१ करोड १७ लाख भ्रष्टाचार, ३ लाख धरौटीमा छुटे आरोपित थापा
जानकारी केन्द्र
२०८०, पुष, २८
काठमाडौं । पशुपतिमा जलहरी राख्दा सुन हिनामिना गरेको आरोपमा पक्राउ परेका तत्कालीन सदस्यसचिव मिलनकुमार थापा ३ लाख धरौटीमा छुटेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलहरी प्रकरणमा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापा, तत्कालीन सदस्य सचिव डा. प्रदीप ढकालसहित तीन जनाविरुद्ध जनही १७ लाख १ हजार ७८१ रुपैयाँ बिगो माग दाबी गर्दै गत असोजमा मुद्धा चलाएको थियो ।
अख्तियारले पशुपतिनाथ मन्दिरमा जलहरी राख्दा सुन हिनामिना गरेको आरोपमा सदस्य सचिव थापा, तत्कालीन सदस्य सचिव ढकाल र कोषका तत्कालीन बिशेट नाइके (स्टोरकिपर) अरुणकुमार श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
विशेष अदालतका न्यायाधीशद्वय खुसीप्रसाद थारू र रामबहादुर थापाको इजलासले थापालाई ३ लाख धरौटीमा छाड्ने आदेश दिएको हो ।
सम्बन्धित समाचार
बीपीसीद्वारा एसीसीए क्रिकेट लिग २०२६ सफलतापूर्वक सम्पन्न
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
आज तराईका केही स्थानमा हुस्सु लाग्ने
बुटवलमा हुँदैछ पल्सर आरपीएम, युवाका लागि रोमाञ्चक अनुभवको तयारी
एनसेल ग्राहकलाई आइफोन १८ खरिदमा विशेष बन्डल प्याकेज
ट्रेन्डिङ
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
२०८३ असोज १४ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

