• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१२ असार २०८३, शुक्रबार
१२ असार २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

५० वर्षको यात्रा सम्झँदै विभिन्न कार्यक्रमसहित नाडाको स्वर्ण उत्सवको शुभारम्भ
  • १० घण्टा 

महाराजगञ्जमा दिपलको नयाँ शोरुम उद्घाटन, काठमाडौंमा बजार उपस्थिति थप मजबुत
  • ११ घण्टा 

एल निनोको प्रभाव र बढ्दो तापक्रमको सामना गर्न सिजी ब्रान्डका उच्च कार्यक्षमताका एयर कुलरहरू बजारमा उपलब्ध
  • १३ घण्टा 

नेपाल पर्यटन बोर्ड र टिकटकबीच पर्यटन समुदायका लागि कन्टेन्ट क्रिएशन कार्यशालामा सहकार्य
  • १६ घण्टा 

छोराको कुटपिटबाट आफ्नै आमाको निधन
  • १७ घण्टा 

कुमारी बैंकका ग्राहकलाई नेसनल प्याथ ल्याबमा विशेष छुट
  • १७ घण्टा 

२०८३ असार १३ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • २० घण्टा 

ट्राफिक नियम तोड्नेलाई अब महँगो पर्ने, जरिवाना ५० गुणासम्म बढाउने प्रस्ताव
  • १ दिन 

जी.ओ. अटोमोबाइल्स र जेएसडब्लूएमजी मोटर इन्डियाद्वारा नेपालमा एमजी कम्युट ईभी सार्वजनिक, मूल्य ३४ लाख ९९ हजार रुपैयाँ
  • १ दिन 

लोकप्रिय समाचार

  • १. जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म फाइनान्स : एम.ए.डब्लु. अर्थमुभर्स र ग्लोबल आइएमई बैंकबीच समझदारी

  • २. सिजी ब्रान्डको ‘क्यान यु सल्भ द पजल’ : सीजी ब्रिजर २२ एयर कुलर विजेता बने नुवाकोटका श्याम रिजाल

  • ३. भारतमा फेला पर्याे ५० टनको सुनखानी, चार ठाउँमा छन् यस्ता सुनखानी

  • ४. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ५. २०८३ असार १३ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ६. शाहरूखलाई पछि पार्दै रणवीर सिंहले लिए सबैभन्दा बढी पारिश्रमिक

  • ७. तराई क्षेत्रमा तापक्रम निरन्तर बढ्दो, सतर्कता अपनाउन आग्रह

  • ८. २०८३ असार ०७ गते आईतवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ९. एकैदिन ट्राफिक कारबाहीबाट २२ लाख ९६ हजार राजस्व सङ्कलन, २ हजार ६ सय ४१ चालक कारबाहीमा

  • १०. दृष्टिविहीन छात्रावासका लागि कामना सेवा विकास बैंकको सहयोग, कुलर र ब्रेल पेपर प्रदान

‘वर्षमा तीन ठाउँ सर्ने भगवती माई आज माइत झरिन्’

जानकारी केन्द्र २०८०, मंसिर, २८

मलेखु (धादिङ) । सयौंँ मानिसको भीड । अघिअघि पञ्चेबाजासँगै युवाहरुले नाङ्गो खुडा, खुकुरी बोकेका छन् । दियो, कलश, शङ्ख, घण्ट पनि सँगसँगै छ । प्रहरी र भक्तजनले बनाएको हाते साङ्लोको घेराभित्र लामो कपाल मात्र देखिने प्रतिमूर्ति । सयौँ मानिस बाटोको दायाँबायाँ बसेर पूजापाठ र अबिर जात्रा गर्दै थिए ।

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–४ सल्यानकोटबाट भगवती माइको प्रतिमूर्तिलाई त्रिपुरासुन्दरी गाउँपालिका–६ हाँसेबजारस्थित माइथानबेँसी सारिएको छ । सयौंँ मानिसको लावालस्करसहित रातो घुम्टोले सिँगारिएर त्रिपुरासुन्दरी भगवती माई आज बिहान माइत झरेकी छिन् ।

भगवतीको प्रतिमूर्तिलाई एक वर्षभित्र घर, माइत र मावली गरी तीन ठाउँमा पूजापाठ गर्ने अनौठो र रोचक परम्परा छ । यही परम्पराअनुसार आज बिहान भगवतीको घरको रुपले परिचित सल्यानकोट डाँडाको मन्दिरबाट माइतीको रुपमा चिनिने माइथानबेँसीको मन्दिरमा सारिएको स्थानीय शिवप्रसाद सापकोटाले जानकारी दिए । रोचक कुरा बाकसभित्र राखिएको भगवतीको प्रतिमूर्तिलाई भक्तजनले छुन भने नपाउने उनको भनाइ थियो ।

सापकोटाले भने, “पहिलेदेखिको चलन यही हो । भगवानलाई छुन र हेर्न पाइदैन । बाहिरबाटै दर्शन गर्ने फुलअक्षेता चडाउने हो ।” देवीको दर्शन गर्न सयौँको सङ्ख्यामा भक्तजनले मध्यरातिदेखि नै बाटो कुरेर बस्ने गर्दछन् । मूर्ति देख्न र छुन नपाए पनि गल्लीगल्लीमा जम्मा भएका भक्तजनले टाढैबाट दर्शन गर्ने गरिएको उनले बताए । वडादसैँको चतुर्थीका दिन पूर्वतर्फ दसैँ घरबाट मूल मन्दिर सल्यानकोट सारिएको मूर्तिलाई आइतबार बिहानै न्वाघी घर आगिन्चोक हाँसे बजार मन्दिरमा सारिएको हो ।

रानामगर, तिमिल्सिना र सापकोटा थरका पूजारीले त्रिपुरासुन्दरी भगवतीमाइको मूर्ति र सरसामानलाई आफ्नो पिठ्युँमा बोकेर यात्रा गराउन परम्परा रहेको सापकोटाले जानकारी दिए। वर्षमा तीन पटक मूर्तिलाई यसरी नै बोकेर मन्दिर सार्ने गरिन्छ । रानामगर थरका स्थानीय पूजारी, सापकोटा र तिमल्सिना बाहेक अरु कसैले हेर्न र छुन नपाउने उनको भनाइ थियो ।

यी तीन थरिबाहेक मन्दिर पुग्ने जोसुकैले पनि मन्दिरको मूल ढोकाबाटै भगवतीलाई पूजाआजा गर्नुपर्ने नियम रहेको स्थानीय अगुवा कृष्णकुमार श्रेष्ठले बताए । उनका अनुसार यहाँ आइपुग्ने भक्तजनले आफ्नो मनोकाङ्क्षा पूरा गर्न परबाट नै देवीलाई फूलअछेताले पूजा गर्ने गर्दछन् ।

विवाहित नारीले धेरैजसो समय आफ्नो कर्मघरमा बिताउनुपर्ने, दसैँतिहारलगायत चाडबाडमा मामाघर जानुपर्ने र हिउँदमा फुर्सद मिल्ने भएकाले केही समय माइतीमा बस्न पाउने चलनसँग भगवतीको विभिन्न मन्दिरको बसाइँलाई तुलना गरिएको श्रेष्ठले जानकारी दिए । सोही परम्पराअनुसार सल्यानकोटमा रहेको दुई मन्दिरमध्ये घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म भगवतीलाई पूर्वपट्टिको मन्दिरमा राखेर पूजाआजा गरिन्छ । जुन मामाघरको रुपमा प्रसिद्ध छ।

स्थानीय पूजारी अर्जुन सापकोटाका अनुसार मङ्सिरदेखि चैतसम्म भगवतीलाई आगिन्चोक गाविसस्थित बेँसीको मन्दिरमा राखिन्छ । जुन भगवतीको माइतीको रुपमा चिनिन्छ । “सल्यानकोटकै पश्चिम थुम्कामा रहेको अर्को मन्दिरमा राखेर वर्षमा आठ महिनाभन्दा बढी समय भगवतीलाई त्यही पूजाआजा गरिने चलन छ । यसलाई भगवतीको कर्मघरका रुपमा लिइन्छ”, उनले भने ।

“पुजारीले मात्र छुन मिल्ने उक्त मूर्ति कस्तो आकारको छ वा बाकसभित्र के छ भनेर आम सर्वसाधारणले अहिलेसम्म देख्न पाएका छैनन् । प्रत्येक वर्ष मेला हेर्न आउँछौँ । तर छुन÷हेर्न पाइने भन्ने हुँदैन । परम्परादेखि नै चलिआएको चलन हो । हामी यो परम्परा बदल्न सक्दैनौँ”, मेला हेर्न आएकी देवकी अधिकारीले भनिन् ।

नेपाल एकीकणका बेला पृथ्वीनारायण शाहले छिमेकी जिल्ला गोरखाबाट नुवाकोट आक्रमण गर्न जाँदा यही मन्दिर छेउमा बास बसेको र राति सपनामा एक बालिकाले आर्शिवाद दिएको प्रसङ्ग दिव्योपदेशमा उल्लेख छ । जिल्ला सदरमुकाम धादिङबेँसीबाट चालिस किलोमिटर उत्तरतर्फ पर्ने यो मन्दिरमा जात्रा हेर्नका लागि छिमेकी जिल्ला गोरखा, नुवाकोट, चितवन, काठमाडौँ लगायतका ठाउँबाट भक्तजन आउने गर्दछन् ।

मङ्सिर महिनामा त्रिपुरासुन्दरी गाउँपालिका–४ सल्यानकोट डाँडाको मन्दिरबाट भगवतीको मूर्तिलाई बाकसभित्र राखी पिठ्युँमा बोकेर करिब तीन घण्टाको पैदल दुरीमा पुगिने त्रिपुरासुन्दरी गाउँपालिका–६ माईथानबेँसीको मन्दिरमा ल्याइन्छ । यसरी देवीलाई माइत झारेसँगै यो वर्षको जात्रा सकिने गर्दछ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
२०८३ असार १३ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असार ११ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

ताजा

५० वर्षको यात्रा सम्झँदै विभिन्न कार्यक्रमसहित नाडाको स्वर्ण उत्सवको शुभारम्भ

महाराजगञ्जमा दिपलको नयाँ शोरुम उद्घाटन, काठमाडौंमा बजार उपस्थिति थप मजबुत

एल निनोको प्रभाव र बढ्दो तापक्रमको सामना गर्न सिजी ब्रान्डका उच्च कार्यक्षमताका एयर कुलरहरू बजारमा उपलब्ध

नेपाल पर्यटन बोर्ड र टिकटकबीच पर्यटन समुदायका लागि कन्टेन्ट क्रिएशन कार्यशालामा सहकार्य

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.