• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२७ बैशाख २०८३, आइतबार
२७ बैशाख २०८३, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

एसईई नतिजा हेर्ने तरिका सार्वजनिक : एसएमएस, आईभीआर र वेबसाइटमार्फत नतिजा प्राप्त गर्न सकिने
  • १७ घण्टा 

बर्लीको आक्रामक विस्तार : २२ मोडेलसहित नेपालकै ठुलो रेञ्ज, नयाँ डेजर्ट र पर्सनल कुलर सार्वजनिक
  • १८ घण्टा 

२०८३ वैशाख २८ गते सोमबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • २० घण्टा 

देशभर ‘सरसफाइ सप्ताह २०८३’ सञ्चालन गरिने
  • २१ घण्टा 

वैशाख २९ भित्रै एसइई नतिजा सार्वजनिक हुने, बोर्डको अन्तिम तयारी पुरा
  • २३ घण्टा 

नेपाल कम्युनिभर्सिटीद्वारा ‘सामाजिक नवप्रवर्तन र उद्यमशीलतामा स्नातकोत्तर’ कार्यक्रमको औपचारिक उद्घाटन
  • २४ घण्टा 

MAW Group has closed 100+ Bookings at Chitwan Auto Show 2026
  • १ दिन 

घट्यो आज सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?
  • १ दिन 

२४ घण्टामा १ हजार ८५४ चालक कारबाहीमा : ४ चार लाख ४८ हजार राजस्व संकलन
  • १ दिन 

लोकप्रिय समाचार

  • १. स्थलमार्गबाट आउने पर्यटकले अब अनलाइनबाटै सवारी दर्ता गर्न मिल्ने

  • २. नेपाल बैंकका ग्राहक र कर्मचारीलाई बि एण्ड बि हस्पिटलमा छुट

  • ३. प्याब्सनसहित शैक्षिक संस्थाको संयुक्त प्रतिबद्धता : सुकुम्बासी बस्ती हटाउने क्रममा प्रभावित बालबालिकाको शिक्षा निरन्तरता सुनिश्चित गर्ने

  • ४. ट्राफिक कारबाहीबाट एकैदिन २६ लाख ६० हजार राजस्व सङ्कलन

  • ५. नेपाल कम्युनिभर्सिटीद्वारा ‘सामाजिक नवप्रवर्तन र उद्यमशीलतामा स्नातकोत्तर’ कार्यक्रमको औपचारिक उद्घाटन

  • ६. वीरगञ्ज भन्सारमा रोकिए १४ सयभन्दा बढी मालवाहक सवारी

  • ७. बजार अनुगमनमा तीन फर्म कारबाहीमा, ७५ हजार रुपैयाँ जरिवाना

  • ८. मे महिनामा कस्तो होला त तपाईको भाग्य ? हेर्नुहोस् मासिक राशिफल

  • ९. फरवार्ड माइक्रोफाइनान्सको तेह्रौँ वार्षिक साधारण सभा सम्पन्न

  • १०. देशभर पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको प्रभाव : यी क्षेत्रमा चट्याङ्गसहित वर्षाको सम्भावना

बूढासुब्बामा धार्मिक पर्यटकको बढ्दो आकर्षण

जानकारी केन्द्र २०८०, पुष, १९

धरान (सुनसरी) । सिक्किमबाट आएका रिन्छेन गुरुङलाई सोमबार दिउँसो बूढासुब्बा मन्दिरमा दर्शनका लागि घन्टौँसम्म पालो पर्खिरहँदा पनि दिक्क लागेन । दोस्रो पटक बूढासुब्बाको दर्शन गर्न आएका गुरुङले भाकल पूरा गर्न आएका थिए । उनले भने, “बूढासुब्बाप्रति ठूलो धार्मिक आस्था र विश्वास भएकाले नै दर्शन गर्न आएको छु ।”

सन्ध्या गुरुङ पनि सिक्किमबाट धरान आएका बेला बूढासुब्बाको दर्शन गर्न मन्दिर आइपुगेकी थिए । उनी पनि बूढासुब्बाप्रति अगाध आस्था रहेको बताउँछन् । परिवारसँगै बूढासुब्बा मन्दिरको दर्शन गर्न आएकी गुरुङले भनिन्, “बूढासुब्बासँग मागेको कुरा पूरा हुन्छ भन्ने जनविश्वास छ । हामीलाई पनि विश्वास लागेरै यहाँसम्म आएका हौँ ।”

धरानको विजयपुरस्थित बूढासुब्बा मन्दिर धार्मिक पर्यटकका लागि आकर्षणको केन्द्र बनिरहेको छ । नेपालका विभिन्न जिल्ला मात्र होइन, भारतका सिक्किम, दार्जिलिङलगायतका ठाउँबाट समेत बूढासुब्बा दर्शन गर्न आउने तीर्थालुहरुको सङ्ख्या बढिरहेको छ । बूढासुब्बाप्रति आस्था राख्ने दर्शनार्थीहरु पूर्वी पहाड र तराईबाट धेरै आउने गर्दछन् । त्यसबाहेक नेपालका विभिन्न जिल्लादेखि भारतका नेपाली भाषीहरु उत्तिकै हुन्छन् ।

सुनसरीको इटहरीबाट दर्शनका लागि बूढासुब्बा मन्दिर आएकी सुनिता राई आफू धेरैपटक बूढासुब्बा आइसकेको बताउँछिन् । उनी भन्छिन्, “हामी त वर्षैपिच्छे जस्तो भाले चढाउन यहाँ आउँछौँ । यहाँ पूजा गरेपछि हामीले सोचेका कुराहरु पनि पूरा भएकै छन् । बूढासुब्बाप्रति गहिरो आस्था छ ।”

२०६४ सालदेखि बूढासुब्बा मन्दिरको द्वार बाहिर माला तथा फूलको पसल सञ्चालन गर्दै आएका प्रेमप्रसाद पराजुलीले भूटान र वर्मादेखिका भक्तजनसमेत बूढासुब्बा आउने गरेको बताए । बूढासुब्बामा दर्शन गर्न आउनेहरुको सङ्ख्या बर्सेनि बढिरहेको उनको भनाइ छ । उनले भने, “पहिला बूढासुब्बालाई जनजातिको देउता भन्ने गरिन्थ्यो तर अहिले सबै जातिका मान्छे पूजा गर्न आउँछन् । अहिले बूढासुब्बा सबैका साझा देउता भएका छन् ।”

एक दशकअघिसम्म बूढासुब्बाको बाँसमा नाम लेख्दा प्रेम अमर हुने विश्वास गरेर बाँसमा नाम लेख्ने प्रचलन थियो । त्यसो गर्दा बाँस मर्न थालेपछि मन्दिर व्यवस्थापन समितिले बाँस वरिपरि तार जाली लगाएको छ । अहिले युवापुस्ता माझ प्रेम अमर हुने विश्वासका साथ बाँस वरिपरि मालाको डोरी बाँध्ने लहर चलेको छ ।

टाढादेखिका भक्तजन कुखुराको भाले, अण्डा, फलफूल लिएर पूजा गर्न यहाँ आइपुग्छन् । वरिपरि हरियालीले ढाकिएको बूढासुब्बा मन्दिर क्षेत्रमा बस्दा मनै आनन्द हुने गरेको दर्शनार्थीहरु अनुभव सुनाउँछन् ।

बूढासुब्बा मन्दिरमा पहिला बिहान मात्र पूजा हुने गरेकामा अहिले दिनभरजसो नै हुने गर्दछ । बूढासुब्बा मन्दिर व्यवस्थापन समितिका सचिव उत्तम आलेका अनुसार बूढासुब्बा मन्दिरमा दर्शन गर्न दैनिक सदरदर पाँच सयभन्दा बढी भक्तजन आउने गर्दछन् । विशेषगरी शनिबार र मङ्गलबारका दिन अझै धेरै भक्तजन आउने उनको भनाइ छ । कात्तिक र चैत महिनाका शनिबार र मङ्गलबारका दिन अन्य महिनाका शनिबार र मङ्गलबारभन्दा दोब्बर, तेब्बर आउने गर्दछन् ।

यो मन्दिरमा हिन्दू धर्मावलम्बी र किरात धर्मावलम्बिका साथै अन्य धर्मका मान्छेसमेत आउने गरेको सचिव आलेले बताए । “हिन्दू धर्मावलम्बीहरु बूढासुब्बालाई किरातेश्वर महादेवका रुपमा पूजा गर्छन्”, आलेले भने, “किरात धर्माबलम्बीहरुमध्ये कसैले यलम्बरको प्रतीकका रुपमा पूजा गर्छन्, त कसैले बुद्धिकर्ण रायको समाधिका रुपमा पनि पूजा गर्छन् । बुद्ध धर्मावलम्बी र मुसलमानहरु समेत मन्दिरभित्र पूजा नगरे पनि मन्दिर घुम्न आउने गरेका छन् ।”

बूढासुब्बाका बारेमा विभिन्न किंवदन्ती छन् । बूढासुब्बा एक शिकारी भएको कथा पढ्न पाइन्छ । बूढासुब्बा र उनकी बहिनी शिकार खेल्दै विजयपुर डाँडामा आइपुगेको र त्यहीँ आफ्नो बाँसको धनुष गाढेर समाधि लिएको कथा पनि जनमानसमा पाइन्छ । उनै शिकारीले गाडेको धनुषबाट बाँस पलाएर झ्याङ भएको हुनाले बूढासुब्बा मन्दिर क्षेत्रमा भएका बाँसको टुप्पा नपलाएको जनश्रुति छ । बूढासुब्बाका बाँसमा टुप्पा हुँदैनन् । बूढासुब्बा वरपर माटोका मट्याङ्ग्राहरु अहिले पनि भेटिन्छन् । त्यही किंवदन्तीका आधारमा बूढासुब्बा मन्दिरसँगै उनकी बहिनी भनिने छुट्टै मन्दिर पनि छ ।

कवि लक्ष्मी आचार्यले बूढासुब्बालाई महाभारतका पात्र एकलव्यको समाथी भनेका छन् । महाभारतको कथामा धनुर्विद्याका गुरु दोर्णाचार्यलाई नभेटे पनि गुरु मानेर धनुर्विद्या सिकेका एकलव्यले आफू निपूर्ण भएपछि दोर्णाचार्यलाई भेट गरेको र भेटमा गुरु भेटी चढाउन खोज्दा दोर्णाचार्यले बुढी औंला चढाउन लगाएको कथा पाइन्छ । तिनै दोर्णाचार्यलाई आफ्नो बुढीऔंला चढाएका एकलव्यको समाधि भएको कवि आचार्यले आफ्ना लेखहरुमा उल्लेख गरेका छन् ।

इतिहासकारहरुले भने बूढासुब्बालाई तत्कालीन किरात राज्यका राजा बुद्धिकर्ण रायको समाधिस्थल भनेर उल्लेख गरेको पाइन्छ । इतिहासकारहरुले कुनै समय विजयपुरमा छुट्टै सेन राज्य रहेको उल्लेख गरेका छन् । विजयपुरका राजा कामदत्त सेनको हत्यापछि १८२६ सालमा विजयपुरगढीको सिंहासनमा चौतारिया बुद्धिकर्ण राय बसेको इतिहास पाइन्छ । विसं १८३४ मा गोर्खाली फौजले बुद्धिकर्ण रायलाई मारेको उल्लेख छ । हाल बूढासुब्बा मन्दिरभित्र रहेको ढिस्को उनै बुद्धिकर्ण रायको समाधि वा चिहान भएको इतिहासकार इमनसिंह चेम्जोङले लेखेका छन् । मन्दिरभित्र रहेको यही माटोको ढिस्कोमा कुखुराको बलि दिने, फूल अक्षता र रक्सी चढाउने प्रचलन छ ।

मन्दिर नजिकै माला तथा फूल व्यापार गर्दै आएका प्रेमप्रसाद पराजुली पहिला बूढासुब्बामा भाले, रक्सी, अण्डा, पान, सुपारीसँगै गाँजा पनि चढाने गरेको तर गाँजा प्रतिबन्ध भएपनि हाल चढाउन छाडिएको बताउँछन् । बूढासुब्बामा गरेको भाकल पूरा हुने दर्शनार्थीहरुको विश्वास रहेको बताउँदै उनी भन्छन्, ‘‘अहिले भक्तजनले आफ्नो कामना पुरा भएको सुनाउँदा अहिले पनि मन्दिरभित्र साक्षात बूढासुब्बा हुनुहुन्छ कि भन्ने जस्तो लाग्छ ।’’

उहाँ बर्सेनि देश विदेशबाट आउने भक्तजन बढिरहे पनि व्यवस्थापन पक्ष फितलो रहेको बताउँछन् । बूढासुब्बामा टाढाबाट आउने भक्तजनलाई वासस्थानको व्यवस्था गर्नुपर्ने अवस्था रहेकाले सरकारले पनि त्यसतर्फ ध्यान दिनुपर्ने पराजुलीको धारणा छ । इतिहास अनुसार पनि बूढासुब्बाको इतिहास दुई सय वर्षभन्दा बढी देखिन्छ । बूढासुब्बाका पुजारी ७२ वर्षीय डम्बर आलेमगरका अनुसार उनीहरुले १७ औँ पुस्तादेखि मन्दिरमा पुजाआजा गर्दै आउनु भएको छ । यहाँ सुरुदेखि नै मगर पुजारी रहँदै आएका छन् । उनी भन्छन्, “जुनसुकै आस्थाले जे मानेर पूरा गरे पनि कसैसँग विवाद गर्दैनौँ, सबैको आआफ्नो आस्था हो ।”

मन्दिरको नियमित आम्दानी भनेको भक्तजनले चढाउने भेटी हो । शनिबारको दिन पाँचदेखि सात हजार रुपैयाँसम्म भेटी सङ्कलन हुने व्यवस्थापन समिति सचिव उत्तम आले बताउँछन् । पूजाका लागि दैनिक आवश्यकपर्ने सामग्री पुजारीले नै किन्ने गरेका छन् । यसरी संकलन भएको भेटीबाट पुजारीले आफ्नो परिवार पाल्ने र घर खर्च धान्ने गरेका छन् ।

पुजारी आले खलकका तीन परिवार छन् बूढासुब्बामा । उनीहरु वर्षेनी पालैपालो पुजा गर्छन् । जसले वर्षभर पूजा गर्छ, भेटी पनि उसैको हुन्छ । तीन वर्षमा मात्र फेरि पालो आउने भएकाले एक वर्षको भेटीले तीन वर्ष पु¥याउनु पर्ने अवस्था रहेको सचिव आले बताउँछन् । यो मन्दिरको कतै गुठी पनि छैन भने कुनै सरकारी निकायबाट पनि नियमित पैसा आउँदैन ।

मन्दिर क्षेत्रमा ४० हाराहारीमा फुल मालाका पसल छन्, त्यसबाट मासिक ५० हजार जति आम्दानी हुने गरेको व्यवस्थापन समिति सचिव आलेको भनाइ छ । मन्दिरमा व्यवस्थापन समितिले एक जना चौकीदार र एक जना सरसफाई कर्मचारी राखेको छ । पसलको त्यो आम्दानी कर्मचारीलाई तलब दिनै ठिक्क हुने गरेको र बचेको पैसा मन्दिर र वरपरको व्यवस्थानमा खर्च हुने गरेको उनी बताउँछन् ।

केही वर्षअघि कोशी प्रदेश सरकारले ३० लाख रुपैयाँ बजेट विनियोजन गरेपछि मन्दिर वरिपरको पर्खाल लगाइएको छ । बूढासुब्बाका बाँसमा जथाभावि नाम लेख्ने प्रचलन बढेर बाँस मर्न थालेपछि धरान उपमहानगरपालिकाको सहयोगमा बाँस संरक्षणको काम पनि थालिएको छ । हाल पुरातत्व विभाग र दाताको सहकार्यमा मन्दिरमा पित्तलको छाना, रेलिङ, खम्बा लगाएर निर्माण गरिएको छ ।

मन्दिरको भेटी र पसलहरुको भाडाबाहेक सरकारी तबरबाट नियमित सहयोग नभएकाले समस्या भएको व्यवस्थापन समिति सचिव आलेको भनाइ छ । उनी बूढासुब्बा मन्दिरमा दर्शनार्थीहरु बढिरहेकाले यसको व्यवस्थापनमा स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारले सहयोग गरे सहज हुने बताउँछन् । मन्दिरको व्यवस्थापनको जिम्मा सरकारबाट भए सजिलो हुने समितिको भनाइ छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
एसईई नतिजा हेर्ने तरिका सार्वजनिक : एसएमएस, आईभीआर र वेबसाइटमार्फत नतिजा प्राप्त गर्न सकिने
२०८३ वैशाख २८ गते सोमबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
वैशाख २९ भित्रै एसइई नतिजा सार्वजनिक हुने, बोर्डको अन्तिम तयारी पुरा

ताजा

एसईई नतिजा हेर्ने तरिका सार्वजनिक : एसएमएस, आईभीआर र वेबसाइटमार्फत नतिजा प्राप्त गर्न सकिने

बर्लीको आक्रामक विस्तार : २२ मोडेलसहित नेपालकै ठुलो रेञ्ज, नयाँ डेजर्ट र पर्सनल कुलर सार्वजनिक

२०८३ वैशाख २८ गते सोमबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

देशभर ‘सरसफाइ सप्ताह २०८३’ सञ्चालन गरिने

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.