• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१२ असार २०८३, शुक्रबार
१२ असार २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

५० वर्षको यात्रा सम्झँदै विभिन्न कार्यक्रमसहित नाडाको स्वर्ण उत्सवको शुभारम्भ
  • ९ घण्टा 

महाराजगञ्जमा दिपलको नयाँ शोरुम उद्घाटन, काठमाडौंमा बजार उपस्थिति थप मजबुत
  • ९ घण्टा 

एल निनोको प्रभाव र बढ्दो तापक्रमको सामना गर्न सिजी ब्रान्डका उच्च कार्यक्षमताका एयर कुलरहरू बजारमा उपलब्ध
  • ११ घण्टा 

नेपाल पर्यटन बोर्ड र टिकटकबीच पर्यटन समुदायका लागि कन्टेन्ट क्रिएशन कार्यशालामा सहकार्य
  • १५ घण्टा 

छोराको कुटपिटबाट आफ्नै आमाको निधन
  • १५ घण्टा 

कुमारी बैंकका ग्राहकलाई नेसनल प्याथ ल्याबमा विशेष छुट
  • १५ घण्टा 

२०८३ असार १३ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १८ घण्टा 

ट्राफिक नियम तोड्नेलाई अब महँगो पर्ने, जरिवाना ५० गुणासम्म बढाउने प्रस्ताव
  • १ दिन 

जी.ओ. अटोमोबाइल्स र जेएसडब्लूएमजी मोटर इन्डियाद्वारा नेपालमा एमजी कम्युट ईभी सार्वजनिक, मूल्य ३४ लाख ९९ हजार रुपैयाँ
  • १ दिन 

लोकप्रिय समाचार

  • १. जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म फाइनान्स : एम.ए.डब्लु. अर्थमुभर्स र ग्लोबल आइएमई बैंकबीच समझदारी

  • २. सिजी ब्रान्डको ‘क्यान यु सल्भ द पजल’ : सीजी ब्रिजर २२ एयर कुलर विजेता बने नुवाकोटका श्याम रिजाल

  • ३. भारतमा फेला पर्याे ५० टनको सुनखानी, चार ठाउँमा छन् यस्ता सुनखानी

  • ४. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ५. २०८३ असार १३ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ६. शाहरूखलाई पछि पार्दै रणवीर सिंहले लिए सबैभन्दा बढी पारिश्रमिक

  • ७. तराई क्षेत्रमा तापक्रम निरन्तर बढ्दो, सतर्कता अपनाउन आग्रह

  • ८. २०८३ असार ०७ गते आईतवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ९. एकैदिन ट्राफिक कारबाहीबाट २२ लाख ९६ हजार राजस्व सङ्कलन, २ हजार ६ सय ४१ चालक कारबाहीमा

  • १०. दृष्टिविहीन छात्रावासका लागि कामना सेवा विकास बैंकको सहयोग, कुलर र ब्रेल पेपर प्रदान

कुन बार जन्मिएका मानिसको स्वभाव कस्तो हुन्छ ?

जानकारी केन्द्र २०८०, पुष, ११

एजेन्सी । यद्यपी वैज्ञानिक युगमा मानिसहरू ज्योतिषशास्त्रका कुराहरू मान्न खासै तयार हुँदैनन् । तर मानिसभन्दा माथि केही शक्ति छ भन्ने विश्वास भने वैज्ञानिकहरू पनि गर्छन् । ज्योतिषशास्त्रका धेरै कुराहरू विज्ञानसँग मेल पनि खान्छन् ।

यस्तै जन्मबार अनुसार मानिसको स्वभाव निर्धारण हुने ज्योतिषहरू बताउने गर्छन् । को कुन बार र कति बेला जन्मेका हुन्, उक्त साइतले स्वभाव र चरित्र निर्धारण गर्ने गर्दछ ।

आइतबार : आइतबार जन्मिएका व्यक्ति सकारात्मक सोचका हुन्छन् र निकै विश्वसनीय पनि । अन्तर्मुखी हुने भएका कारण थोरै साथीहरु हुन्छन् । निकै संवेदनशील हुने भएका कारण कसैले भनेको कुरालाई धेरै दिनसम्म मनमा लिइ रहन्छन् । चिन्तन शक्ति धेरै हुन्छ यो बार जन्मिने मानिसमा, त्यसैले लेखन अथवा वकालतको क्षेत्रमा राम्रो हुनेछ । अरुलाई सहयोग गर्न सधैँ तत्पर हुन्छन् । चाँडै रिसाउने बानी पनि हुन्छ ।

सोमबार : सोमबार जन्मेका व्यक्तिहरुको स्मरण शक्ति निकै तेज हुन्छ । निकै मुडी र संवेदनशीले हुन्छन् । यस बार जन्मिएका पुरुषहरु निकै माया गर्ने स्वभावका हुन्छन् तर अलि लोभी हुने भएका कारण उनीहरुले प्रायजसो आफ्नी श्रीमतीको गाली सुन्नुपर्ने हुन्छ । आफ्नो सौन्दर्यमा निकै ध्यान दिन्छन् र सुन्दरताले धेरैजसोलाई आकर्षित पनि गरेको हुन्छ ।

मंगलबार : मंगलबार जन्मिएका व्यक्तिहरु निकै बहादुर, स्मार्ट र एक्टिभ हुने गर्दछन् । यी व्यक्तिहरु अरु मानिसहरुलाई सहयोग गर्न सधैँ तत्पर रहन्छन्, उनीहरुको स्वभाव परोपकारी किसिमको हुने गर्दछ । यी व्यक्तिहरु आफ्नो हरेक काम निकै गम्भीरताका साथ गर्ने गर्दछन् । मंगलबार जन्मने व्यक्तिहरु गलत कुराहरु सहन नसक्ने भएका कारण उनीहरुलाई रिस पनि धेरै नै उठ्ने गर्दछ ।

उनीहरुलाई विलासिताको जीवन बाँच्न मनपर्ने हुँदा यी व्यक्तिहरुसँग निकै धेरै लुगा, गाडी, घरलगायत विलासिताका सबै सामग्रीहरु हुने गर्दछ । यस्ता व्यक्तिहरु इमान्दार हुने गर्दछन् र साँचो कुरा बोल्ने गर्दछन् जसकारण आफ्नो बलबुतामा नै सफलता हाँसिल गर्ने गर्दछन् । उनीहरुको वैवाहिक जीवन निकै सुखमय तरिकाले व्यतीत हुने गर्दछ र उनीहरुले निकै राम्रो जीवनसाथी पाउने गर्दछन् । कुनै पनि कुरामा छिट्टै मन भरिने कुरा यी व्यक्तिहरुको नकारात्मक पक्ष हो । स्ट्रेट फरवार्ड हुने भएका कारण धेरैजसो मानिसहरुले उनीहरुको बारेमा गलत धारणा बनाउने गर्दछन् तर यी व्यक्तिहरुको मन निकै कोमल हुने गर्दछ ।

बुधबार : बुधबार जन्मेका व्यक्तिहरु शान्त, विदुषी र बिजनेश माइन्डका हुने गर्दछन् । उनीहरुको जीवनमा योजनाहरुको कुनै स्थान नभए पनि निकै सुव्यवस्थित तरिकाले काम गर्न चाहन्छन् । उनीहरु सफा र स्वच्छ विचारधाराका मालिक हुन्छन । नयाँ–नयाँ कुराहरु जान्न निकै मन लाग्छ । कुरा गर्ने तरिका निकै प्रभावशाली छ । सकारात्मक सोच सँगै जीवनमा अघि बढ्ने हुनाले यीनीहरूले निकै सफलता हात पार्छन् । धेरै रिस त उठ्दैन तर एकचोटी रिसाइसकेपछि रिस शान्त हुन निकै समय लाग्ने गर्दछ । कसैलाई पनि सजिलै माफी दिँदैनन् । कुनै पनि व्यक्ति एक पटक मन नपरेमा ती व्यक्तिहरुले जे गरे पनि प्रभावित तुल्याउन सक्दैनन् ।

बिहिबार : बिहिबार जन्मेका व्यक्ति निकै मेधावी, शान्त र निकै समझदार हुने गर्दछन् । यीनीहरू मानिसहरुलाई निकै इज्जत गर्छन्, त्यसकारण मानिसहरुका लागि आदर्श पनि हुन्छन् । सफा र स्वच्छ बिचारधाराका मालिक हुन्छन् । यीनीहरूभित्र नेतृत्व गर्ने गुण हुन्छ, त्यसकारण जुन क्षेत्रमा काम गर्छन् र त्यहाँको उच्च पद अवश्य हाँसिल गर्छन् ।

यीनीहरू निकै मेहनती हुन्छन् र आफ्ना सामानहरु आफूले भने कै ठाउँमा होस् भन्ने चाहन्छन् । यीनीहरूलाई स्वतन्त्रता मन पर्ने भएका कारण बन्धनमा बस्न चाहँदैनन् । चाँडै नै मानिसहरुलाई विश्वास गर्छन्, जसको प्रतिफल भोग्नुपर्छ । धेरै साथी हुन्छन् तर साँचो मित्र निकै कम । आकर्षक र अन्टेन्सन प्रिय हुने भएका कारण धेरैजसो यिनिहरु प्रेम विवाह गर्छन् । उनीहरुको वैवाहिक जीवन सुखमय हुने गर्दछ ।

शुक्रबार : शुक्रबार जन्मेका व्यक्तिको मन, दिमाग र शरिर निकै राम्रो हुने गर्दछ । यीनीहरू धेरैजसो रचनात्मक क्षेत्रमा देखिन्छन् । संगीत, फिल्मी क्षेत्र, मिडिया, खेलजस्ता कुराहरुले आकर्षित गर्ने गर्दछ । मधुर स्वरमा बोल्छन् र मनमोहक मुस्कानका मालिक हुन्छन् । यीनी हरू निकै भावुक हुन्छन्, जसकारण कहिलेकाँही अनावश्यक रूपमा दुखी हुन्छन् ।

यो बार जन्मिएका पुरूषहरू महिलाहरुमा र महिलाहरू भने पुरुषहरुमा लोकप्रिय हुन्छन् । आफ्नो सम्बन्धमा निकै सजक हुन्छन् तर कहिलेकाँही यहि सजकता नै सम्बन्धमा भारी पर्ने गर्दछ । यीनीहरूको निकै धेरै साथी हुन्छन् तर साँचो मित्र निकै कम । रिस निकै कम आउँदछ तर जब आउँछ नजिक भएका व्यक्तिको हालत खराब हुन्छ । यीनीहरूका राम्रा गुणहरु नै तपाईंका लागि नराम्रो साबित हुन्छ । यीनीहरूसँग धनको कमी हुँदैन तर तपाईं त्यसलाई बचत गर्न सक्दैनन् ।

शनिबार : शनिबार जन्मेका व्यक्ति निकै गम्भीर र जिम्मेवार हुने गर्दछन् । निकै मेधावी, बुद्धिमान र बिजनेस माइन्डका हुन्छन् । अर्को शब्दमा भन्ने हो भने यीनीहरू हरेक कुरामा परफेक्ट हुन्छन् । यीनीहरू सफा मनको हुन्छन् तर कहिले काँही स्पष्ट वक्ताको रुपमा आलोचना पनि हुने गर्दछ । यीनीहरूका लागि कुनै पनि सम्बन्ध निकै महत्वपूर्ण हुने गर्दछ र साथीहरुको लागि जे पनि गर्न तयार हुन्छन् । पैसावाला हुन्छन् तर छिट्टै पैसा खर्च गर्दैनन् । जिद्दि हुन्छन् र आफूले भनेको जस्तै हुनुपर्छ भन्ने बिचार राख्छन् । कसैलाई पनि ठेस पुर्याउन चाहनुहुन्न । यीनीहरूको वैवाहिक जीवन सुखमय हुन्छ किनभने यीनीहरू आफ्नो पार्टनरलाई निकै केयर गर्छन् ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
२०८३ असार १३ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असार ११ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

ताजा

५० वर्षको यात्रा सम्झँदै विभिन्न कार्यक्रमसहित नाडाको स्वर्ण उत्सवको शुभारम्भ

महाराजगञ्जमा दिपलको नयाँ शोरुम उद्घाटन, काठमाडौंमा बजार उपस्थिति थप मजबुत

एल निनोको प्रभाव र बढ्दो तापक्रमको सामना गर्न सिजी ब्रान्डका उच्च कार्यक्षमताका एयर कुलरहरू बजारमा उपलब्ध

नेपाल पर्यटन बोर्ड र टिकटकबीच पर्यटन समुदायका लागि कन्टेन्ट क्रिएशन कार्यशालामा सहकार्य

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.