हुम्लामा साउने पूर्णिमाको रौनक
सिमकोट (हुम्ला) । जनै पूर्णिमाको अघिल्लो दिनबाट सुरु हुने हुम्लाको प्रसिद्ध चाड साउने पूर्णिमा जिल्लाका विभिन्न शक्तिपीठमा धुमधामका साथ मनाइएको छ ।
यहाँका बासिन्दा दसैँ र तिहारभन्दा विशेष महत्वका साथ साउन पूर्णिमा पर्वलाई मनाउने गर्दछन् । जिल्लाका हरेक गाउँमा स्थानीय धामी नृत्य र देउडा नृत्य कहलिएको यो पर्वमा युवा युवतीका लागि भने विशेष दिन रहने गरेको छ । मिठो खाने र नयाँ कपडाको साथमा सजिने चाडका रूपमा यो पर्व चिनिने गरेको छ ।
हुम्लाको सिमकोट गाउँपालिकामा अझ यो पर्व बढी धुमधामका साथ मान्ने चलन छ । जिल्लाका अन्य तीर्थस्थलमा भने चतुर्थी र पूर्णिमाका दिनमा मात्र मनाउने यो पर्व सिमकोटमा त्रियादशीका दिनदेखि एक हप्तासम्म मनाउने चलन छ ।
नयाँ धामी हुन चाहने युवाको ताँती पनि यो पर्वमा राम्रै देख्न पाइन्छ । नयाँ कुरा के रहेको छ भने देउता आएपछि विशेष गरी महिला र युवतीले पनि मन्दिरमा पतुर्ने (धामी नाच्ने) गरेको पाइएको छ । शक्तिपिठमा धामीले आफ्नो शक्ति प्रदर्शन गर्नका लागि कोही धामीले दूध ओकल्ने, जमरा उमार्ने, तातो तेल पिउनेलगायतका अद्भूत कार्यसमेत देखाउने प्रचलन छ ।
जिल्लाका सात वटै स्थानीय तहबाट सिमकोटमा मेला भर्नेको हजारौँ सङ्ख्यामा उपस्थिति रहने गरेको छ । दिउँसो स्थानीय मन्दिरमा गई खसी, बोका चढाइ पूजाआजा गर्ने र अपराह्नतिर सिमकोटका विभिन्न मन्दिरमा धामीको नृत्यले यहाँका दर्शनार्थीलाई थप रोचकता थप्ने गरेको सिमकोट डाँडाफयाका वीरमान सिंहले बताउनुभयो । युवायुवतीले डेउडा खेलेर आफ्ना मनका बह र माया पिरती साट्ने गरेको सिंहले बताए ।
उनका अनुसार डेउडा खेल्दा खेल्दै गीतको माध्यमबाट मायाको भाव गीतबाट नै व्यक्त गरी कति युवा विवाहको बन्धनमा पनि बाँधिने गरेका छन् । हिन्दूको चाड भएको भए पनि यो पर्व मनाउनका लागि बौद्ध धर्मावलम्बीले पनि सौहाद्रता स्वरुप समर्थन गर्ने गर्दछन् ।
विशेष गरी आन्तरिक र बाह्य पर्यटकका लागि यो पर्वले विशेष महत्व राख्ने गरेको पाइएको छ । स्थानीय पसलमा पनि लाखौँको कारोबार हुने गरेको छ । नयाँ कपडा, दैनिक उपभोग्य वस्तुलगायत सामान यो समयमा निक्कै बिक्री हुने गरेको छ ।
स्थानीय व्यापारीलाई सामान बेचबिखनका लागि भ्याइनभ्याइ नै हुने गरेको छ । वर्षमा दशैँ र तिहारमा देशका अन्य भागमा व्यापारिक चहलपहल निक्कै बढ्ने गरेको भए पनि हुम्लामा भने साउने पूर्णिमा मेलामा व्यापारिक चहलपहल हुने गरेको छ । यही मौका पारेर स्थानीय व्यापारीले नेपालगञ्ज र सुर्खेतबाट हवाई ढुवानी गरेर जहाज रिजर्व गर्ने गरेका छन् । यो मेलामा सुनका गरगहनादेखि लिएर कपडासम्मको व्यापार व्यवसाय राम्रो हुने गरेको छ ।
यो पर्वलाई अदानचुली गाउँपालिकाको खौला मन्दिर, सर्केगाड गाउँपालिकाको रोडिकोट र राहदेवको महादेवको मन्दिर, सिमकोटको मुग्राधारा मन्दिर, तल्लो बजारमा रहेको बाडपाल मन्दिर, ठेहे गाउँको रामपाल मन्दिरलगायत अन्य गाउँका सबैजसो शक्तिपीठमा धुमधामका साथमा मनाउने प्रचलन रहेको छ ।
सम्बन्धित समाचार
बुटवलमा हुँदैछ पल्सर आरपीएम, युवाका लागि रोमाञ्चक अनुभवको तयारी
एनसेल ग्राहकलाई आइफोन १८ खरिदमा विशेष बन्डल प्याकेज
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी
क्रम्पटनले ल्यायो दसैँ विशेष उत्सव योजना – २५ प्रतिशतसम्म क्यासब्याक र बम्पर उपहार
बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट
बजाज चेतकद्वारा ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक
ट्रेन्डिङ
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
सीजी डिजीटलले ल्यायो “घरको खुसी, दशैं तथा तिहारको उमंग” — २५ % सम्मको छुट स्योर सट उपहार र भाग्यशाली ड्रको विशेष अफर
२०८३ असोज १४ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

