गुलाबको फुल स्वास्थ्यको लागी फाइदाजनक
प्रेमको प्रतिक मानिने गुलाबको फुल घरको सजावटको लागी मात्र होइन् , स्वास्थ्यको लागी पनि फाइदाजनक छ । यस फुलको पत्रहरु हाम्रो स्वास्थ्य आउने केही समस्याको लागी उपयोगी हुन्छ । यसको सेवन गर्नाले सुन्दरता ,सुगन्ध र मानसिक रुपमा उत्साह बढाउँछ । त्यसका साथै विभिन्न सक्रमणबाट पनि बचाउँछ ।
गुलाब प्रयोग गर्नुको फाइदा
कब्जियतः अधिकांश मानिसहरुमा कब्जियतको समस्या हुन्छ । यदि गुलाबको फुललाई पिसेर राती सुत्ने बेलामा दुधमा मिसाएर खाएमा कब्जियत निको हुन्छ । किनभने यसमा फाइबरको मात्रा धेरै हुन्छ ।
युरिनरी इंफेक्सनः यदि तपाईको युरिनरी इंफेक्सनको समस्या छ भने गुलाबको फुल लाभदायक हुन्छ । किनभने गुलाबमा एन्टी ब्याक्टेरियल गुण हुन्छ । त्यसका लागी गुलाबको फुललाई उमालेर त्यो पानीले इंफेक्सनमा भएको ठाँउमा धुनुस् ।
अनियमित महिनावारीः यदि महिलाहरुमा अयिमित महिनावारी हुने समस्या छ भने त्यसका लागी पनि गुलाब गुणकारी हुन्छ । त्यतिमात्र होइन् महिनावारीको समयमा हुने दुखाई पनि कम गर्न मदत गर्छ । त्यसका लागी विहान बेलुका गुलाबको फुल खानुपर्छ ।
डार्क सर्कलः आखाँको मुनि भएको कालो धब्बाको लागी पनि गुलाफ अचुक औषधी हो । त्यसका लागी नियमित विहान गुलाबको पेस्ट बनाएर आखाँको डार्क सर्कलमा लगाएर आधा घण्टाजति छोड्नुस् । त्यसपछि धुनुस् । त्यतिमात्र होइन् गुलाबको पेस्टलाई दुधमा मिसाएर छालामा लगाएमा सुन्दर र नरम हुन्छ । त्यसका साथै शरिरका सक्रमण हुनबाट पनि बचाउँछ ।
सम्बन्धित समाचार
नेपालमा पहिलो राष्ट्रिय अटिजम समिट सम्पन्न, अटिजम समावेशीकरण सम्बन्धी काठमाडौं घोषणापत्र २०२६ मा हस्ताक्षर
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
