• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२६ बैशाख २०८३, शनिबार
२६ बैशाख २०८३, शनिबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

एसईई नतिजा हेर्ने तरिका सार्वजनिक : एसएमएस, आईभीआर र वेबसाइटमार्फत नतिजा प्राप्त गर्न सकिने
  • ८ घण्टा 

बर्लीको आक्रामक विस्तार : २२ मोडेलसहित नेपालकै ठुलो रेञ्ज, नयाँ डेजर्ट र पर्सनल कुलर सार्वजनिक
  • ९ घण्टा 

२०८३ वैशाख २८ गते सोमबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • ११ घण्टा 

देशभर ‘सरसफाइ सप्ताह २०८३’ सञ्चालन गरिने
  • १२ घण्टा 

वैशाख २९ भित्रै एसइई नतिजा सार्वजनिक हुने, बोर्डको अन्तिम तयारी पुरा
  • १४ घण्टा 

नेपाल कम्युनिभर्सिटीद्वारा ‘सामाजिक नवप्रवर्तन र उद्यमशीलतामा स्नातकोत्तर’ कार्यक्रमको औपचारिक उद्घाटन
  • १५ घण्टा 

MAW Group has closed 100+ Bookings at Chitwan Auto Show 2026
  • १५ घण्टा 

घट्यो आज सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?
  • १५ घण्टा 

२४ घण्टामा १ हजार ८५४ चालक कारबाहीमा : ४ चार लाख ४८ हजार राजस्व संकलन
  • १६ घण्टा 

लोकप्रिय समाचार

  • १. स्थलमार्गबाट आउने पर्यटकले अब अनलाइनबाटै सवारी दर्ता गर्न मिल्ने

  • २. नेपाल बैंकका ग्राहक र कर्मचारीलाई बि एण्ड बि हस्पिटलमा छुट

  • ३. प्याब्सनसहित शैक्षिक संस्थाको संयुक्त प्रतिबद्धता : सुकुम्बासी बस्ती हटाउने क्रममा प्रभावित बालबालिकाको शिक्षा निरन्तरता सुनिश्चित गर्ने

  • ४. ट्राफिक कारबाहीबाट एकैदिन २६ लाख ६० हजार राजस्व सङ्कलन

  • ५. नेपाल कम्युनिभर्सिटीद्वारा ‘सामाजिक नवप्रवर्तन र उद्यमशीलतामा स्नातकोत्तर’ कार्यक्रमको औपचारिक उद्घाटन

  • ६. वीरगञ्ज भन्सारमा रोकिए १४ सयभन्दा बढी मालवाहक सवारी

  • ७. बजार अनुगमनमा तीन फर्म कारबाहीमा, ७५ हजार रुपैयाँ जरिवाना

  • ८. मे महिनामा कस्तो होला त तपाईको भाग्य ? हेर्नुहोस् मासिक राशिफल

  • ९. फरवार्ड माइक्रोफाइनान्सको तेह्रौँ वार्षिक साधारण सभा सम्पन्न

  • १०. देशभर पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको प्रभाव : यी क्षेत्रमा चट्याङ्गसहित वर्षाको सम्भावना

मिथिलामा जितीया पर्वको तयारी सुरु

जानकारी केन्द्र २०८०, आश्विन, १६

महोत्तरी । महोत्तरीसहित प्राचीन मिथिला क्षेत्रमा पितृपक्ष (सो¥हश्राद्ध)सुरु भएपछि सन्तान हुने मिथिलानी (मिथिलाका नारी) जितीया पर्वका लागि तयारीमा जुटेका छन् । यस वर्ष यो पर्व यही असोज १९ गते शुक्रबार परेको छ ।

असोज कृष्ण अष्टमीका दिन निराहार उपवास गरिने जितीया पर्वका लागि पितृपक्ष सुरु हुनासाथै व्रतालु आमाहरु आफ्ना सन्तान सुयोग्य हुने कल्पनामा रोमाञ्चित हुने गर्छन् । केही वर्ष पहिलेसम्म यो पर्व छोराको कल्याणका लागि गर्ने गरिएकामा अहिले सबै सन्तानका लागि गरिने व्रतको भन्न थालिएको छ । अब ‘पुत्रवती आमा’ हैन ‘सन्तानवती आमा’ ले गर्ने व्रत भन्न थालिएको पर्वको तयारीमा रहेका नयाँ पुस्ताका मिथिलानी आमा बताउँछन् । पुत्रका लागि भनिनु पुत्रीप्रतिको विभेद भएको हुँदा यो छोरीप्रतिको उपेक्षा सच्याइँदै अब सन्तानका लागि भन्न लागिएको उनीहरूको भनाइ छ ।

“यो सन्तानको कल्याणको कामनाका लागि गरिने व्रत हो, मेरा छोरा छैनन् , दुई छोरी छन्, म यिनकै लागि व्रतको तयारी गर्दैछु” भङ्गाहा–४ की रश्मी चौधरी थारुले भने ।

मिथिलामा रैथाने सबै जातजातिले यो पर्व मनाए पनि थारु बस्तीमा भने यो पर्वको विशेष चर्चा र तयारी देखिन्छ । थारु बस्तीमा जितीयाका लागि घर रङ्गरोगन र लितपपोत पितृपक्ष सुरु हुनासाथै गरिन्छ । घरैघर देखिने उक्त बस्तीमा घर सफा गरेर अन्य तयारीका लागि भएको व्यस्तताले यो पर्वका लागि केही दिन पहिलेदेखि रौनक छाउने गरेको हो ।

केही वर्ष पहिलेसम्म छोराका लागि कठोर व्रत बस्दै आएका पुरानो पुस्ताका आमा पनि अब नयाँ पुस्ताका छोरी÷बुहारीसँग सहमत हुँदै सन्तानका लागि भन्न थालेका छन् । “हँ , पहिने बेटाक लेल कहायत छल इ पावैन, मुदा आब हमसभ बेटाबेटी सबके लेल करैछी” बर्दिबास–९ पशुपतिनगरकी रासवती महतोले बताए ।

मेरा छोराछोरीले कसैको बिगार गर्दैनन्, भगवान्को आशिर्वादले उनीहरूले परोपकारी काममा मन लगाउनेछन्् भन्ने भाव व्रतालु महिलामा भेटिन्छ । पछिल्ला केही दशकयता लैङ्गिक विभेदविरुद्ध घनिभूत आवाज उठ्दै आएपछि परम्परागत चाडपर्वमा लादिएका विभेदपूर्ण मान्यता सच्चिदै गएका भङ्गाहा–९ की सामाजिक कार्यकर्ता किरण यादवले बताए ।

पितृपक्षको अष्टमी तिथिको भोग रहने पूर्वरातमा ‘ओगटन’ (दर) खाएर अष्टमी तिथिमा व्रत गरिन्छ । अष्टमी सकिएर नवमी लागेपछि एक घडी कटाएर व्रत समापन गरिन्छ । छोड्दो अष्टमीका दिन अहोरात्र व्रत बसिने यो पर्वको ‘ओगटन’ अष्टमी तिथि सुरु हुन एक घडी पूर्व नै खाइसक्नु पर्छ तर एक अहोरात्र पूरा व्रत बस्नुपर्ने हुँदा यसपालि बिहीबार मध्यरातपछि (राती १२ बजेसँगै) व्रत सुरु गर्नुपर्ने सम्बद्ध पुरोहितको भनाइ छ । यो व्रत कहिलेकाँही ४० घण्टाभन्दा बढी भएको पाका मिथिलानी बताउँछन् । ‘ओगटन’ मा दहीचिउरा खाने चलनले अहिले मिथिला बस्तीमा जितीयाकै लागि शुद्ध दूधको जोहो गर्न थालेका छन् ।

यो व्रत विधि कठिन भएकाले यसको चर्चा र तयारी केही दिन पहिले नै हुँदै आएको हो । यस पर्वमा निराहार व्रत सुरु गरिएपछि समापन नगरियुञ्जेल थुक निल्न, अञ्जानमै पनि किरा, फट्याङ्ग्रा मार्न र झारपात चुँँड्न नहुने धार्मिक मान्यता छ । आउँदो शुक्रबार बिहान साढे नौ बजेअघि नै अष्टमी तिथि सुरु हुने हुँदा त्यसको ‘ओगटन’ (दर) मध्यरातअघि खाइसक्नु पर्ने हुन्छ । निराहार व्रत बस्ने महिलाले शनिबार बिहान साढे १० बजेअघि नवमी लागेपछि त्यसको एक घडि कटाएर व्रत समापन गर्नेछन् । यस हिसाबले यसपालि झण्डै ३५ घण्टाको व्रत बस्नुपर्ने देखिन्छ ।

“सन्तानको दीर्घजीवन, सौर्यबृद्धि र कल्याणको कामना गर्दै आमाले बस्ने जितिया व्रतको प्रभावले नै सामाजिक इज्जत, प्रतिष्ठा र जाँगर बढ्ने जनविश्वास छ” धार्मिक कर्मकाण्डका ज्ञाता झाले भने, “कुनै मानिस लुरे, डरछेरुवा वा हुतिहारा देखिए यसका लागि आमाले जितिया व्रत गर्छिन् भन्ने टिप्पणी जोसुकैले गर्ने गर्छन् ।” मिथिलामा व्रतबारे गरिने यस्ता टिप्पणीले नै यसको महत्ता बुझ्न सकिने उनको भनाइ छ ।

पुत्रको कल्याण र सौर्य बृद्धिको कामना पूरा गराउन मिथिलानीे यस पर्वमा दिवङ्गत पितृ रिझाउन तर्पण पनि गर्छन् । यस व्रतमा पुरुषहरुले पितृपक्षमा दिवङ्गत आफन्तलाई तर्पण दिएजस्तै आफूहरुले पनि दिवङ्गत आफन्त महिलालाई तर्पण दिने परम्परा रहेको भङ्गाहा नगरपालिका—६की रामवती चौधरीले बताए ।

यस पर्वमा सप्तमीका दिन बिहानै पवित्र जलाशयमा नुहाएर सूर्य देवतालाई तोरीको तेल र पिनाको अघ्र्य दिएर व्रतको सङ्कल्प गरिन्छ । व्रर्तालुुले दिवङ्गत सासु, जेठानी, बुढीसासु, नन्द—आमाजु र तीन पुस्ता भित्रको नाता पर्ने महिलालाई तर्पण दिने चलनले यस पर्वलाई ‘षोडष मातृका श्राद्घ’ पनि भन्ने गरिएको छ । ती सबै दिवङ्गत आफन्तलाई तर्पण दिदै ‘तिमी आफ्ना पौत्र (नाति), प्रपौत्र (पनाति) र उनका सन्तानको कल्याण गर, उनीहरुलाई दीर्घजीवनको आशिर्वाद मिलोस् भन्ने कामना गरिन्छ ।

व्रत अवधिमा बर्तालुले राजा जितवाहनको कथा सुनेर आफ्ना पुत्र उनीजस्तै परोपकारी र साहसी होउन् भन्ने कामना गर्छन् । अघि द्वापरयुगमा एक विधवा ब्राह्मणीको पुकारमा उनका पाँच मृत छोरालाई राजा जितवाहन (देवरुप) ले आफ्नो आर्जित तपशक्तिबाट बचाइदिएको पौराणिक कथाको आधारमा यो कठोर व्रत बस्ने परम्परा बसेको पाका मैथिल बताउँछन् ।

राजा जितवाहन र जितीया पर्वको चर्चा भविष्यपुराणमा उल्लेख भएकाले यसको थालनी द्वापरयुगमै सुरु भएको हुनसक्ने मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण संस्कृत क्याम्पसका उपप्राध्यापक मनोज झाको भनाइ छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
एसईई नतिजा हेर्ने तरिका सार्वजनिक : एसएमएस, आईभीआर र वेबसाइटमार्फत नतिजा प्राप्त गर्न सकिने
बर्लीको आक्रामक विस्तार : २२ मोडेलसहित नेपालकै ठुलो रेञ्ज, नयाँ डेजर्ट र पर्सनल कुलर सार्वजनिक
२०८३ वैशाख २८ गते सोमबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

ताजा

एसईई नतिजा हेर्ने तरिका सार्वजनिक : एसएमएस, आईभीआर र वेबसाइटमार्फत नतिजा प्राप्त गर्न सकिने

बर्लीको आक्रामक विस्तार : २२ मोडेलसहित नेपालकै ठुलो रेञ्ज, नयाँ डेजर्ट र पर्सनल कुलर सार्वजनिक

२०८३ वैशाख २८ गते सोमबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

देशभर ‘सरसफाइ सप्ताह २०८३’ सञ्चालन गरिने

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.