नवरात्रिमा यी खानेकुरा लगाउनुहोस् भोग ! माँ जगत जननी हुनुहुनेछ खुसी
एजेन्सी । सनातन धर्ममा नवरात्रिको ९ दिनलाई विशेष मानिन्छ । वास्तवमा धार्मिक मान्यता अनुसार माता रानी नवरात्रिमा ९ दिनसम्म मानिसको घरमा आउँछिन् । नवरात्रको पहिलो दिन कलश स्थापनासँगै विश्व माता जगतम्बाका ९ रुपको पूजा आरधना गरिन्छ ।
संसारकी माता जगदम्बाका नौं रूप
यदि तपाई पनि यस नवरात्रिमा माता दुर्गालाई प्रसन्न पार्न चाहनुहुन्छ भने ९ दिनसम्म माँ जगत जननी जगदम्बेका विभिन्न नौ रुपहरुलाई भोग अर्पण गर्न सक्नुहुन्छ । आज यस रिपोर्टमा हामी तपाईलाई माता दुर्गाका विभिन्न ९ रूपको पूजा गर्दा के के–के कुरा चढाउन सकिन्छ भन्ने जानकारी दिँदैछौँ, जानौँ ।
माता दुर्गा भक्तहरू माझ विराजमान
माता जगत जननी जगदम्बा नवरात्रिको ९ दिनसम्म भक्तजनको बीचमा रहन्छिन् । पूजा र आरतीसँगै भोग चढाउने चलन छ । रानी मातालाई ९ दिनसम्म भोजन चढाउँदा सबै मनोकामना पूरा हुन्छ ।
पहिलो दिन
नवरात्रको पहिलो दिन शैलपुत्री देवीको पूजा आराधना गरिन्छ । यस दिन माता शैलपुत्रीलाई कालाकाण्ड चढाउन सकिन्छ । यससँगै गाईको दूधबाट बनेको मिठाई माता रानीलाई अति प्रिय मानिन्छ ।
दोस्रो दिन
शारदीय नवरात्रीको दोस्रो दिन माता ब्रह्मचारिणीको हो । यस दिन चिनीबाट बनेको पञ्चामृत अर्पण गरी प्रसादको रूपमा वितरण गर्नुपर्छ ।
तेस्रो दिन
शारदीय नवरात्रीको तेस्रो दिन चन्द्रघण्टा मातालाई समर्पित गरिन्छ । यस दिन दूधबाट बनेको बर्फी चढाइन्छ ।
चौथो दिन
शारदीय नवरात्रिको चौथो दिन माता कुष्माण्डालाई मालपुवा चढाउनुपर्छ ।
पाँचौं दिन
नवरात्रिको पाँचौं दिन स्कन्द मातालाई केरा चढाउनुपर्छ ।
छैटौं दिन
शारदीय नवरात्रीको छैटौं दिन माता कात्यायनीलाई समर्पित गरिन्छ । यस दिन सुपारी चढाउनु धेरै शुभ मानिन्छ ।
सातौं दिन
नवरात्रको सातौं दिन माता कालीको पूजा गर्ने चलन छ । यस दिन गुड़बाट बनेको मिठाई चढाउनुपर्छ ।
आठौं दिन
नवरात्रिको अष्टमी तिथीमा महागौरी माताको पूजा गरिन्छ । यस दिन नरिवल बर्फी चढाउनुपर्छ । नवरात्रीको अन्तिम दिन अर्थात् नवौं दिनमा सिद्धिदात्री देवीको पूजा–आराधना गर्ने चलन छ । यस दिन सुजीको हलवा, पुरी र कालो चना चढाउनुपर्छ ।
सम्बन्धित समाचार
२०८३ असोज १४ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
ट्रेन्डिङ
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य

