• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, भदौ २९, २०८२
आइतबार, भदौ २९, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग

सुनको मूल्य तोलामा सात सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

दशैंका लागि अग्रिम टिकट बुकिङ खोल्ने विषयमा आज छलफल

राष्ट्र बैंकले एक अर्ब २० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर,कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

२०८२ साल भदौं २९ गते आइतवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

रवि लामिछाने आजै कारागार फर्किने

२०८२ साल भाद्र २८ गतेदेखि असोज ०३ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

काठमाडौं महानगरपालिकाको निर्णय : शिक्षकहरू भोलि विद्यालय हाजिर हुने, पर्सिबाट पटनपाठन सुरु

लोकप्रिय समाचार

  • १. २०८२ साल भदौं २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल भदौं २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल भदौं २६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ४. सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

  • ५. २०८२ साल भदौं २८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ६. २०८२ साल भदौं २७ गते शुक्रवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ७. सुशीला कार्कीप्रति पूर्ण समर्थन छ : बालेन शाह

  • ८. त्रिभुवन विश्वविद्यालयको पढाइ छठसम्म बन्द

  • ९. स्वास्थ्यमन्त्री पौडेलले पनि दिए राजीनामा

  • १०. २०८२ साल भाद्र २८ गतेदेखि असोज ०३ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

रातोपानीको तातोपानी मुहान संरक्षण र व्यवस्थापन

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–६ रातोपानीमा रहेको प्राकृतिक तातोपानीको मुहान संरक्षण र व्यवस्थापन गरिएको छ ।

अन्नपूर्ण गाउँपालिका, प्रदेश सरकार, स्थानीय र दाताको सहयोग जुटाएर तातोपानीको मुहान संरक्षण तथा व्यवस्थापन भएपछि सो मुहान उपचार, स्नान र मनोरञ्जनस्थलका रुपमा विकास भएको हो । कालीगण्डकी नदी किनारमा रहेको तातोपानीको मुहानलाई संरक्षणका साथै व्यवस्थित बनाएपछि पर्यटकीय र प्राकृतिक उपचारस्थलका रुपमा विकास हुन थालेको अन्नपूर्ण–६ का वडाध्यक्ष रामबहादुर खड्काले बताए ।

“तातोपानीको मुहानलाई कालीगण्डकीको कटानबाट जोगाउन किनारमा पक्की पर्खाल निर्माण, डुबुल्की मारेर स्नान गर्ने सुविधाका लागि व्यवस्थित पोखरी, टहरा, विश्रामस्थल बनाइएको छ”, उनले भने, “रातोपानी संरक्षण र व्यवस्थापनका लागि गाउँपालिकाले पछिल्लो पाँच वर्षयता रु ५० लाखभन्दा बढी लगानी गरेको छ, समुदाय र दाताले पनि सहयोग गरेका छन् ।”

बेनी–जोमसोम सडकको छेउमा प्रतिसेकेण्ड ११ लिटरका दरले ५६ डिग्रीको तातोपानी निस्कने मुहान छ । मुहानबाट निस्किएको पानीलाई पोखरीमा सङ्कलन गरी एक पटकमा ४० देखि ५० जनाले स्नान गर्नसक्ने क्षमताको १०÷१० मिटर लम्बाइ र चौडाइ भएको पोखरी बनाइएको छ ।

पक्की पर्खाल बनाएर संरक्षण गरिएपछि तातोपानीको मुहान र पोखरी कालीगण्डकीको कटानबाट सुरक्षित भएको छ । टहरा र विश्रामस्थल भएपछि स्नान गर्नका लागि घामपानीले असर गर्दैन । पहिले नदी किनारको खुला ठाउँको पोखरीमा स्नान गर्दा व्यवस्थित थिएन ।

उपचारका लागि आउने सर्वसाधारण र स्नान गर्ने पर्यटकलाई सहज भएको कुण्ड सञ्चालनका लागि गाउँपालिकाबाट अनुमति पाएका खिलराज बरुवालले बताए । “यो तातोपानी कुण्ड गरिबका लागि अस्पताल बनेको छ”, उनले भने, “व्यवस्थित भएसँगै उपचार र जाडो याममा तातोपानीमा स्नान गरेर मनोरञ्जन लिने दुवैथरी मानिसको आगमन बढेको छ ।”

बरुवालले गाउँपालिकालाई एक लाख राजस्व तिरेर चालु आर्थिक वर्षका लागि कुण्ड सञ्चालनको अनुमति लिएका छन् । उनका अनुसार दैनिक एक सय जना जति स्नानका लागि आउने गर्छन् । पाहुना र पर्यटक आगमनसँगै रातोपानी, पोखरेबगर र ठूलोबगरको व्यवसाय प्रर्वद्धन भएको छ ।

चोटपटक लागेको, बज्रिएको, ग्यास्ट्रिक र चिसोका कारण उत्पन्न स्वास्थ्य समस्याबाट पीडित बिरामी तातोपानीमा डुबुल्की मारेर स्नान गर्न आउँछन् । युरिक एसिडबाट थलिएका अन्नपूर्ण–७ औलका रिमबहादुर पुर्जाले तातोपानीमा स्नान गरेपछि निको भएको अनुभव सुनाए ।

“पाँच वर्षअघि मलाई यहाँ स्नानका लागि परिवारका सदस्यले बोकेर ल्याएका थिए”, उनले भने, “२१ दिन स्नान गरेपछि युरिक एसिड निको भयो, आफैँ हिँडेर घर गए, त्यसपछि हरेक वर्ष हिउँदयाममा स्नानका लागि रातोपानीको तातोपानीमा आउने गरेको छु ।” पोखरा, काठमाडौँ, चितवन, मुस्ताङ र म्याग्दीका विभिन्न ठाउँबाट स्नान गर्ने व्यक्ति आउने गरेको बताइएको छ ।

सर्वसाधारणले कुण्डमा पूर्वाधार निर्माणमा पनि सघाएका छन् । अन्नपूर्ण–६ घोडेपानीका ममता गर्बुजाले करिब रु एक लाख ५० हजार खर्च गरेर सडकदेखि पोखरीसम्म पुग्ने रेलिङसहितको पदमार्ग बनाइदिएको वडाध्यक्ष खड्काले बताए ।

चिसो याममा तातोपानीमा शरीर डुबाएर स्नान गर्दाको छुट्टै आनन्द हुने बताइन्छ । बेनी–जोमसोम सडक भएर मुस्ताङ जाने आउने पर्यटक पनि कुण्डमा स्नान गर्न आउन थालेका छन् । सात दिन स्नान गर्दा रु तीन सय ५० र एकपटक स्नान गर्न रु ३० शुल्क तोकिएको छ ।

तातोपानीको पोखरी नजिकै कपडा फेर्ने ठाउँ, अर्को मुहानमा धारा र सार्वजनिक शौचालय बनाउने तयारी गरिएको गाउँपालिकाका अध्यक्ष भरतकुमार पुनले बताए । उनका अनुसार सार्वजनिक शौचालय निर्माणका लागि चालु आर्थिक वर्षमा रु आठ लाख विनियोजन गरिएको छ ।

गत वर्ष प्रदेश सरकारको पाँच लाख अनुदानमा पोखरी परिसरमा विश्रामका लागि पनि प्रयोग गर्न सकिने गरी सिँढी निर्माण गरिएको थियो । बेनी–जोमसोम सडकको नजिकै भएको कुण्डको प्रचारप्रसार गरेर स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउन पहल गरिएको अध्यक्ष पुनले बताए । रासस

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दशैंका लागि अग्रिम टिकट बुकिङ खोल्ने विषयमा आज छलफल
    २०८२ साल भदौं २९ गते आइतवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल
    २०८२ साल भाद्र २८ गतेदेखि असोज ०३ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    लोकप्रिय

    २०८२ साल भदौं २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल भदौं २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ साल भदौं २६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

    २०८२ साल भदौं २८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    ताजा

    पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग

    सुनको मूल्य तोलामा सात सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

    दशैंका लागि अग्रिम टिकट बुकिङ खोल्ने विषयमा आज छलफल

    राष्ट्र बैंकले एक अर्ब २० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
    • सुनको मूल्य तोलामा सात सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?
    • दशैंका लागि अग्रिम टिकट बुकिङ खोल्ने विषयमा आज छलफल
    • राष्ट्र बैंकले एक अर्ब २० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने
    • यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर,कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.