जाडोमा हृदयघातको जोखिम बढी, यसरी बच्नुहोस्
काठमाडौं । चिकित्सकका अनुसार चिसो मौसममा मुटुका धमनीहरूमा विभिन्न कारणले अवरोध हुँदा हृदयघात हुन्छ । मुटुका मुख्य तीन वटा धमनी हुन्छन् । ‘थिन फाइबर क्याप’ (पातलो पत्र) फुटेर रगतमा डल्ला डल्ला जम्मा हुन्छन् । तिनले धमनीमा रक्तप्रवाहमा अवरोध गर्छन् । धमनीमा रक्तप्रवाहमा अवरोध हुँदा हृदयघात हुन्छ ।
कतिपय अवस्थामा हृदयाघात भए पनि व्यक्तिलाई थाहा नहुन पनि सक्छ । चिकित्सकका अनुसार ठूलो धमनीमा अवरोध भएमा छातीको बीच वा देब्रेतिर बेस्सरी थिचे जसरी दुख्छ, चिटचिट पसिना आउँछ, वाकवाकी लाग्छ र बेहोससम्म भइन्छ ।
उच्च रक्तचाप, मधुमेह र कोलेस्ट्रोललाई समयमा नै नियन्त्रणमा राख्नसके हृदयघातको जोखिम स्वतः कम हुन्छ । शरीरको आफ्नै संयन्त्रका कारणले पनि हृदयाघात हुन्छ । जाडोमा शारीरिक गतिविधि कम हुन्छ नै । चिसो भगाउने बहानामा मदिरा, चिल्लो बोसोजन्य खाने कुरा बढी खाँदा पनि हृदयाघात हुने खतरा रहन्छ।
मदिराले बाहिरी नशा ताते जस्तो भएपनि भित्री रूपमा न्यानो नस्ट गरिदिन्छ । यस्तो अवस्थामा पनि मुटुलाई बढी भार पर्छ र हृदयाघात हुन्छ । मधुमेह, उच्च रक्तचाप, दमका बिरामी बढी जोखिममा मधुमेह, उच्च रक्तचाप, कोलेस्ट्रोल, दम भएका मानिसलाई हृदयाघातको जोखिम बढी हुन्छ ।
चिकित्सकका अनुसार मोटोपन कम गर्ने, व्यायाम नियमित गर्ने, मानसिक तनाव नलिने, खानपान लगायत जीवनशैलीमा सुधार गर्ने, नियमित स्वास्थ्य जाँच र औषधि सेवन गरे हृदयघातको जोखिमबाट बच्न सकिन्छ।
यी लक्षण देखिए हृदयघातको जोखिम
व्यायाम गर्दा, उकालो चढ्दा, भर्याङ चढ्दा, कडा व्यायाम गर्दा छातीको देब्रेतिर भारी हुने, गह्रौं चिजले थिचे जस्तो हुने, स्वाँस्वाँ बढ्ने र आराम गरेपछि सामान्य हुने जस्ता लक्षण देखिएमा हृदयघातको जोखिम भएको अनुमान गर्न सकिन्छ ।
यस्ता कुनै पनि लक्षण देखिएमा समयमै मुटुको जाँच गरिहाल्नु पर्ने चिकित्सक सुझाउँछन् । ४० वर्ष उमेर कटिसकेका व्यक्तिले यी कुनै लक्षण नेदखिएपनि वर्षको एक पटक मुटुसहित पूर्ण स्वास्थ्य जाँच गराउनुपर्छ।
सम्बन्धित समाचार
बडीमालिका क्षेत्रमा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा, टेलिफोन र इन्टरनेट सञ्चालन
नागढुंगा सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुल्ला
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण
साँझमा बत्तीमा कीरा झुम्मिने समस्या छ ? यस्तो उपाय अपनाउनुहोस्
यी पाँच गल्तीका कारण फाटछ दूध, अब यसरी जोगाउनु होस्
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
२०८३ भदौ ७ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

