• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
११ असार २०८३, बिहीबार
११ असार २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • १५ घण्टा 

प्लाटाको निर्णायक गोलमा जर्मनीमाथि इक्वेडरको रोमाञ्चक पुनरागमन जित, अन्तिम ३२ मा प्रवेश
  • १५ घण्टा 

यस्तो छ आजको मौसम पुर्वानुमान
  • १६ घण्टा 

२०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १६ घण्टा 

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्र सुदृढ बनाउन रणनीतिक सहकार्य
  • १ दिन 

काठमाडौंको सफलतापछि सीजी मोटर्सको ‘महा मेला एक्सचेन्ज कार्निभल’ पोखरामा सुरु
  • १ दिन 

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन
  • १ दिन 

दृष्टिविहीन छात्रावासका लागि कामना सेवा विकास बैंकको सहयोग, कुलर र ब्रेल पेपर प्रदान
  • १ दिन 

सिजी ब्रान्डको ‘क्यान यु सल्भ द पजल’ : सीजी ब्रिजर २२ एयर कुलर विजेता बने नुवाकोटका श्याम रिजाल
  • १ दिन 

लोकप्रिय समाचार

  • १. सुनको मूल्य प्रतितोला एक हजार चार सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

  • २. वाणिज्य बैंकमा गैरबैंकिङ सम्पत्ति बढ्यो, कुन बैंकमा कति ?

  • ३. शाहरूखको सानो सहयोगले बन्यो सबैभन्दा बढी कमाउने चौंथो मराठी फिल्म

  • ४. नबिल बैंकको ‘ए’ रेटिङ पुन : पुष्टि, वित्तीय मजबुतीमा थप विश्वास

  • ५. रामचरणको ‘पेड्डी’ ले कमायो ४०० करोड बढी, आउँदैछ ओटीटीमा पनि

  • ६. रास्वपा महाधिवेशनका कारण मालवाहक सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह

  • ७. कस्तो छ आजको मौसम पूर्वानुमान ?

  • ८. टिभीएस एनटर्क १२५ रेस एक्सपी ‘ब्लेज ब्लु’ नेपालमा सार्वजनिक

  • ९. धनगढी उपमहानगरको २ अर्ब ६४ करोडको बजेट, पूर्वाधार र रोजगारीमा जोड

  • १०. अब विश्वकपका इरानी खेलाडी दुई दिन अघि नै अमेरिका जान पाउने

घरमा मयूरको प्वाँख राख्नाले हुन्छ यी लाभ

जानकारी केन्द्र २०८१, श्रावण, १९

काठमाडौं । हिन्दू धर्म तथा वास्तु शास्त्रका अनुसार घरमा मयूरको प्वाँख राख्नु शुभ मानिन्छ । विश्वव्यापी स्तरका मानिसहरुमा विश्वास छ कि मयूरको प्वाँखले नकारात्मक उर्जालाई टाढा राख्छ ।

सबै धर्मशास्त्र, ग्रंथ, वास्तु र ज्योतिषशास्त्रमा मयूर प्वाँखको महत्त्वपूर्ण स्थान छ । घरमा मयूरको प्वाँखहरू यस्तो ठाउँमा राख्नुहोस् जहाँबाट सबैलाई सजिलै देखिन्छ । घरमा मयूरको प्वाँख राख्नु धेरै महत्त्वपूर्ण छ । यो धार्मिक कार्यहरूमा पनि प्रयोग हुन्छ । आउनुहोस् जानौं मयूरको प्वाँखको महत्व ।

लोकप्रिय पौराणिक कथा
कुनै एक समयमा सन्ध्या नाम गरेको असुर थियो । जसले कठोर तपस्या गरेर भगवान शिवलाई प्रसन्न तुल्यायो र वरदानको रूपमा धेरै प्रकारका शक्ति प्राप्त गर्यो । उसले भगवान विष्णुका भक्तहरूलाई अत्याचार गर्न लाग्यो ।

एक दिन उसले स्वर्गलाई पनि आफ्नो नियन्त्रणमा लियो र सबै देवीदेवताहरुलाई बन्दी बनायो । यस असुरलाई पराजित गर्न सबै देवीदेवताहरू मयूरको प्वाँखमा विराजमान भए र त्यो असुरलाई पराजित गर्न सके ।

त्यसबेलादेखि मयूरको प्वाँखलाई पूजनीय मानियो र यसले मन्दिरमा स्थान पायो । मयूरको प्वाँखको जति ठूलो महत्त्व सनातन धर्ममा छ सायदै त्यो अन्य संस्कारमा होला । हामी विश्वास गर्दछौं कि नकारात्मक उर्जा हटाउन मयूर सबैभन्दा प्रभावकारी हुन्छ ।

मयूरको पंख (प्वाँख) सम्बन्धी वैश्विक पौराणिक मान्यता
हिन्दू धर्ममा मयूरका प्वाँखहरु धनको देवी लक्ष्मी र शिक्षाको देवी सरस्वतीसँग सम्बन्धित छ । लक्ष्मीको भाग्य, सम्पन्नता र समृद्धिको लागि पूजा गरिन्छ । मयूरको प्वाँखको उपयोग लक्ष्मीका यी गुणहरू लिन प्रयोग गरिन्छ ।

मयूर विद्याकी देवी सरस्वतीको प्रिय भएकोले विद्यार्थीले मयूरको प्वाँख उनीहरूको किताबभित्र राख्ने चलन छ । घरमा मयूरको प्वाँखहरू घरमा राख्नुले सम्बन्धमा मिठास ल्याउँछ । मयूरको प्वाँख भगवान् श्री कृष्ण, श्री गणेश र कार्तिकेय जस्ता धेरै देवताहरूको मनपर्दो आभूषण हो।

ग्रीक-रोमन संस्कृतिमा पनि मयूरलाई ‘हीरा’ देवीको प्रतिक मानिन्छ । हीराले ‘आर्गस’बाट मयूरको सृजना गरेको यस संस्कृतिको पौराणिक कथाहरूमा भेट्न सकिन्छ । आर्गसका सय नयन (मयूरको प्वाँखमा देखिने आकृति) ले स्वर्गको खजाना र ताराहरूका आँखालाई जनाउँदछ ।

नवग्रह शान्ति र धन लाभको लागि मयूरको प्वाँख प्रयोग गर्नुहोस्
मयूरको प्वाँखहरू नवग्रहहरूको शान्तिको लागि प्रयोग गरिन्छ । घरको उत्तर वा उत्तर-पूर्वी कुनामा मयूरको प्वाँख राख्नाले नवग्रहको पीडा कम गर्दछ । मयूरको प्वाँख पनि माता लक्ष्मीसँग सम्बन्धित छ ।

तसर्थ मयूरको प्वाँखले सम्पत्तीलाई आकर्षित गर्दछ, यसैले मानिसहरूले यसलाई आफ्नो घरको ढुकुटीमा राख्छन् । यस बाहेक तपाईं घर र कार्यालयमा मयूरको सुन्दर तस्वीरहरू र शोपीसहरू पनि राख्न सक्नुहुनेछ ।

मयूरको प्वाँखले मन शान्त गर्दछ
यदि बच्चा अट्टेरी छन् र तपाइँको कुरा सुन्दैनन् भने मयूर पंखेले बनेको फ्यानले हावा दिने गर्नुहोस् । बच्चाहरुको जिद्दी स्वभाव स्वचालित रूपमा केहि दिनमा पुनस् ठीक हुन्छ । नवजात शिशुको टाउकोमा चाँदीको ताबीजमा मयूरको प्वाँख राखेर राख्नाले बच्चालाई नजर लाग्दैन, उसलाई राम्रो सपना आउदैन र ऊ डराउँदैन ।

मयूरको प्वाँखको प्रयोगले भवन तथा व्यवसायिक प्रतिष्ठानहरूको वास्तु दोष हटाउनुहोस्
वास्तु शास्त्रका अनुसार मयूरको प्वाँखले वास्तु दोषहरूमा चमत्कारिक प्रभाव देखाउँदछ । यो घर, पसल वा व्यापारिक प्रतिष्ठानको वास्तु दोष हटाउन सक्षम छ । यदि भवनमा वास्तु दोष छ र त्यसलाई नभत्काई सुधार गर्न सम्भव छैन भने, मयूरको प्वाँख प्रयोग गरेर दोष हटाउन सकिन्छ।

यसको लागि तपाईंले भवन वा पसलको मुख्य प्रवेशद्वारमा तीन वटा मयूरको पखेटा राख्नुपर्छ । यो मयूरको प्वाँखलाई यस्तो ठाउँमा लगाउनुपर्छ कि जहाँबाट आउँदाजाँदा मयूरको प्वाँखको तलबाट ओहोरदोहोर होस् । यसो गर्नाले वास्तु दोष हट्छ र धनसम्पत्तिमा वृद्धि हुन्छ ।

यशु ख्रीष्ट र मयूर
क्रिश्चियन धर्ममा पनि मयूरलाई पवित्रता, अमरत्व, नवीकरण र पुनर्जन्मको रूपमा चिनिन्छ । काल्पनिक पक्षी ‘फिनिक्स’को पुनरुत्थान गरी आधुनिक पक्षी ‘मयूर’को सृजना गरेको घटना पनि कतिपय ग्रन्थहरूमा कथित छन् । साथै, सेतो रङ्गको मयूरलाई शान्ति, असत्यमाथि सत्यको विजय, जीवन अनि स्वर्गको प्रतिक पनि मानिन्छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
२०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असार ११ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
शरिरमा प्रोटिन नहुदाँ देखिने छन् यस्ता लक्षण, बेलैमा रहनुहोस सतर्क

ताजा

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

प्लाटाको निर्णायक गोलमा जर्मनीमाथि इक्वेडरको रोमाञ्चक पुनरागमन जित, अन्तिम ३२ मा प्रवेश

यस्तो छ आजको मौसम पुर्वानुमान

२०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.