सडकमा यात्रुवाहक बस पल्टिँयो, ९ जना घाइते
जानकारी केन्द्र
२०८०, जेष्ठ, १७
काठमाडौं । पूर्वी नवलपरासीको पहाडी सडकमा यात्रुवाहक बस पल्टिँदा ९ जना घाइते भएका छन् । पाल्पाबाट गैंडाकोट तर्फ आउँदै गरेको बस मंगलबार साँझ पल्टिँदा यात्रुहरू घाइते भएका हुन् ।
गैंडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारीले टेलिफोनमा दिएको जानकारी अनुसार उकालो चढ्न नसकेर बस ब्याक भएर पल्टिएको थियो । केही घाइतेको टाउकोमा चोट लागेको अधिकारीले जानकारी दिए । दुर्घटनापछि एम्बुलेन्ससहित सुरक्षाकर्मीको टोली घटनास्थलमा जाँदै छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सन्तोष पाठकले दुर्घटनामा ९ जना घाइते भएको र उद्धारका लागि टोली पठाइएको जानकारी दिए । बस मंगलबार साँझ ६ बजेतिर दुर्घटनामा परेको हो ।
सम्बन्धित समाचार
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
बीपीसीद्वारा एसीसीए क्रिकेट लिग २०२६ सफलतापूर्वक सम्पन्न
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
आज तराईका केही स्थानमा हुस्सु लाग्ने
बुटवलमा हुँदैछ पल्सर आरपीएम, युवाका लागि रोमाञ्चक अनुभवको तयारी
ट्रेन्डिङ
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असोज १४ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी
सीजी डिजीटलले ल्यायो “घरको खुसी, दशैं तथा तिहारको उमंग” — २५ % सम्मको छुट स्योर सट उपहार र भाग्यशाली ड्रको विशेष अफर

