यस्ता रहेका छन मुटुलाई स्वस्थ राख्ने खानेकुराहरू
काठमाडौं । हाम्रो शरीरको सबैभन्दा महत्वपुर्ण अंग भनेको मुटु हो । मुटुबिना कुनैपनि प्राणीको जीवन असम्भव छ । हामीले हाम्रो जीवन सहज बनाउन मुटुलाई स्वस्थ राख्न जरुरी हुन्छ । मुटुलाई स्वस्थ राख्न हामीले धेरै कुराहरुमा ध्यान दिनुपर्दछ । मुटुलाई स्वस्थ राख्नको लागि हामिले विशेषगरि खानपानमा ध्यान दिनुपर्दछ । मुटुलाई स्वस्थ राख्न हामिले विभिन्न प्रकारका खानेकुराहरु प्रयोग गर्न सक्दछौं ।
१. एन्टिअक्सिडेन्ट धेरै भएको खानेकुरा – एन्टिअक्सिडेन्ट धेरै फलफुल तथा तरकारीमा पाइएतापनि सबैभन्दा बढी एन्टिअक्सिडेन्ट कालो अंगुर र बेरीमा पाइन्छ । त्यसैले एन्टिअक्सिडेन्ट भएको खानेकुरा खानाले हाम्रो मुटुलाई स्वस्थ राख्न मद्दत गर्दछ ।
२. फाइबरयुक्त खाना – फाइबर भएको खानेकुरा प्रयोग गर्नाले हाम्रो मुटुलाई स्वस्थ राख्न मद्दत गर्दछ । फाइबरयुक्त खानाले कलेस्टेरोल जम्मा हुँदैन, ट्राइगलेटसाइड कम हुन्छ, डाइबिटिज बिरामीलाई फाइदा गर्दछ, ब्लडप्रेसर कम गर्न गर्ने जस्ता थुप्रै कामहरु गर्दछ । सबैभन्दा बढी फाइबर स्याउको बोक्रामा, नास्पाती र स्ट्रबेरी जस्तै थुप्रै खानेकुरामा पाइन्छ ।
३. सलाद – सलादले पनि हाम्रो स्वास्थ्यमा निकै फाइदा गर्दछ । बन्दागोभीको पात, गाँजर, मुला, काक्रो, टमाटरजस्ता थुप्रै खानेकुरालाई काँचै सलादको रुपमा खाने गर्नाले हाम्रो मुटुलाई निकै फाइदा पु¥याउदछ । सलादमा एन्टिअक्सिडेन्ट, फाइबर, मिनरल जस्ता गुणहरु पाइन्छ र तौल घटाउनमा पनि मद्दत गर्दछ ।
४. फलफु तथा जुस – जुनसुकै फलफुल वा त्यसको जुस बनाएर खानाले हाम्रो मुटुलाई स्वस्थ राख्न ठुलो सहयोग गर्दछ । फलफुुलको जुर बनाएर खानाले मिनरल्स प्रशस्त मात्रामा पाइनेहुनाले मुटुलााई धेरै फाइदा मिल्दछ ।
५. ओट्स – ओट्सले पनि मुटुलाई स्वस्थ राख्न मद्दत गर्दछ ।
६. हारियो सागसब्जी – हरियो सागसब्जिमा एन्टिअक्सिडेन्ट, फाइबर जस्ता मुटुलााई स्वस्थ राख्ने धेरै गुणहरु पाइन्छ । जसले मुटुलाई मात्र नभई शरीरको विभिन्न भागहरुमा समेत फाइदा पु¥याउदछ ।
७. अंकुरित दाल – दालले पनि हाम्रो मुटु र शरीरको अन्य भागलाई स्वस्थ राख्न ठुलो मद्दत गर्दछ ।
८. गहुँको पिठो – हामीले प्रयोग गर्ने बजारमा पाइने पिठोमा भन्दा मिलमा पिसेको गँहुको पिठोले मुटुलाई स्वस्थ् राख्न मद्दत गर्दछ ।
९. ग्रिन टी –ग्रिन टीमा एन्टिअक्सिडेन्ट धेरै मात्रामा पाइनेहुनाले मुटुको स्वास्थ्यको लागि राम्रो मानिन्छ
सम्बन्धित समाचार
बडीमालिका क्षेत्रमा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा, टेलिफोन र इन्टरनेट सञ्चालन
नागढुंगा सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुल्ला
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण
साँझमा बत्तीमा कीरा झुम्मिने समस्या छ ? यस्तो उपाय अपनाउनुहोस्
यी पाँच गल्तीका कारण फाटछ दूध, अब यसरी जोगाउनु होस्
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
२०८३ भदौ ७ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

