टिमुर उत्पादनमा कमी
घोराही (दाङ) । दाङमा टिमुरको उत्पादनमा कमी आएको छ । आर्थिक वर्ष २०७८/७९ को तुलनामा आव २०७९/८० मा दोब्बरले टिमुरको उत्पादनमा कमी आएको हो ।
जिल्लाबाट आव २०७८/७९ मा दुई लाख ४१ हजार सात सय ४२ किलो बिक्री भएको थियो । आव २०७९/८० मा एक लाख पाँच हजार नौ सय छ किलो मात्रै टिमुर बिक्री भएको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत भक्तबहादुर चौधरीले जानकारी दिए । उनका अनुसार गत वर्ष करिब एक लाख ५५ हजार आठ सय ३६ किलो टिमुर कम बिक्री भएको छ ।
सहायक वन अधिकृत चौधरीका अनुसार आव २०७८/७९ मा राष्ट्रिय वनबाट २९ हजार पाँच सय ५० किलो र निजी वनबाट दुई लाख १२ हजार एक सय ९२ किलो टिमुर जिल्ला बाहिर बिक्रीका लागि लगिएको थियो । बिक्री गरी तीन लाख २० हजार राजस्व सङ्कलन भएको सहायक वन अधिकृत चौधरीले बताए ।
आव २०७९/८० मा राष्ट्रिय वनबाट १३ हजार किलो र निजी वनबाट ७२ हजार नौ सय छ किलो बिक्री हुँदा एक लाख ४५ हजार मात्रै राजस्व सङ्कलन भएको छ । आव २०७८/७९ मा राष्ट्रिय वनबाट ४४ हजार एक सय किलो तेजपात, तीन हजार किलो अमला, ४३ हजार १० किलो रिठा, एक हजार पाँच सय किलो बार्रो, लहरे गुर्जो दुई हजार पाँच सय केजी, ब्राहमी एक हजार, चुत्रोको बोक्रा दुई हजार किलो बिक्री भएको छ भने निजी वनबाट आव २०७९/८० मा बर्रो पाँच सय किलो, लहरे गुर्जो दुई हजार किलो, धाइरोको फूल, बेलचना, पुदिना र भृङ्राज पाँचरपाँच सय किलो, दुधे–लहरा एक हजार पाँच सय किलो, ब्राहमी एक हजार किलो, चुत्रोको बोक्राका सात हजार सात सय किलो, दालचिनी तीन हजार किलो, टटेलोको बोक्रा चार हजार किलो तथा कालीकाठको दाना १४ हजार किलो बिक्री भएको छ ।
निजी वनबाट आव २०७८/७९ मा २७ हजार चार सय किलो दालचिनीका बोक्रा, काउलो बोक्रा २९ हजार किलो, मालागेँडी ५५ हजार दुई सय किलो, तिगेडी, चुत्रो र कालीकाठ एक हजार किलो, पाषणवेद एक हजार छ सय किलो, अमलावेद छ सय ५० किलो निर्यात भएको थियो भने आव २०७९र८० मा दालचिनीको बोक्रा सात हजार एक सय ४५ किलो, मालागेँडी १३ हजार पाँच सय, काउलो बोक्रा ४३ हजार नौ सय ९५किलो, अमला फल एक हजार किलो, तिगेडी पाँच हजार र कालीकाठ ८० हजार ८० किलो जडीबुटी बिक्री भएको सहायक वन अधिकृत चौधरीले जानकारी दिए ।
गत वर्ष जिल्लामा टिमुर कम उत्पादन हुँदा बिक्रीमा पनि कमी आएको सहायक वन अधिकृत चौधरीले बताए । हिउँदमा पानी नपर्दा टिमुर उत्पादनमा कमी आएको हुनसक्ने भन्दै सहायक वन अधिकृत चौधरीले भने, “जिल्लाबाट बिक्री भएको टिमुरको परिमाणलाई हेर्ने हो भने अघिल्लो वर्षको तुलनामा गत आव करिब दोब्बर कम मात्रामा टिमुर बिक्री भएको छ ।”
टिमुर उत्पादनका लागि दाङलाई पकेट क्षेत्रका रूपमा लिने गरिन्छ । टिमुर पकेट क्षेत्रअन्तर्गत जिल्लाको बङ्गलाचुली गाउँपालिकासहित घोराही र तुलसीपुर उपमहानगरपालिकाको पहाडी क्षेत्रमा टिमुर खेती हुने गरेको छ । राष्ट्रिय वन क्षेत्रबाट उत्पादित टिमुरबाट राजस्व लिने गरिन्छ भने निजी वनबाट उत्पादन भएको टिमुरको राजस्व लिने नगरिएको सहायक वन अधिकृत चौधरीले बताए ।
सम्बन्धित समाचार
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
विराटनगरमा खुल्यो नेपालको सबैभन्दा ठूलो २८ औँ सीजी डिजीटल शोरुम
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
काठमाडौँको सफलतापछि अब क्षेत्रीय २० शहरहरूमा एकै साथ नयाँ ‘ब्लु यामाहा एक्सएसआर १५५’ को अनावरण
आज तराईका केही भूभागमा बिहानपख हुस्सु लाग्ने
राष्ट्रिय परिचयपत्र नहुँदा पनि बैंकिङ सेवा लिन सकिने
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
