लौकाको जुस पिउनु हुन्छ ? यस्ता छन् चमत्कारिक फाइदाहरु
काठमाडौं । जुस खानु स्वास्थ्यको लागि राम्रो पक्ष हो । जुस भन्दा पनि सिङ्गो फलफूल खानु अझ राम्रो हो । सबै जुस एकनासको हुँदैन । लौकाको जुसमा चिनीको मात्रा हुँदैन र त्यसमा फाइबर धेरै मात्रामा हुन्छ । लौकाको जुसमा भिटामिन ‘सी’ बढी पाइने हुनाले यसलाई खाने गरिन्छ । लौकाको जुसमा ९२ प्रतिशत पानी, भिटामिन ‘के’, क्याल्सियम र अन्य धेरै मिनरलहरु पाइन्छ ।
यस्ता छन् लौकाको जुस पिउनुका फाइदाहरुः
– लौकाको जुसले मुटुलाई स्वस्थ बनाउछ । लौकाको जुस नियमित प्रयोग गर्नाले कोलेस्टोर कम हुन्छ र उच्च रक्तचापलाई नियन्त्रण गर्दछ ।
– सुगर रोगको लागि पनि लौकाको जुस फाइदाजनक हुने गर्दछ । लौकाको जुसमा चिनीको मात्रा कम हुने भएकोले यो सुगरका विरामीले सजिलै यसको प्रयोग गर्न सक्छन् । लौकाको जुसमा फाइबर धेरै र क्यालोरी कम हुन्छ ।
– तौल कम गर्नको लागि पनि लौकाको जुस प्रयोग गर्ने गरेको पाइन्छ । हामीले तौल कम गर्नका लागी विभिन्न किसिमका फाइबर प्रयोग गरेका हुन्छौ । सबैभन्दा बढी फाइबर लौकामा पाइने हुनाले यसको प्रयोग बढी हुने गर्दछ ।
– लौकाको जुस ग्याष्ट्रिक, अल्सर भएको बेलामा पनि धेरै फाइदाजनक हुन्छ । लौका यस्तो चिज हो, जसले धेरै कुराहरुमा फाइदा दिएको छ । यसले शरीरभित्र रहेको ग्यासलाई नियन्त्रणमा राख्छ ।
– लौकाको जुसले गर्मीको समयमा धेरै फाइदा पुर्याउँछ । लौकाको जुस आफैंमा चिसो हुने हुनाले शरीरमा गर्मीको मात्रा कम गराई चिसो राख्न मद्धत गर्छ । गर्मीको समयमा नाकबाट रगत आउने, खाना मीठो नहुनेजस्ता समस्या कम गर्न यो लाभदायिक हुन्छ ।
– लौकाको जुसले मानसिक तनाव कम गर्नमा मद्दत गर्छ । लौकाको जुसमा कोलिन पाइन्छ । कोलिन एउटा न्युरो ट्रान्समिटर हो जसले दिमागको क्षमता बढाउछ र तनाव कम गर्छ । मानसिक समस्यालाईसमेत यसले धेरै मद्दत पुर्याउँछ ।
यस बाहेक शरीरभित्रको फोहोर सफा गर्न,कब्जियत नियन्त्रण गर्न र पिसाबको इन्फेक्सनका लागिसमेत लौकाको जुस लाभदायक हुने गर्दछ ।
सम्बन्धित समाचार
नेपालमा पहिलो राष्ट्रिय अटिजम समिट सम्पन्न, अटिजम समावेशीकरण सम्बन्धी काठमाडौं घोषणापत्र २०२६ मा हस्ताक्षर
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
