अक्षयकुमारको ‘वेलकम टु द जंगल’ले पाँच दिनमै कमायो १०० करोड

  • ४. ५० वर्षको यात्रा सम्झँदै विभिन्न कार्यक्रमसहित नाडाको स्वर्ण उत्सवको शुभारम्भ

  • ५. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ६. आज चार प्रदेशको तराई भू-भागमा अत्याधिक गर्मी हुने

  • ७. सुनको मूल्य प्रतितोला एक हजार चार सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

  • ८. प्लाटाको निर्णायक गोलमा जर्मनीमाथि इक्वेडरको रोमाञ्चक पुनरागमन जित, अन्तिम ३२ मा प्रवेश

  • ९. टोखा रोडमा नयाँ शोरूम सञ्चालन, काठमाडौंमा कजारिया रमेश टायल्सको सेवा र बजार विस्तार

  • १०. २०८३ असार १४ गते आईतवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

गाईपालनबाट मनग्ये आम्दानी

जानकारी केन्द्र २०८०, बैशाख, २७

पर्वत । स्वदेशमा रोजगारीको अभाव र लगानी गर्ने वातावरण नभएको दैनिक हजारौँ युवा देश छाडिरहेको बेला यहाँका एक युवा व्यावसायिक गाईपालनबाट वार्षिक लाखौँ रुपैयाँ आम्दानी गर्न सफल भएका छन् ।

पर्वतको मोदी गाउँपालिका–२, देउपुरका ३८ वर्षीय युवा बेदप्रसाद तिमिल्सिनाले गाउँमै दूध उत्पादन गरेर लाखौँ रुपैयाँ आम्दानी गर्न सफल भएका हुन् । तिमिल्सिनाले सञ्चालन गरेको प्रगति उन्नत गार्ई फर्मबाट कृषिमै युवाहरुका लागि राम्रो भविष्य छ भन्ने कुरा प्रमाणितसमेत गरेका छन्। २०७१ सालमा पोखराको बागमाराबाट दुई गाई ल्याएर व्यावसायिक गाईपालन सुरु गरेका उनको फर्ममा यतिबेला २२ उन्नत गाई छन् । अहिले दैनिक बिहान–बेलुकी गरेर एक सय ८० लिटरभन्दा बढी दूध उत्पादन गर्दै आएको उनले बताए ।

विज्ञान विषयमा स्नातक गरेका उनले अन्य पेसा व्यवसायहरु गर्न छोडेर गाईपालन सुरु गर्नुको विगत भने निकै मर्मस्पर्शी छ । पोखरामा व्यापार–व्यवसाय गरेर दैनिक गुजारा चलाउँदै आएका किसान तिमिल्सिनाको परिवारमा बुबालाई घाँटीको क्यान्सर रोगले समातेपछि ठूलो रकम खर्चिनु परेपछि उनले पोखरामा रहेको कपडा पसल र घडेरीसमेत बिक्री गरेर गाउँ फर्किएका हुन् । उपचारकै क्रममा बुबाको मृत्यु भएको थियो ।

गाउँमै केही गर्छु भन्ने उद्देश्यका साथ उनले कुखुरा पालन, बोलेरो गाडी किनेर गाउँकै सडकमा गुडाउने लगायतका काम गरे पनि सफल हुन नसकेपछि उनी गाउँकै बोर्डिङ स्कुलमा शिक्षकसमेत बने । सोही क्रममा घरमा दुईवटा गाई पालेर दूधसमेत बेच्न थालेका तिमिल्सिनाले दिउँसो बोर्डिङ स्कुलमा पढाउने र बिहान–बेलुका गाईको स्याहारसुसार गर्न थाले । उनी आफैँ दूधका क्यान बोकेर पातिचौरमा रहेको डेरीसम्म पुग्न थाले । शिक्षकले दूध बोकेको, दाना ओसारेको देख्दा उनका विद्यार्थी र सहकर्मी शिक्षकहरुसमेत अचम्म मान्थे ।

लथालिङ्ग भएको आर्थिक अवस्थालाई सम्हाल्न निकै कठिन सङ्घर्ष गर्नु परेको उनले बताए । नेपाल सरकारको प्याक्ट कार्यक्रमअन्तर्गत रु १० लाख बराबरको अनुदान प्राप्त भएपछि व्यवसायमा थप हौसला मिलेको उनले बताए ।

तिमिल्सिनाको फर्ममा अहिले ६ जनाले रोजगारीसमेत पाएका छन् । पढेलेखेको छोराले जागिर खाला वा अन्य केही व्यापार–व्यवसाय गर्ला भन्ने सोच राखेकी उनकी वृद्ध आमाको ओँठमा यतिबेला गाईपालनले नै खुसी ल्याइदिएको छ । आफ्नी आमा, श्रीमती, छोरालगायत परिवारका सदस्यहरुको सहयोगमा तिमिल्सिनाले आफ्नो फर्मलाई सफल व्यवसायमा परिणत गर्न सफल भएका छन्।

उनको फर्ममा अहिले १६ गाईले दैनिक एक सय ८० लिटरभन्दा बढी दूध दिन्छन् भने चारवटा ब्याउने छन् भने अन्य कोरली गाइरहेका छन् । दूध बिक्रीबाटै खर्च कटाएर मासिक रु दुई लाख बचत गर्ने गरेको तिमिल्सिनाले बताए । “अहिले दैनिक एक सय ८० लिटर दूध बेचिरहेको छु”, तिमिल्सिनाले भने, “मासिक रुपमा खर्च कटाएर रु दुई लाखभन्दा बढीसम्म आम्दानी हुने गरेको छ ।” यहाँ दूध डेरीमा प्रतिलिटर रु ८० मा बिक्री हुन्छ भने खुद्रा मूल्य प्रतिलिटर रु एक सयमा बिक्री हुने गर्दछ ।

तिमिल्सिनाले दूधसँगै घीउ, दही, कुराउनी मात्र नभएर मलसमेत बिक्री गर्दै आएका छन् । उनको फर्मबाट अग्र्यानिक खेतीका लागि गाईको गोबर बिक्री हुने गरेको छ । हिउँदको समयमा उहाँले वार्षिक झन्डै २० देखि २५ ट्र्याक्टर मल बिक्री गर्ने गरेको बताए ।

व्यावसायिक रुपमा अकबरे खुर्सानी तथा अन्य तरकारी उत्पादन गरी बिक्री गर्दै आएका भवरकोट एग्रो फर्मका सञ्चालक राजेन्द्रबहादुर खड्काले भने, “गाई फर्मबाट अग्र्यानिक तरकारी खेतीका लागि आवश्यक पर्ने मल उपलब्ध भएको छ । मलकै लागि टाढा टाढा धाउनु परेको छैन ।”

तिमिल्सिनाको फर्मबाट अन्य स्थानीय किसानहरुले पनि तरकारी तथा अन्न बालीका लागि मल लैजाने गरेका छन् । अहिले गाईहरुलाई लाग्ने सामान्य रोगहरुको उपचारसमेत तिमिल्सिनाले आफैँ गर्ने गरेको बताए । केही जटिल समस्या भएको अवस्थामा तत्काल प्राविधिकहरुले सेवा दिन थालेका छन् । उनले गाईलाई खुवाउनका लागि आफ्नो १६ रोपनी जमिनमा घाँस लगाएका छन् । घाँसको बिक्रीबाट पनि वार्षिक रु एक लाखभन्दा बढी आम्दानी हुने गरेको उनले बताए ।

उनले आफ्नो फर्ममा प्रविधिको पनि प्रयोग गर्न थालेका छन् । उनले आवश्यकताअनुसार च्याप कटर, मिल्किङ मेसिन, घाँस काट्ने यन्त्र जस्ता आधुनिक औजारहरू प्रयोग गर्दै आएका छन् । प्रविधिको प्रयोगले काममा निकै सहजता भएको उनको अनुभव छ । “पहिले दूध पिठ्यूँमा बोकेर बजार झर्नु पर्दथ्यो अहिले फर्ममै गाडी आएर लैजान्छ । एक दुई दिनको दूध भण्डारण गरेर राख्न सक्ने क्षमता पनि छ । पहिलेजस्तो दूध फाट्ने समस्या पनि हटेर गएको छ”, उनले भने ।

पछिल्लो समय यस क्षेत्रमा लाग्न चाहने किसानहरुका लागि प्रेरणाको स्रोत बनेका तिमिल्सिनाले क्षेत्रीय, जिल्ला तथा स्थानीय स्तरका दर्जनभन्दा बढी पुरस्कार तथा सम्मान प्राप्त गरिसकेका छन्। “घरपरिवार छोडेर अन्यत्र पसिना बगाउन जानुभन्दा आफ्नै माटोमा परिवारका साथमा बसेर आफ्नै पौरखमा रमाउन पाउँदा आनन्द मिल्दो रहेछ”, उनले भने ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सिभिल सर्भिस अस्पतालमा कृत्रिम भू–जल पुनर्भरण सुरु, काठमाडौंको जल सुरक्षा सुदृढ बनाउन संयुक्त पहल
इन्धन सस्तिएसँगै सार्वजनिक यातायातको भाडा घटाउने तयारी
नबिल बैंकलाई लगातार तेस्रो पटक उत्कृष्ट वार्षिक प्रतिवेदन ‘गोल्ड’ अवार्ड

ताजा

२०८३ असार १८ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

सिभिल सर्भिस अस्पतालमा कृत्रिम भू–जल पुनर्भरण सुरु, काठमाडौंको जल सुरक्षा सुदृढ बनाउन संयुक्त पहल

इन्धन सस्तिएसँगै सार्वजनिक यातायातको भाडा घटाउने तयारी

नबिल बैंकलाई लगातार तेस्रो पटक उत्कृष्ट वार्षिक प्रतिवेदन ‘गोल्ड’ अवार्ड

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.