हुम्लाको तापक्रम माइनस १०
सिमकोट, (हुम्ला) । हिमाली जिल्ला हुम्लामा आज यस वर्षकै बढी चिसो महसुस गरिएको छ । हिउँदयाममा हिमपात नभए पनि यस वर्ष अत्यधिक चिसो महसुस गरिएको स्थानीय बताउँछन् ।
जिल्लाको मौसममा बदलीसँगै बिहानबाट बाक्लो बादल लाग्दा चिसो बढेको हो । मङ्गलबार साँझदेखि आकाशमा बादलले छोपेसँगै आज बिहानदेखि चिसो अत्यधिक बढेको छ ।
जिल्लामा मौसममा परिवर्तन भइरहेकाले स्थानीयको दैनिकी कष्टकर हुनुका साथै हवाई यातायात पनि प्रभावित भएको सिमकोट विमानस्थलका प्रमुख मेन्द्र सिंहले बताए । उनका अनुसार विमानस्थलमा रहेको मौसम मापन गर्ने उपकरणमा आजको तापक्रम माइनस १० डिग्री सेल्सियस देखिएको छ ।
“आज हुम्लाको तापक्रम माइन १० डिग्री सेल्सियसमा रहेको छ, भने उत्तरी नाम्खामा तापक्रम झन घटेको छ”, प्रमुख सिंहले भने ।
जिल्लाको तापक्रम माइनसमा झरेसँगै चिसो बढेपछि चिसोबाट बच्न सतर्कता अपनाउन स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेम सिंहले सबैमा अनुरोध गरेका छन् । उनले चिसोले वृद्धवृद्धा र बालबालीकालाई बढी असर गर्ने भएकाले बाक्लो कपडा लगाएर न्यानो भएर बस्न आग्रह गरे ।
चिसो ह्वात्तै बढेपछि स्थानीयवासी तथा कर्मचारीले दैनिक उपयोगका लागि दाउरा सङ्कलन गर्न थालेका छन् । जाडो मौसममा एक भारी दाउराको मूल्य एक हजारसम्म पर्ने गरेको छ ।
आज चिसो बढी भएपछि सदरमुकाम सिमकोटमा रहेका सरकारी तथा गैरसरकारी कार्यालयमा कर्मचारीलाई काम गर्न समस्या भएको छ । चिसोमा सेवाग्रही कम आउने भएकाले सेवा लिन आएका सेवाग्राहीलाई विद्युत्को प्रयोग गरी हिटर तापेर सेवा दिइएको शिखर इन्स्योरेन्स प्रालि हुम्ला शाखाका उपेश भण्डारीले बताए ।
चिसोले सेवा प्रवाहमा समस्या बनाएको सिमकोट गाउँपालिका–२ ठेहेका वडाध्यक्ष देवजङ बोहराले बताए । यसअघि दिउँसो घाम लागेर चिसो कम मानिए पनि आज बिहानैदेखि घाम नलाग्दा अत्यधिक चिसो भएको उनको भनाइ थियो ।
बादल लागेसँगै अन्तर जिल्ला जोड्ने एक मात्र हवाई यातायातले समेत नेपालगञ्ज, सुर्खेतबाट उडान भर्न नसकेको विमानस्थल प्रमुख सिंहले जानकारी दिए ।
सम्बन्धित समाचार
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव कायमै
आज तराईका केही भूभागमा बिहानपख हुस्सु लाग्ने
आज तराईका अधिकांश क्षेत्रमा हुस्सुको प्रभाव, चिसो बढ्ने क्रम जारी
आज तराईका केही स्थानमा हुस्सु लाग्ने
यस्तो छ आजको मौसम पुर्वानुमान
कुलेखानी जलाशयको सतह १,५२५ मिटर नाघेपछि तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
