नेपालको इतिहास : नपढ्ने भए मर्नुपर्ने भानुभक्तको आफ्ना छोरालाई धम्की
भानुभक्तले आफ्ना छोरालाई नपढ्ने भए मर्नु पर्ने धम्कीपूर्ण चिठी लेखेका छन् । आदिकवि भानुभक्त आचार्यले आज भन्दा १५० वर्ष अघि आफ्नो १२ वर्षे छोरा रमानाथ आचार्यलाई पढ्ने भए पढ़ होइन भने मरेर मात्र सुख पाउँछस् भनेर लेखेको धम्किपूर्ण चिट्ठी फेला पर्यो ।
उप्रान्तः पढ्दैनस् भन्दा सुन्दछु, मेरा कढापरि जति उम्लंछस्, ञहाँबाट म क्या गरुँ । म तांहा आयापछि तैंले नपढेको ठहराञा भन्या वावै तेरा ज्यानको आसा नराषि लात् मान्र्याछु ।
कि तैले मर्नु पर्ला । कि मरि सुख पाउँन्याछस् कि पढि सुख पाउँन्इाछस् । यो बुझ् कि तैंले मर्नु कि पढ्नु तेरि आमाले पनि यो चिठि हेरि– सांझ बेहान तँलाई लात मारि घोकन लगावोस् ।
आज तेरि आमाको चेत आएनन् र तँलाई षेलन दियी भन्या मैले लात् मारि मर्नान्तको तमासा हेर्लि हे वावै । पढिनस् भन्या तोरे जिउ खंज गराइ छोडुला, रतिजति तेरो माया मान्या छैन ।
सो जानी तेरि आमाले तंलाई अर्दमा राषि घोकाउनु तैले घोकनु । आजसंम कति पढिस् ञहांसंम पाठ पुरयाको छु भनि लेषि पठा । अघि पढ्याको पनि विर्सिस् कि आउंछ, तेरा हातले लेषि पठा ।
नहि भन्या तेरो ज्यान सवुदराषन्या छैन, ताहां पढ्दैन भन्या मानिसका साथलाइ मंसिरभित्रै ञाहां पठाइदे, म आउंदा सगै लिआंउंला । ञाहीं पढाउंछु । तांहि पढ्छ भने बढिया हो । अस्तु 
सम्बन्धित समाचार
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
अलपत्र यात्रुको उद्धारमा काठमाडौं महानगरको निःशुल्क यातायात सेवा
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
