भक्तपुरमा दिउँसै कोठा फुटाएर चोरी
जानकारी केन्द्र
२०८०, जेष्ठ, २५
भक्तपुर । भक्तपुरका दुई ठाउँबाट सुनका गरगहना र नगद गरी १८ लाख रुपैयाँभन्दा बढीको चोरी भएको छ । मध्यपुरथिमि र चाँगुनारायण नगरपालिकामा हिजो बुधबार नगद र गरगहना चोरी भएको हो ।
चाँगुनारायण नगरपालिका–५ छालिङ भीमसेन टोलकी निर्मला वनको घरबाट दिउँसै ढोकाको ताला फुटाइ १० लाख ९६ हजार ६ सय २५ रुपैयाँ बराबरको सुनको गहना र नगद ३१ हजार रुपैयाँ चोरी भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।
त्यस्तै, प्रहरीका अनुसार झापा दमक नगरपालिका–३ घर भइ मध्यपुरथिमि नगरपालिका–३ कौशलटार कुटु टोलमा बस्ने बबिता भट्टराईको डेराबाट ७ लाख १२ हजार रुपैयाँ बराबरको सुनका गरहगहना र १६ हजार रुपैयाँ नगद चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्नको खोजी गर्नुका साथै घटना बारे अनुसन्धान गरिरहेको जनाएको छ ।
सम्बन्धित समाचार
गुगल र मेटा पछि एप्पलले पनि अब स्मार्ट चश्मा ल्याउने
यामाहा नेपाल टिम र डिलर नेटवर्क ‘ब्लु सर्ज – पावरिङ अहेड टुगेदर’ पार्टनर्स मिट २०२६ मा सहभागी हुन पटाया, थाइल्यान्ड प्रस्थान
प्रभु बैंकको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला
पहिरो, बाढी र वर्षाका कारण देशभरका विभिन्न राजमार्ग अवरुद्ध
सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?
नेपाल र जापानबीच ४१० मिलियन जापानी येन बराबरको अनुदान सम्झौता
ट्रेन्डिङ
२०८३ साउन १२ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
अरुवा खोलामा नुहाउने क्रममा डुबेर ९ वर्षीय बालकको ज्यान गयो
अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा
जापानमा शक्तिशाली भुकम्प, सपिङ मलका ३० भन्दा बढी कर्मचारी बेपत्ता
नारायणी अस्पताल घटनाको विरोधमा रौतहटमा पनि चिकित्सकको आन्दोलन

