घरमा लक्ष्मीको बास होस् भन्ने चाहनुहुन्छ ? राख्नुहोस् यी चिज
काठमाडौं । के तपाईलाई थाहा छ हाम्रो जीवनमा सकरात्मक र नकरात्मक ऊर्जाको कति धेरै प्रभाव पर्छ रु घरमा सकरात्मक र नकरात्मक ऊर्जासँग जोडिएको चिजहरुको ब्याख्या गर्ने शास्त्र वास्तुशास्त्र हो । जान्नुहोस् वास्तुशास्त्रका अनुसार घरमा कुन कुन चिजहरु राख्दा तपाईको घरमा लक्ष्मीको बास हुनेछ ?
बासुरी
बासुरीलाई बास्तु दोष निर्मुल गर्नमा निकै खास मानिन्छ । यदि आर्थिक समस्याबाट मुक्ति पाउन छ भने घरमा चाँदिको बासुरी राख्न राम्रो हुन्छ । वास्तु शास्त्र अनुसार, सुनको बासुरी घरमा राख्दा घरमा लक्ष्मीको वास बनि रहन्छ । यदि सुन वा चाँदिको बासुरी सम्भव नभए वाँसको बासुरी पनि राख्दा राम्रो हुन्छ ।
गणेशको नृत्य गरेको मुर्ति
भगवान गणेश हर रुपमा मंगलकारी हुन्, तर धन-लक्ष्मीको दुख दुर गर्नको लागि नृत्य गरेको गणेश मुर्ति घरमा राख्नाले निकै शुभ मानिन्छ । भगवान गणेशको यस्तो मुर्ति घरको मुख्य द्वारमा राख्दा राम्रो हुन्छ । यदि मुर्ति छैन भने तस्बिर पनि राख्न सकिन्छ ।
लक्ष्मी र कुबेरको मुर्ति या तस्बिर
देवी लक्ष्मीको तस्वीर वा मूर्ति त लगभग सबैको घरमा हुन्छ, तर धन-धान्य पाउनको लागि देवी लक्ष्मीको साथै भगवान कुबेरको मूर्ति वा तस्वीर राख्न जरुरी हुन्छ । स्थाई धन लाभको लागि घरमा देवी लक्ष्मी र भगवान कुबेर दुबैको पुजा गर्नुपर्छ । भगवान कुबेर उत्तर दिशाका स्वामी मानिन्छ, त्यसैले उनलाई सँधै उत्तर दिशामा राख्नुपर्छ ।
शंख
वास्तुका अनुसार शंखमा वास्तु दोष हटाउने अद्भुत शक्ति हुन्छ, जुन घरमा शंख राखिएको हुन्छ त्यस घरमा सकारात्मक उर्जा रहन्छ । शास्त्रका अनुसार जुनको पूजा स्थलमा देवी लक्ष्मीको साथ शंखको स्थापना पनि गरिएको छ र पुजा गरिन्छ भने त्यहाँ स्वयं लक्ष्मी माताको वास हुन्छ र यस्तो घरमा कहिले पनि धनको कमी हुँदैन ।
एकाक्षी नरिवल
नरिवललाई श्रीफल भनिएको छ र यसलाई देवी लक्ष्मीको स्वरूप मानिन्छ । श्रीफलहरु मध्य एकाक्षी नरिवल निकै नै शुभ हुन्छ । जुन घरमा एकाक्षी नरिवल राखिएको हुन्छ र नियमित पुजा गरिन्छ, त्यहाँ धनको अभाव नहुने मान्यता छ ।
सम्बन्धित समाचार
२०८३ असोज १४ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
ट्रेन्डिङ
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य

