• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१७ असार २०८३, बुधबार
१७ असार २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ असार १८ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १८ घण्टा 

सिभिल सर्भिस अस्पतालमा कृत्रिम भू–जल पुनर्भरण सुरु, काठमाडौंको जल सुरक्षा सुदृढ बनाउन संयुक्त पहल
  • १९ घण्टा 

इन्धन सस्तिएसँगै सार्वजनिक यातायातको भाडा घटाउने तयारी
  • १९ घण्टा 

नबिल बैंकलाई लगातार तेस्रो पटक उत्कृष्ट वार्षिक प्रतिवेदन ‘गोल्ड’ अवार्ड
  • २३ घण्टा 

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले आज ४५ अर्ब रुपैयाँको एकवर्षे ऋणपत्र जारी गर्दै
  • २३ घण्टा 

जगदम्बा मोटर्सले नेपालमा ल्याउँदै सेग्मेन्टकै पहिलो रियर–ह्विल–ड्राइभ ईभी
  • २४ घण्टा 

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार?
  • १ दिन 

एकैदिन २,१५७ सवारीचालक ट्राफिक कारबाहीमा, रु २१ लाख ४० हजार राजस्व सङ्कलन
  • १ दिन 

पेट्रोल, डिजेल, मट्टितेल र ग्यासको मूल्य घट्यो, उपभोक्तालाई राहत
  • १ दिन 

लोकप्रिय समाचार

  • १. अमेरिकालाई पछि पार्दै चीनले बनाएको सुपरकम्प्युटर बन्यो नम्बर वान

  • २. यस्तो छ आजको मौसम पुर्वानुमान

  • ३. अक्षयकुमारको ‘वेलकम टु द जंगल’ले पाँच दिनमै कमायो १०० करोड

  • ४. ५० वर्षको यात्रा सम्झँदै विभिन्न कार्यक्रमसहित नाडाको स्वर्ण उत्सवको शुभारम्भ

  • ५. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ६. आज चार प्रदेशको तराई भू-भागमा अत्याधिक गर्मी हुने

  • ७. सुनको मूल्य प्रतितोला एक हजार चार सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

  • ८. प्लाटाको निर्णायक गोलमा जर्मनीमाथि इक्वेडरको रोमाञ्चक पुनरागमन जित, अन्तिम ३२ मा प्रवेश

  • ९. टोखा रोडमा नयाँ शोरूम सञ्चालन, काठमाडौंमा कजारिया रमेश टायल्सको सेवा र बजार विस्तार

  • १०. २०८३ असार १४ गते आईतवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

भान्छामा कुन तेल प्रयोग गर्ने ? यसो भन्छन् वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिल

जानकारी केन्द्र २०८०, जेष्ठ, ३२

हामीले खाने गरेको तेल विभिन्न पत्रपत्रिमा, टेलिभिजनमा स्वास्थ्य र रोगहरुका लागि निकै लाभदायक छ भनेर चर्चा गरेको सुनिन्छ । तर, के साच्चै स्वास्थ्यको लागि फाइदा छ त ? के–के छन् त फरक–फरक तेलका राम्रा र नाराम्रा पक्षहरु ? आज हामी डा। ओम मूर्ती अनिलको भनाईअनुसार तपाईहरुलाई जानकारी गराउँछौं ।

हामीले खाने तेलमा लगभग सय प्रतिशत जति फ्याट पाइन्छ । जुन हाम्रो शरीरको लागि हानिकारक मानिन्छ । तर, हाम्रो शरीरलाई फ्याटको मात्रा आवश्यक हुन्छ । यदि हामीले आवश्यकता भन्दा बढी फ्याट उपभोग गर्यौभने यसमा भएको क्यालोरीले हाम्रो शरीरलाई मोटोपनाको समस्या निम्त्याउँछ । यसमा भएको कोलेस्ट्रोलले जुन बोसो छ त्यो शरीरमा गएर मिसिन्छ र त्यो कोलेस्ट्रोलको मात्रा रगतमा अनियन्त्रित भयो भने रक्त नलिहरुको भित्तामा टाँसिएर ब्लकेजको रुप लिन्छ । यसले हृदयघात, ब्रेनअट्याक जस्ता प्राणघातक समस्याहरु निम्त्याउन सक्छ ।

धेरै चिल्लो खाना खायो भने ग्याष्ट्रिकको समस्या पनि हुनेगर्छ । त्यसैले हामीले विचार गर्नुपर्ने के छ भने यदि हामीले तेलको प्रयोग गर्छौं भने तेलको प्रकृति कुन तेल खाने ? यसको क्वान्टिटी र प्रयोग गर्ने तरिका हाम्रो लागि एकदमै महत्वपूर्ण हुन्छ ।

हामीले तेल प्रयोग गर्दा के–के कुराहरु हेर्नुपर्छ रु यसको बारेमा केही साइन्टिफिक नलेज हुन हामीलाई जरुरी छ । जसले गर्दा तेलको सही छनौट गर्न सक्छौं । कुनैपनि खाने तेलमा तीन प्रकारका सेचुरेटेड फ्याट जुन हाम्रो स्वास्थ्यको लागि हानिकारक हुन्छ । यसको मात्रा कम हुनु जरुरी हुन्छ । अनसेचुरेटेड फ्याट स्वास्थ्यको लागि राम्रो हुन्छ । यसमा मनोअनसेचुरेटेड फ्याट र पोलिअनसेचुरेटेड फ्याट हुन्छ । पोलिअनसेचुरेटेड फ्याट भन्दा मनोअनसेचुर्टेड फ्याट राम्रो हुन्छ ।

त्यसैगरी ट्रान्स फ्याट मात्रा हुने गर्छ र यो शरीरको लागि अत्यन्तै हानिकारक मानिन्छ । जुन सेचुरेटेड फ्याट भन्दापनि ट्रान्स फ्याट हानिकारक मानिन्छ । अनसेचुरेटेड फ्याटले हाम्रो शरीरमा गुड कोलेस्ट्रोल बढाउँछ । यो हाम्रो शरीरको लागि राम्रो मानिन्छ । हामीले जुन खाने तेल छ वनस्पतिबाट प्राप्त हुने तेल हो । वनस्पतिबाट प्राप्त हुने सम्पूर्ण कुराहरु स्वास्थ्यको लागि राम्रो मानिन्छ । यसमा हुने फ्याट पनि राम्रो हुन्छ । तर, किन खाने तेलको प्रयोग गर्नुहुदैँन भन्ने कुरा जान्न जरुरी छ । यो तेलको प्रयोग बढी गरियो भने यसले क्यालोरी बनाउछ कोलेस्ट्रोल बढाँउछ र तेल धेरै समयसम्म तातो बनायौ भने यो अनसेचुरेटेड फ्याट हुन्छ गुड कोलेस्ट्रोलको रुपमा हुन्छ ब्याड कोलेस्ट्रोलमा परिवर्तन हुन सक्छ र यसले हाम्रो शरीरलाई उल्टै हानी पुर्याउन सक्छ ।

तोरीको तेलमा ओमेगा थ्री एसिड बढि हुन्छ । जसले मुटुमा ब्लकेजको सम्भावनालाई घटाउछ । ओमेगा ६ फ्याटी एसिड हुन्छ यसको मिश्रण तेलमा बढि भयो भने मुटुमा नराम्रो असर गर्छ । ओलिभ तेलभन्दा सर्सियुको तेलमा ओमेगा थ्रीको मात्रा बढि भएको देखिन्छ । तेलमा हुने अर्को महत्वपूर्ण कुरा हामीले बुझ्नुपर्ने स्मोक पोइन्ट जब हामीले खाना तताउने समयमा तेल प्रयोग गर्छौं । त्यसलाई हामीले तातो आगोमा तताउछौ र केहीबेरपछि त्यसमा धुँवा जस्तो आउछ त्यो पोइन्ट लाई स्मोक पोइन्ट भनिन्छ । यदि स्मोक पोइन्ट पुगिसकेपछि जुन तेलमा केमिकल परिवर्तन रसायनिक परिवर्तन हुन थाल्छ । त्यो परिवर्तनले त्यसमा विभिन्न किसिमका टक्सिनहरु र टक्सिक प्रोडक्सहरु रिलिज हुन्छ । जब हामी खाना खान्छौं । यसले हाम्रो शरीरमा हानी पुर्याउन सक्छ । त्यसैले हामीले कुन तेलको स्मोक कति छ यसले पनि तेलको क्वालिटी देखाउँछ । यसले शरीरलाई कति हानी गर्छ गर्दैन त्यो कुरामा पनि भर पर्छ । त्यसैले हामीले यो स्मोक पोइन्ट बारेमा पनि जान्न जरुरी छ र बढी हिट गरियो भने एल्डिहाइट टक्सिनहरु रिलिज भएर यसले शरीरलाई हानी पुर्याउन सक्छ ।

पत्रपत्रिका, टेलिभिजन, इन्टरनेट मार्फत ओलिभा तेलको बढि प्रचारप्रसार भएको पाइन्छ । यो तेल बाहिरी देशहरुमा प्रचलित छ । यो तेल अरु तेलभन्दा तीन चार गुणा महँगो हुन्छ । उक्त तेलमा मोनोअनसेचुरेटेड फ्याट गुड कोलेस्ट्रोल उत्पादन गर्छ । यसमा सेचुरेटेड फ्याट कम हुन्छ । तर, यसमा ओमेगाको मात्रा बढी र आमेगा थ्रीको मात्रा कम भएको देखिन्छ । यसको स्मोक पोइन्टपनि राम्रै मानिन्छ । त्यसैले यो राम्रो भएतापनि महँगो हुने गर्दछ ।

सर्सियुको तेल मा स्मोक पोइन्ट ओलिभ तेलको भन्दा राम्रो छ । यसले तुरुन्तै टक्सिन रिलिज गर्दैन । यसमा पाइने मोनोअनसेचुरेटेड फ्याट ओलिभ तेलको कम्पेरिजनमा छ । यसमा ओमेगा थ्री फ्याटी एसिड मुटुको लागि राम्रो मानिन्छ । केमिकल संरचनाको कुरा गर्दा ओलिभ तेल र तोरीको तेल बराबर छ ।

त्यसैगरी सुर्यमुखी तेलमा पनि अनसेचुरेटेड फ्याट बढी छ तर यसमा मोनोअनसेचुरेटेड भन्दा पोलिसेचुरेटेडको तुलनामा बढि छ । यसमा ओमेगा थ्री एकदमै कम हुन्छ र स्मोक पोइन्टपनि अरु तेल भन्दा कम्पेरिजनमै छ । त्यसैले सूर्यमुखी तेल पनि राम्रै तेल हो तर यसको दुईवटा ठूलो नराम्रो पक्षहरु पनि छ । सुर्यमुखि तेललाई पुनः प्रयोग गर्न मिल्दैन र यसलाई पुनः तताउदा त्यसमा एकप्रकारको ओइलरिहाइर्ड टक्सिन उत्पादन हुन्छ । जसले मुटुमा ब्लकेज निम्त्याउन सक्छ र क्यान्सरसमेत यसले ल्याउन सक्छ । त्यसैले जुन रेस्टुरेन्ट, होटलहरुमा खानेकुराहरु बनाउँदा सूर्यमुखि तेलको प्रयोग गरिएको हुन्छ । त्यो तेल प्रयोग गरिसकेपछि छानिन्छ र फेरि प्रयोग हुन्छ जुन स्वास्थ्यको लागि एकदमै खतरनाक हुनसक्छ ।

अरु तेलहरुको कुरा गर्दा लगभग उस्तै देखिन्छ । तर यसमा नरिवलको तेलमा सेचुरेटेड फ्याट बढि भएको कारणले नरिवलको तेल प्रयोग गर्नु हुँदैन । वनस्पति घ्यूमा ट्रान्सफ्रेड अत्यधिक भएको कारणले यो कहिले पनि थोरै मात्रामा प्रयोग गर्न हुँदैन । वनस्पति घ्यूको प्रयोगले मुटु रोगको जोखिम अत्यधिक बढाँउछ । जहाँसम्म हामीले गाईभैसीको दुधमा पनि सेचुरेटेड फ्याटको मात्रा बढि हुन्छ । सकेसम्म यसको प्रयोगपनि गर्नु हुँदैन तर एकदमै नराम्रो पनि होइन । जसको कोलेस्ट्रोल कन्ट्रोलमा छ, जसलाई मुटुको समस्या छैन कहिले काँही टेस्टको लागि प्रयोग गर्न सकिन्छ तर धेरै मात्रामा घ्यू लिनुहुँदैन ।

सबैभन्दा महत्वपूर्ण कुरा गर्दा तेलको मात्रा कम गर्न जरुरी छ । हामीले प्रयोग गर्ने तेलको मात्रा एकदमै कम हुनुपर्दछ । तेललाई हामीले धेरै तताउने र फ्राइ गरेको खानामा गुड फ्याट ब्याड फ्याटमा परिवर्तन हुन्छ । त्यसैले तेल आफैंमा नराम्रो होइन । तर, यसको अत्यधिक प्रयोग नराम्रो हो । तेललाई कम तताउने, कम प्रयोग गर्ने एकपटक प्रयोग भएको तेल पुनः प्रयोग गर्नु हुँदैन । यदि हामीले शुद्ध तोरीको तेल मिलबाट नै ल्याएर प्रयोग ग¥र्र्यौं भने स्वास्थ्यलाई फाइदा गर्दछ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सिभिल सर्भिस अस्पतालमा कृत्रिम भू–जल पुनर्भरण सुरु, काठमाडौंको जल सुरक्षा सुदृढ बनाउन संयुक्त पहल
भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
११ जिल्लाका ८२ स्थानमा बर्डफ्लु पुष्टि, सबैभन्दा उच्च जोखिम काठमाडौंमा

ताजा

२०८३ असार १८ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

सिभिल सर्भिस अस्पतालमा कृत्रिम भू–जल पुनर्भरण सुरु, काठमाडौंको जल सुरक्षा सुदृढ बनाउन संयुक्त पहल

इन्धन सस्तिएसँगै सार्वजनिक यातायातको भाडा घटाउने तयारी

नबिल बैंकलाई लगातार तेस्रो पटक उत्कृष्ट वार्षिक प्रतिवेदन ‘गोल्ड’ अवार्ड

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.