मन परेको मान्छेलाई फकाउन चाहनुहुन्छ ? यस्ता छन् उपाय
काठमाडौं । तपाई आफुलाई मन परेको मान्छेको प्यारो बनाउन चाहानुहुन्छ ? चर्चित लेखिका Leil Lowndes ले यस बारे एक किताब लेखेकि छन्, ”How to Make Anyone Fall in Love with You” जसमा तपाईले आफुले चाहेको व्यक्तिलाई कसरी आफु प्रती आकर्षित गर्ने भन्ने बारेमा केही टिप्सहरु दिईएका छन् । ति मध्ये केही टिप्सहरु यस प्रकार छन्;
१. उसलाई आफु तर्फ आकर्षित गर्ने पहिले तरिका हो, उसको आँखामा लगातार केही समयसम्म हेरीरहनु । यो केटा र केटी दुवैको लागी लाभदायक हुन्छ किनकी दुवै चाहान्छन् कि कोही आफुलाई राम्रो ठानेर हेरीरहोस र आफु प्रती उसको ध्यान आओस ।
२. एक साधारण मुस्कानले तपाईले भन्न नसकेको धेरै कुरा भनिदिन्छ त्यसैले उसको अगाडी पर्डा सधै सुन्दर मुस्कान दिन नबिर्सनुहोला ।
३. आफ्नो कपडा लगाउने स्टाईल र अन्य तरिका तर्फ ध्यान दिनुहोस जुन तरिका उसलाई मन परोस । यो गर्दा पुरुषहरु र महिला दुवैले आफुले लगाएको कपडा बढी भल्गर छैन् भन्ने कुरामा विश्वस्त हुनु जरुरी छ ।
४. डेटमा जानु भन्दा पहिला राम्ररी बुझ्नुहोस कि उसलाई के मन पर्दछ र के मन पर्दैन ।
५. तपाईले उसलाई यस्तो पार्नुहोस कि तपाईले उसको भावनालाई राम्ररी बुझेको मात्र हैन भित्रै देखी अनुभव गरीरहनु भएको छ र उसले त्यस प्रती जस्तो प्रतिक्रिया दिन्छ त्यस्तै प्रतिक्रिया दिने प्रयास गर्नुहोस ।
६. केटाहरुको लागी कुनै कुरामा छलफल भईरहेको बेला उसको भनाईलाई सकेसम्म अगाडी ल्याउने प्रयास गर्नुस र अरुको भन्दा बढी प्राथमिकता दिने प्रयास गर्नुहोस किनकी केटीहरु चाहान्छन् कि उसको कुरा कसैले सुनोस र राम्रो मानोस ।
७. केटीहरुको लागी केटाहरुको समुहमा हुँदा गरेको कुनै रमाईलो कामको लागी सबैभन्दा पहिले धन्यवाद दिने र हाँस्ने काम गर्नुस ता कि उसलाई अनुभव होस तपाईलाई उसले गरेको काम प्रती गर्व छ र तपाई त्यस कार्य देखी खुसी हुनुहुन्छ ।
८. उसको लागी तपाईले सकेसम्म राम्रो गर्ने प्रयास त गर्नुस नै साथै आफ्नो लागी केही गर्न चाहेको खण्डमा नरोक्नुस ।
९. सकेसम्म उसको नजिक रहने प्रयास गर्नुस र केही समयको लागी उ बाट टाढा जानुस । यसो गर्दा उसलाई लागोस कि तपाईसँग बिताएको क्षण निकै नै स्पेशल थियो । याद राख्नुस, यो गर्दा धेरै टाढा हैन त्यसो ठाउँमा जानुस जहाँबाट तपाईको अनुपस्थितीबाट उसको मुहारमा कतिको बेचैनी छाउँछ मज्जाले हेर्न सकियोस ।
सम्बन्धित समाचार
सेतो चिनीले साँच्चै बढाउँछ त डाइबिटिज ? जान्नुहोस वास्तविकता
बडीमालिका क्षेत्रमा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा, टेलिफोन र इन्टरनेट सञ्चालन
नागढुंगा सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुल्ला
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
साँझमा बत्तीमा कीरा झुम्मिने समस्या छ ? यस्तो उपाय अपनाउनुहोस्
ट्रेन्डिङ
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा


