शरिरमा आउँने सेतो धर्सा के हो ? कसरी गर्ने उपचार ?
काठमाडौं । साधरणतया पुरुष वा महिलाको शरीरका बिभिन्न भागमा सेता धर्सा देखिन्छ । यो सेता धर्साले हाम्रो सौन्दर्यमा नै असर पुर्याउँछ । अझ भन्नु पर्दा यस्तो धर्सा पुरुषमा भन्दा महिलामा बढी देखा पर्दछ ।
यो सेतो धर्सा पेट, हिप, पिँडौला, स्तनआसपासको छालामा सेतो धर्सा बाक्लै हुन्छन् । छालामा आउने यस्ता सेता धर्साका कारण पुरुष भन्दा नि बढी महिला चिन्तित हुन्छन् । सेतो धर्साकै कारण युवतीहरू सौन्दर्य बिग्रेको सोच्छन् ।
यो सेतो धर्सालाई ‘स्ट्रेच माक्र्स’को नामले परिचित छ । मेडिकल भाषामा यसलाई ‘स्ट्रिया’ भनिन्छ । यो सेतो धर्सा पुरुषको तुलनामा महिलामा बढी देखा पर्दछ । पुरुषको तुलनामा ३० प्रतिशत देखा पर्दछ भने महिलाको तुलनामा ७० प्रतिशत देखा पर्ने हुन्छ ।
सेता धर्सा आउने कारण
महिलाहरुमा यस्तो पहिलोपटक महिनावारी हुँदा शरीरका विभिन्न भाग मोटाउने हुँदा यस्तो सेतो धर्सा बस्ने गर्छन् । स्तन, हिपलगायतका ठाउँमा यहीवेला सेतो धर्सा देखिइसकेको हुन्छ ।
यस्तो सेतो धर्सा आउने बिभिन्न कारणहरु छन् केही रोगका कारण पनि यस्ता धर्सा आउँछन् भने कहिले काही छोटो समयमा शरीर अत्यधिक मोटाउनु र छोटो समयमै मोटोपन घट्नु यस्तो अवस्थामा पनि यो धर्सा देखिने हुन्छ । कतिपय व्यक्तिमा भने स्टेरोइड औषधिको अत्यधिक प्रयोगले पनि यस्तो सेतो धर्सा देखा पर्ने हुन्छ । यो पुरुषहरूमा बढी हुन्छ ।
कतिपय महिलाहरुमा बच्चा जन्माउन भन्दा अगाडी नि यस्तो धर्सा देसिन्छ भने अभ बढी यस्ता धर्सा बच्चा जन्माइसकेका महिलाहरुमा देखा पर्दछ । बच्चा पेटमा हुँदा शरीर अत्यधिक मोटाउने र छाला तन्किने हुँदा बच्चा जन्मिसकेपछि तन्किएको छाला एक्कासि खुम्चिने भएको ले यस्तो सेतो धर्सा बस्ने हुन्छ ।
उपचार
सेतो धर्सा बस्नु अघि कुनै पनि लक्षण देखा पर्दैन । यसले हाम्रो स्वास्थ्यमा कुनै असर गर्दैन् । यस्तो सेतो धर्सा आउन नदिन पूर्वज्ञान लिएर विशेष अवस्थामा सचेत हुने नै हो । यस्तो सेतो धर्साबाट बच्न हामीले व्यायाम र खानपिनमा ध्यान दिएर शरीर सन्तुलित बनाएमा यो समस्याबाट बच्न सकिन्छ ।
आजभोली बजारमा यस्तो सेतो धर्सा मेटाउने बिभिन्न सौन्दर्य प्रोडक्टहरु पनि पाईन्छ त्यस्तो प्रोडक्टहरु हामीले प्रयोग गर्दा त्यो कस्तो खालको प्रोडक्ट हो राम्ररी चेक गरेर मात्र प्रयोगमा ल्याउने । आजभोली लेजर गरेर पनि यस्तो धर्सा हटाईएको पाईन्छ ।
सम्बन्धित समाचार
बडीमालिका क्षेत्रमा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा, टेलिफोन र इन्टरनेट सञ्चालन
नागढुंगा सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुल्ला
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण
साँझमा बत्तीमा कीरा झुम्मिने समस्या छ ? यस्तो उपाय अपनाउनुहोस्
यी पाँच गल्तीका कारण फाटछ दूध, अब यसरी जोगाउनु होस्
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
२०८३ भदौ ७ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

