मञ्जुको ‘यो तीजमा नजाने माइत’ सार्वजनिक
काठमाडौं । गायिका मञ्जु थापाको तीज गीत ‘यो तीजमा नजाने माइत’ सार्वजनिक गरिएको छ । संगीतकार शम्भुजीत बाँस्कोटाले संगीत भर्नुका साथै शब्द रचना गरेका उक्त गीतको श्रव्य दृश्यमा अभिनेत्री शर्मिला मल्ल, दीपाश्री निरौला, रेजिना उप्रेती, नीता ढुंगाना, मञ्जु थापा, कल्पना थापा, प्रमिला कार्की, गोमा केसी, शिला गजुरेल, मीना लामालगायतले अभिनय गरेका छन् ।
गायिका थापाले अडियो र श्रव्य दृश्यलाई सशक्त बनाउन कुनै कसर बाँकी नराखेको बताइन्। उनले भनिन्, ‘गीतमा चाडपर्वको रौनकसँगै चेलीको मनोभावलाई प्रस्तुत गर्ने कोसिस गरेका छौँ ।’
संगीततकार बास्कोटासँग तीज लक्षित गीत हरेक वर्ष एउटा मात्र तयार गर्ने गरेको उनले बताए। थापाले भने, ‘नजाने भन्दैमा या घरमा बस्दैमा तीजको परम्परा परिवर्तन हुँदैन अर्को वर्ष जाने हरफले अगाडिको लाइनलाई न्याय गरेको छ ।’ राजधानीमा कार्यक्रम आयोजना गर्दै उक्त गीत सार्वजनिक गरिएको हो ।
सम्बन्धित समाचार
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

