• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२६ बैशाख २०८३, शनिबार
२६ बैशाख २०८३, शनिबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ वैशाख २७ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १४ घण्टा 

नेपाल दुरसञ्चार प्राधिकरणमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आवेदन खुल्ला
  • १९ घण्टा 

चिटवन अटो शो २०२६ मा १०० भन्दा बढी बुकिङ, एमएडब्लू ग्रुपका लागि मल्टी-ब्रान्ड सफलताको महत्वपूर्ण उपलब्धि
  • २१ घण्टा 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • २२ घण्टा 

देशभर पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको प्रभाव : यी क्षेत्रमा चट्याङ्गसहित वर्षाको सम्भावना
  • २२ घण्टा 

नेपाल बैंकका ग्राहक र कर्मचारीलाई बि एण्ड बि हस्पिटलमा छुट
  • २३ घण्टा 

Xiaomi has finally introduce it’s new phone REDMI A7 Pro with special features
  • २३ घण्टा 

२०८३ वैशाख २६ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • २ दिन 

नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न सरकारको कडाइ, सबै तहलाई आग्रह
  • २ दिन 

लोकप्रिय समाचार

  • १. देशभर पश्चिमी वायु, स्थानीय र न्यून चापीय प्रणालीको प्रभाव : कहाँ–कहाँ आज छ वर्षाको सम्भावना ?

  • २. ट्रेकिङ अनुमति अब अनलाइनबाटै, सार्वजनिक बिदामा पनि सेवा

  • ३. भोली मोबाइलमान्डुको पहिलो फिजिकल आउटलेट तीनकुनेमा उद्घाटन हुँदै : एक हप्तासम्म छुटसँगै उपहार जित्ने अवसर

  • ४. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ५. शक्तिशाली प्रदर्शन र आकर्षक डिजाइनसहित रेडमी ए–सेवेन–प्रो सार्वजनिक

  • ६. सिजी मेरिडिया एआइ स्मार्ट एयर फ्रायर ६ महिनामै नेपाली भान्सामा लोकप्रिय

  • ७. आज तेस्रो प्रदेश भाषा दिवस, प्रदेशभर सार्वजनिक बिदा

  • ८. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ९. सर्वोच्चको फैसला : पुनर्विवाह गर्ने महिलाले अंश फिर्ता गर्न नपर्ने

  • १०. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

सगरमाथा आरोहण शुरु

जानकारी केन्द्र २०८०, बैशाख, ३०

काठमाडौं । यस वर्षको वसन्त ऋतुमा आजदेखि सगरमाथा आरोहण सुरु भएको छ ।
आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर) ले आज दिउँसो सगरमाथाको चुचुरोसम्म ‘रोप फिक्सिङ’ (डोरी टाँग्ने) गरेपछि आरोहणको ढोका खुलेको हो ।

प्रतिकूल मौसमका कारण तीन सातायता आरोहणको प्रतिक्षामा रहेका आरोही खुसी भएका छन् । सगरमाथाको दोस्रो शिविरमाथिको बाटो बनाउने जिम्मा पाएको इमाजिन नेपाल ट्रेक एन्ड एक्सपिडिसन कम्पनीका अनुसार आइसफल डाक्टरले आज दिउँसो १ बजेर ५२ मिनेटमा सगरमाथाको चुचुरोसम्म बाटो खोलेर आरोहण खुलेको सन्देश दिएका छन् ।

“सगरमाथा समिटसम्मको रुट फिक्सिङ सक्यो, दिउँसो १ बजेर ५२ मिनेटमा आठ जना शेर्पा र एक फोटोग्राफर चुचुरोमा पुगे”, कम्पनीका कार्यकारी निर्देशक दावा ग्याल्जे शेर्पाले जानकारी दिए ।
अहिले धेरै संख्यामा आरोही सगरमाथाको चौथो शिविरमा रहेकाले भोलि विहानसम्म उल्लेख्य आरोही चुचुरोमा पुग्ने अनुमान गरिएको उनको भनाइ छ । “इमाजिन नेपालको शेर्पाको टोलीले समिटसम्म बाटो खोलेको छ । भोलि मे १४ देखि २० तारिखसम्म सगरमाथाको मौसम राम्रो रहेकाले धेरै आरोही चुुचुरोमा पुग्नेछन्”, उनले भने ।

दावा ग्याल्जे शेर्पा दोलखा रोलवालिङका शेर्पा अन्तर्राष्ट्रिय माउन्टेन गाइड समेत छन् । रोप फिक्सिङ गर्ने समूहका अन्य सदस्यमा सोलुखुम्बु थामेका निमानुरु शेर्पा, लाक्पासोना शेर्पा, पासाङ निमा शेर्पा, लाक्पा तेन्जिङ शेर्पा, फुर ग्याल्जेन शेर्पा, दावा जङ्बु शेर्पा र सङ्खुवासभाका दीपेन गुरुङ रहेका छन् ।

“प्रतिकुल मौसमका कारण लामो समयदेखि रोप फिक्सिङको काम हुन सकेको थिए, आज मौसम अनुकुल भएसँगै डोरी टाँग्ने पूरा भएपछि आरोहणको सुरु भएको छ ।” उनले धेरै आरोही सगरमाथाको चुचुरोतर्फ जाने तयारीमा रहेको जानकारी दिए ।
यतिबेला सगरमाथाको आधार शिविर र दोस्रो शिविर आसपासमा आरोहणका लागि सयौं संख्यामा आरोही यतिबेला प्रतिक्षारत छन् । उनीहरु मौसम अनुकूलताअनुसार सगरमाथाको शिखरतर्फ अघि बढ्नेछन् । आइसफल डाक्टरले यही वैशाख १० गते नै सगरमाथाको साउथ कोल (चौथो शिविर) सम्म बाटो खुलाइसकेका थिए । मौसम अनुकूल भइदिएको भए वैशाख २१ गतेसगरमाथाको चुचुरोसम्म पुग्ने बाटो खुलिसक्थ्यो । सगरमाथाको दोस्रो शिविरसम्म सगरमाथा प्रदुषण नियन्त्रण समिति (एसपिसिसी) ले बाटो बनाएको थियो ।

वसन्त ऋतुको सगरमाथा आरोहणका लागि मौसम पूर्वानुमान गरिरहनुभएका एक वरिष्ठ मौसमविद्का अनुसार सगरमाथाको सात हजार ५०० मिटरमाथितिर तीव्र वेगको हावा चलेकाले पूर्वनिर्धारित ससयमा चुचुरोसम्म बाटो खुलाउन कठिन भएको थियो ।
उक्त क्षेत्रमा वैशाख २० गतेदेखि बिग्रिएको मौसम अहिले केही सुधार आएको हो । प्रतिघण्टा ४० देखि ५० किलोमिटर हावाको वेग चलेकाले आरोहणमा केही ढिलाइ भएको हो ।

वसन्त ऋतुमा सगरमाथा आरोहण गर्न इतिहासकै सर्वाधिक बढी आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार ४४ आरोही समूहका चार सय ६७ आरोहीले आरोहण अनुमति लिएका हुन् । जसमध्ये ९८ महिला र तीन सय ६९ पुरुष छन् । सगरमाथा आरोहणको ७० वर्षे लामो इतिहासमा यो यामको आरोहणमा सबैभन्दा बढी आरोहीको सङ्ख्या हो ।
आरोहणलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन विभागले सगरमाथा आधार शिविरमा अनुगमन तथा सहजीकरण गर्नका लागि सम्पर्क कार्यालय स्थापना गरेको छ । पर्यटन विभागको विवरणमा सगरमाथा आरोहणका लागि नेपालसहित ६५ देशका नागरिकले अनुमति लिएका छन् ।

सन् १९५३ मे २९ तारिखका दिन दुई साहसी पर्वतारोही नेपाली तेञ्जिङ नोर्गे शेर्पा र न्यूजिल्याण्डका सर एडमन्ड हिलारीले सगरमाथाको चुचुरोमा पुगेर आरोहणको ढोका खुलाएका थिए । सगरमाथाको चुचुरोमा मानवले पहिलो पटक पाइला टेकेको ७० वर्ष पुगेको छ ।
सगरमाथा आरोहणको इतिहासमा हालसम्म करिब सात हजार स्वदेशी तथा विदेशीले आरोहण गरेका छन् । तथ्याङ्क अनुसार हालसम्म तीनसय भन्दा बढी आरोहीले सगरमाथा आरोहणका क्रममा ज्यान गुमाएका छन् ।
पर्वतारोहण सञ्चालक सङ्घ नेपालका अध्यक्ष डम्बर पराजुलीले मौसमलगायतका विभिन्न कठिनाइका बाबजुद पनि आरोहणको ढोका खुलेको बताए ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेपाल दुरसञ्चार प्राधिकरणमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आवेदन खुल्ला
चिटवन अटो शो २०२६ मा १०० भन्दा बढी बुकिङ, एमएडब्लू ग्रुपका लागि मल्टी-ब्रान्ड सफलताको महत्वपूर्ण उपलब्धि
आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

ताजा

२०८३ वैशाख २७ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

नेपाल दुरसञ्चार प्राधिकरणमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आवेदन खुल्ला

चिटवन अटो शो २०२६ मा १०० भन्दा बढी बुकिङ, एमएडब्लू ग्रुपका लागि मल्टी-ब्रान्ड सफलताको महत्वपूर्ण उपलब्धि

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.