• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२७ बैशाख २०८३, आइतबार
२७ बैशाख २०८३, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

यस्तो छ आजको मौसम पुर्वानुमान
  • ६ घण्टा 

एसईई नतिजा हेर्ने तरिका सार्वजनिक : एसएमएस, आईभीआर र वेबसाइटमार्फत नतिजा प्राप्त गर्न सकिने
  • १९ घण्टा 

बर्लीको आक्रामक विस्तार : २२ मोडेलसहित नेपालकै ठुलो रेञ्ज, नयाँ डेजर्ट र पर्सनल कुलर सार्वजनिक
  • २० घण्टा 

२०८३ वैशाख २८ गते सोमबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • २२ घण्टा 

देशभर ‘सरसफाइ सप्ताह २०८३’ सञ्चालन गरिने
  • २३ घण्टा 

वैशाख २९ भित्रै एसइई नतिजा सार्वजनिक हुने, बोर्डको अन्तिम तयारी पुरा
  • १ दिन 

नेपाल कम्युनिभर्सिटीद्वारा ‘सामाजिक नवप्रवर्तन र उद्यमशीलतामा स्नातकोत्तर’ कार्यक्रमको औपचारिक उद्घाटन
  • १ दिन 

MAW Group has closed 100+ Bookings at Chitwan Auto Show 2026
  • १ दिन 

घट्यो आज सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?
  • १ दिन 

लोकप्रिय समाचार

  • १. Dongfeng Motor has launched Munich design center in European markets

  • २. चिटवन अटो शो २०२६ मा १०० भन्दा बढी बुकिङ, एमएडब्लू ग्रुपका लागि मल्टी-ब्रान्ड सफलताको महत्वपूर्ण उपलब्धि

  • ३. २०८३ वैशाख २२ गते मंगलबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ४. समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक, कुन-कुन परे ?

  • ५. २०८३ वैशाख २८ गते सोमबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ६. २०८३ वैशाख २३ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ७. सुनचाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?

  • ८. काँकरभिट्टाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

  • ९. गर्मीमा घरभित्रै प्रिमियम शीतलता, ब्ल्याकं डेकरका ८ आधुनिक एयर कूलर बजारमा

  • १०. नेपाल दुरसञ्चार प्राधिकरणमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आवेदन खुल्ला

गोकणेश्वर मन्दिर : पशुपतिनाथ भन्दा पनि प्राचीन, फोहोर खोलाले वरपर बस्नै समस्या

जानकारी केन्द्र २०८०, माघ, ७

काठमाडौं । पशुपतिनाथको मन्दिरदेखि करिब ३ किलोमिटर उत्तरमा बागमती नदीको पश्चिम तटमा गोकर्णेश्वर महादेवको मन्दिर रहेको छ । पुरानो पशुपति वा उत्तरगया उपनामबाट प्रख्यात गोकर्णेश्वर महादेव, काठमाडौं बौद्धदेखि ५ किलोमिटर उत्तर तर्फ सुन्दरीजल जाने बाटोमा छ ।

सूर्यमती, चन्द्रमती र बागमती नदीको सँगम त्रिवेणीस्थित गोकर्णेश्वर महादेवस्थान बौद्ध धर्मावलम्बीहरुको माझमा उत्तरगयाको नामले प्रख्यात छ । बौद्ध धर्मावलम्बीहरुको १२ तीर्थस्थलमध्ये गोकर्ण पनि एउटा मुख्य तीर्थस्थल भएको हिमवत् खण्डमा उल्लेख छ ।

गोकर्णेश्वर महादेवको उत्पति
गोकर्णेश्वर महादेवको उत्पतिको बारेमा अनेकन किम्वन्तीहरु रहेका छन् । पाशुपत क्षेत्र मृगस्थलीमा मृगको रुपमा पशुपतिनाथ श्लेषमान्तक वनमा घुम्न आउँदा स्वर्गमा महादेव हराएको हल्ला फिँजिएछ ।

एक सिँगे मृगको रुप धारण गरी गोकर्णको जंगलमा विचरण गरिरहेका भगवान् शिवलाई चिनेर ब्रम्हा, विष्णु र इन्द्र भगवानले समातेर आफ्नो अधीनमा राख्न खोज्दा सिँङ्ग तीन टुक्रा भई तीनै देवताको हातमा एक, एक टुक्रा पर्न गएछ ।

तीन देवताको हातमा रहेको मृगको सिँङ्गलाई विष्णुले पातालमा, इन्द्रले स्वर्गमा र ब्रम्हाले जमिनमा अर्थात् मृगको सिङ्गको एक टुक्रालाई शिवलिङ्गको रुपमा ब्रह्माजीले गोकर्णमा गोकर्णेश्वर महादेवको नामले स्थापित गरेको कुरा नेपाल माहात्म्यमा उल्लेख भएको पाइन्छ ।

बागमती नदीमा स्नान गरेर गोकर्णेश्वर महादेवको पूजा गर्नाले कैलाशधामको गति प्राप्त हुन्छ भन्ने शास्त्रीय मान्यता रहेको छ । गोकर्णेश्वरमा आई बागमतीको तटमा तर्पण श्राद्ध गर्ने परम्परा रही आएको छ । यहाँ पितृ श्राद्ध गरेमा ठूलो पुण्य मिल्छ भन्ने कुरा नेपाल माहात्मा हिमवत्खण्डमा उल्लेख छ ।

वैशाख मातृ औँसीको दिन आमा नहुने हिन्दू धर्मावलम्बीहरु थानकोट स्थित मातातीर्थ पुग्छन् भने भाद्र कृष्ण औँसीको दिन बुवा नहुनेहरुले पितृको नाउँमा गोकर्ण त्रिवेणीमा श्राद्ध गर्ने गर्दछन् ।

त्रिवेणी नदीको किनारमा स्थापित तीनतल्ले खपट छानायुक्त पेगोडा शैलीको मन्दिर पशुपतिनाथ भन्दा पनि प्राचीन मानिन्छ । प्राचीन पशुपति हेर्नुछ भने गोकर्ण जानु भन्ने उखानले पनि उक्त भनाईलाई प्रमाणित गर्दछ ।

गोकर्णेश्वर महादेवको मन्दिर वरपर थुप्रै मूर्तिहरु स्थापना गरिएका छन् । मन्दिरको पूवी भर्यागबाट मन्दिर तर्फ अघि बढ्दा देवस्थल वरिपरि बुद्ध, राम लक्ष्मण, सीता, कृष्ण, सरस्वती, लक्ष्मी, भैरव, बलभञ्जन पाण्डे, विष्णु, ब्रम्हा, नन्दी भृङ्गीका मूर्तिहरु क्रमशः सजाइएका छन् ।

दुर्गन्धले बस्नै सकस
बागमती नदी किनार छेउ हिड्दै गर्दा ह्वास्स आउने दुर्गन्धले आजित भएर फर्किनु पर्ने अवस्था छ । मन्दिरबाट तल झरेर खोलाको छेउछाउ हिड्दा नाक थुनेर हिँड्नुपर्छ । एक स्थानिय भन्छन् -‘बागमतीमा ढलमात्रै बग्छ । गर्मीमा त यहाँ बस्न अत्यन्त गार्हो हुन्छ ।’

खोलामा हेर्दा जताततै फोहोर मात्र देखिन्छ । यस्तै त्यही भेटिएका अर्का व्यक्ती भन्छन् – ‘दिनभर अमिलो र कुहिएको गन्ध आएर बसिनसक्नु हुन्छ, फ्रेस हुन साँझपख बाहिर निस्कँदा समेत नाक बन्द गरेर हिँड्नु पर्ने अवस्था छ ।’

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
एसईई नतिजा हेर्ने तरिका सार्वजनिक : एसएमएस, आईभीआर र वेबसाइटमार्फत नतिजा प्राप्त गर्न सकिने
२०८३ वैशाख २८ गते सोमबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
वैशाख २९ भित्रै एसइई नतिजा सार्वजनिक हुने, बोर्डको अन्तिम तयारी पुरा

ताजा

यस्तो छ आजको मौसम पुर्वानुमान

एसईई नतिजा हेर्ने तरिका सार्वजनिक : एसएमएस, आईभीआर र वेबसाइटमार्फत नतिजा प्राप्त गर्न सकिने

बर्लीको आक्रामक विस्तार : २२ मोडेलसहित नेपालकै ठुलो रेञ्ज, नयाँ डेजर्ट र पर्सनल कुलर सार्वजनिक

२०८३ वैशाख २८ गते सोमबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.