घरमा कागको आगमन शुभ कि अशुभ ? देखेपछि गर्नुहोस् यी काम
एजेन्सी । अक्सर तपाईंले आफ्नो घरमा वा झ्याल र ढोकामा कागहरू आएर बसेको देख्नुभएको होला। यो सामान्य कुरा हो । तर, ज्योतिष शास्त्रमा घरमा आउने कागको विशेष महत्व रहेको छ ।
यदि तपाईको घरमा पनि काग आउँछन् भने यो खबर तपाईको लागि हो । घरमा कागको आगमनले धेरै संकेत दिन्छ । ज्योतिषका अनुसार शुभ वा अशुभ कहिले हुन्छ भन्ने कुरा काग कहिले र कसरी आउँछ भन्ने कुरामा भरपर्छ ।
कागको आगमनको संकेत जान्नुहोस्
ज्योतिषका अनुसार यदि बिहान सबेरै काग आएर तपाईको घरको छतमा बस्यो भने यसको अर्थ तपाईको घरमा पाहुना आउनै लागेको छ, उसको लागि विशेष तयारी गर्नुपर्छ ।
साथ साथै, यदि घरबाट निस्कने क्रममा कागले तपाईलाई सामना गर्छ र केहि भन्छ भने त्यसैले यो बुझ्नुहोस् कि तपाई जुन काममा जाँदै हुनुहुन्छ, त्यसमा अवश्य सफलता मिल्नेछ । यो शुभ संकेत हो । घरमा कागको बथान आए भने सचेत हुनुपर्नेछ ।
यसको मतलब तपाईको घर वा तपाईको जीवनमा केहि अप्रिय घटना हुन सक्छ । यस बाहेक यदि तपाईको घरमा कागले दक्षिण तर्फ मुख गरेर बोल्छ भने यसको अर्थ तपाईको पुर्खाहरु तपाईसँग रिसाएको छ, तपाईमा ‘प्रित दोष’ छ, ‘प्रित दोष’ हटाउने उपाय अपनाउनु पर्छ ।
छतमा काग आउँदा गर्नुस् यी काम
ज्योतिषका अनुसार कहिले काहीँ तपाईको घरमा आउने काग तपाईको पुर्खा पनि हुन सक्नेछन् । त्यसैले तपाइको छतमा काग आयो भने उसको लागि एक कचौरा दाना वा पानी राख्नुहोस वा केही खानेकुरा जस्तै रोटी आदि थोरै मात्रामा राख्नुहोस् । यसले तपाईको पुर्खालाई खुसी बनाउँछ ।
सम्बन्धित समाचार
२०८३ असोज १४ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
ट्रेन्डिङ
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य

