Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

हरितालिका तीजमा राशि अनुसार लगाउनुहोस् साडी, मिल्नेछ शिव पार्वतीको कृपा !

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, भाद्र, २८
हरितालिका तीजमा राशि अनुसार लगाउनुहोस् साडी, मिल्नेछ शिव पार्वतीको कृपा !

एजेन्सी । हरितालिका तीज महिलाहरुको लागि विशेष मानिन्छ । यस दिन विवाहित महिलाहरूले आफ्ना पतिको दीर्घायुको कामना गर्दै भगवान शिव र माता पार्वतीको पूजा गर्छन् । यस व्रतको पूजासँगै पहिरनको पनि महत्व रहेको छ।

यस दिन महिलाहरूले आफूलाई सोह्र श्रृंगारले सजाउँछन् । यदि महिलाले आफ्नो राशि अनुसार कुनै खास रंगको पहिरन लगाएमा भगवान शिव र माता पार्वतीको दोब्बर आशीर्वाद प्राप्त हुन्छ।

राशि अनुसार सारी लगाउनुस्
मेष राशि : यस राशिका व्यक्तिहरूको स्वामी मंगल हो । हरितालिका तीजको दिन रातो रंगको साडी लगाउनु शुभ रहनेछ । यस दिन भगवान शिव र देवी पार्वतीको रातो साडी लगाएर पूजा गरेमा शुभ फल प्राप्त हुन्छ ।

वृष राशि : यस राशिका व्यक्तिहरुको स्वामी शुक्र हो । हरितालिका तीजको दिन सुनौलो रंगको साडी लगाउनुपर्छ । यसबाट तपाईको पुजा शुभ मानिनेछ ।

मिथुन राशि : यस राशिका व्यक्तिहरूको स्वामी बुध हो । हरियो साडी लगाउनु शुभ रहनेछ । यसबाट भगवान शिव र माता पार्वती प्रसन्न हुनुहुनेछ ।

कर्कट राशि : यस राशिका व्यक्तिहरूको स्वामी चन्द्रमा हो । त्यसैले सुन्तला वा रातो रंगको साडी लगाएर भगवान शिव र माता पार्वतीको पूजा गर्नुपर्छ । शुभफल हुनेछ ।

सिंह राशि : यो राशिका व्यक्तिहरूको स्वामी सूर्य हो । हरितालिका तीजको दिन रातो रङको लुगा लगाउनुपर्छ ।

कन्या राशि : यस राशिका व्यक्तिहरूको स्वामी बुध हो । हरितालिका तीजका दिन हरियो साडी लगाएर भगवान शिव र माता पार्वतीको पूजाआजा गर्नुहोस् । शुभ फल प्राप्त हुनेछ ।

तुला राशि : यस राशिका व्यक्तिहरूको स्वामी शुक्र हो । त्यसैले हरितालिका तीजका दिन गुलाबी रंगको साडी लगाएर पूजा गर्नाले भगवान शिव र माता पार्वतीको शुभ फल प्राप्त हुन्छ ।

वृश्चिक राशि : यस राशिका व्यक्तिहरूको स्वामी मंगल हो । हरितालिका तीजका दिन मारुन रंगको साडी लगाएर भगवान शिव र माता पार्वतीको पूजा गर्नुपर्छ ।

धनु राशि : यस राशिका व्यक्तिहरूको स्वामी बृहस्पति हो । हरितालिका तीजका दिन पहेँलो रङको साडी लगाएर पूजा गर्नुपर्छ । शुभफल हुनेछ ।

मकर राशि : यस राशिका व्यक्तिहरूको स्वामी शनि हो । हरितालिका तीजको दिन हल्का निलो रंगको साडी लगाएर भगवान शिव र माता पार्वतीको पूजा गरेमा लाभ मिल्नेछ ।

कुम्भ राशि : यस राशिका व्यक्तिहरूको स्वामी शनि हो । हरितालिका तीजका दिन हल्का निलो साडी लगाएर पूजा गर्नु शुभ रहनेछ ।

मीन राशि : यस राशिका व्यक्तिहरूको स्वामी बृहस्पति हो । हरितालिका तीजको दिन पहेँलो वस्त्र धारण गर्नुहोस् । भगवान शिव र माता पार्वतीको आशीर्वाद प्राप्त हुनेछ ।

naima expoTop Changing Nepal

युट्युब सट्स