Jankari Kendra
१३ श्रावण २०८३, बुधबार
Worldlink

सुनकोसी नदीमा गाडी खस्यो, तीन जना कर्मचारी बेपत्ता

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८०, जेष्ठ, २०
सुनकोसी नदीमा गाडी खस्यो, तीन जना कर्मचारी बेपत्ता

सिन्धुली । मध्यपहाडी लोकमार्गअन्तर्गत घुर्मी–खुर्कोट सडकखण्डको लौकुनबाट सीटीईभीटीको गाडी सुनकोसी नदीमा खसेको छ ।

भक्तपुरबाट खोटाङतर्फ जाँदै गरेको बीएवी ७४६७ नम्बरको स्कारपियो गाडी गोलन्जोर गाउँपालिका वडा नम्बर ७ को लौकुनबाट सुनकोसी नदीमा खस्दा तीन जना कर्मचारी बेपत्ता भएको प्रहरीले जनाएको छ ।

गाडीमा रहेका तीन जना बेपत्ता भएका छन् भने चालक कृष्णबहादुर चौधरी पौडिएर निस्कन सफल भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी राजकुमार सिलवालले जानकारी दिए । गाडी पूरै डुबेको र निकाल्न नसकिएको सिलवालले बताए । उनका अनुसार गाडीमा सीटीईभिटीका निर्देशक कृष्णबहादुर केसी, निर्देशक यमबहादुर भुजेल र प्राविधिक अधिकृत भानु पौडेल सवार रहेको खुलेको छ ।

उनीहरूको स्थानीय र प्रहरीद्वारा खोजी कार्य भइरहेको र थप विवरण आउन बाँकी रहेको उनले बताए । शनिबार बिहानसम्म बेपत्ताको खोजीकार्य जारी छ । राजधानी दैनिकबाट

Top Changing Nepal

युट्युब सट्स