किसानले एउटा खसी नदिएको झोकमा डिएसपीले भन्सार कार्यालमा बुझाइदिए ४२ वटा खसी
काठमाडौं । सर्लाही इलाका प्रहरी कार्यालयका डिएसपीले आफूलाई खसी नदिएको भन्दै किसानको ४२ वटा खसी चोरी पैठारीको आरोप लगाउँदै भन्सार कार्यालयमा बु्झाइदिएका छन् ।प्रतिनिधि सभा सदस्य अमरेश कुमार सिंहले आज (बिहीबार) बसेको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दे उक्त घटना बाहिर ल्याएका हुन् । सर्लाहीको उक्त स्थानमा बसोबास गर्ने मुस्लिमहरुको पशु पालन व्यवसाय रहेको उल्लेख गर्दै उनले डिएसपीले सित्तैमा खसी माग्दा नदिएकै कारण ४२ वटा खसी चोरी पैठारीको नाममा भन्सारमा बुझाएको उनले बताए ।
‘एउटा डिएसीले खसी माग्दा उसले दिएन । त्यसकारण उसको ४२ वटा खसी भन्सारमा बुझाइदियो । गेरु वस्त्रधारी सरकारको क्लियर प्लान छ, यो देशमा मुस्लिम बस्न पाउनु हुँदैन । दलित बस्न हुँदैन ।’ उनले भने, ‘त्यसैले आफ्नो मन्त्रिमण्डलमा पनि राख्नु भएको छैन । गेरु वस्त्रको नसामा जनतालाई दुःख दिने काम नहोस् । गाउँपालिकाको सिफारिस समेत डिएसपीले च्यातेर फालिदिएको उनको आरोप छ ।’
सम्बन्धित समाचार
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
बीपीसीद्वारा एसीसीए क्रिकेट लिग २०२६ सफलतापूर्वक सम्पन्न
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
आज तराईका केही स्थानमा हुस्सु लाग्ने
बुटवलमा हुँदैछ पल्सर आरपीएम, युवाका लागि रोमाञ्चक अनुभवको तयारी
ट्रेन्डिङ
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
२०८३ असोज १४ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी
सीजी डिजीटलले ल्यायो “घरको खुसी, दशैं तथा तिहारको उमंग” — २५ % सम्मको छुट स्योर सट उपहार र भाग्यशाली ड्रको विशेष अफर

