गौशालामा परिणत हुँदै भद्रपुर शीत भण्डार, साढे तीन करोडभन्दा बढी रकम अलपत्र
काठमाडौं । भद्रपुरको कृषि उत्पादनको व्यवस्थित भण्डारणका लागि भनेर १३ वर्षअघि निर्माण शुरू गरिएको शीत भण्डार (कोल्ड स्टोरेज) निर्माण पूरा नभई लथालिंग छाडेको कारण यतिखेर चौपाया राख्ने गौशालामा परिणत भएको छ ।
वि.सं २०६७ मा नेपालस्थित भारतीय दूतावासमार्फत झापाको पुरानो नगरपालिका भद्रपुरमा १५ महिनामा निर्माण सम्पन्न गर्ने गरी कोल्ड स्टोरेज बनाउनका लागि बजेट निकासा गरी काम शुरू भएको थियो ।
भारतीय दूतावासले अनुदानस्वरूप बजेट निकासा गरेपछि नगरपालिकाले टेन्डर आह्वान गर्दै ठेक्का प्रक्रियामार्फत कोल्ड स्टोरेज निर्माण कार्य शुरू गरेको एक दशक पार गरिसकेको छ ।
तर, निर्माण सम्पन्न गरी हस्तान्तरण गर्नुपर्नेमा पछिल्लो दुई वर्षयता शीत भण्डार बेवारिसे अवस्थामा रहँदा नयाँबजार क्षेत्रका गाई गोरू थुन्ने ठाउँ (गौशाला)का रूपमा परिणत भएको हो । निर्माण सम्झौता हुँदा कर्मचारीको हातमा रहेको स्थानीय सरकार अहिले जनप्रतिनिधिको हातमा छ ।
जनप्रतिनिधि आएको आधा दशकभन्दा बढी समय भइसक्दा पनि अलपत्र संरचनातर्फ नगरपालिकाका जनप्रतिनिधिले चासो देखाएका छैनन् । जनप्रतिनिधिले जिम्मेवारी सम्हालेको पहिलो कार्यकाल सकिएर दोस्रो कार्यकालको पनि एक वर्ष व्यतीत भइसकेको छ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।
कुल ४ करोड ७८ लाख ७३ हजार २ सय ५८ रुपियाँ ९० पैसाको अनुमानित लागतमा निर्माण थालिएको शीतभण्डारको निर्माण ठेक्का सुनौला खिम्ती कन्स्ट्रक्सन कम्पनीले भ्याटसहित ४ करोड १३ लाख ३७ हजार ३ सय ७४ रुपियाँ ९६ पैसामा १५ महिनामा काम सम्पन्न गरि सक्ने गरी नगरपालिकासँग सम्झौता गरेको थियो ।
सम्बन्धित समाचार
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
बीपीसीद्वारा एसीसीए क्रिकेट लिग २०२६ सफलतापूर्वक सम्पन्न
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
आज तराईका केही स्थानमा हुस्सु लाग्ने
बुटवलमा हुँदैछ पल्सर आरपीएम, युवाका लागि रोमाञ्चक अनुभवको तयारी
ट्रेन्डिङ
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असोज १४ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी
सीजी डिजीटलले ल्यायो “घरको खुसी, दशैं तथा तिहारको उमंग” — २५ % सम्मको छुट स्योर सट उपहार र भाग्यशाली ड्रको विशेष अफर

