दिउँसो सुत्ने बानी छ ? आजै सुधार्नुस्, स्वास्थ्यमा देखिन्छ यस्तो समस्या
धेरै मानिसहरूको दिउँसो सुत्ने बानी हुन्छ । कलेज पढिरहेका र घरमा गृहस्थी जीवन बिताइरहेका महिलाहरू झनै नियमित सुत्ने गर्छन् दिउँसो । घरभित्रै कैद भएर बस्नु पर्दा दिक्क मानेर समय कटाउन भन्दै खाना खाए लगत्तै धेरै दिउँसो सुत्ने बानी धेरैमा परेको छ । तर बिरामी वा अस्वस्थ्य नभई दिउँसो सुत्ने बानी निकै हानिकारक हुने गर्दछ ।
यसले तत्काल कुनै ठूलो समस्या नदेखाए पनि कालान्तरमा ठूलो स्वास्थ्य समस्या निम्त्याउन सक्छ । दिउँसो सुत्ने बानीले कालान्तरमा कलेजो क्यान्सरको खतरा हुने गर्दछ । दिउँसो एक घन्टाभन्दा बढी सुत्दा टाइप टु डायबिटिजको खतरा हुने गर्दछ । मुटुसम्बन्धी रोग, ब्रेन स्ट्रोक कारक पनि दिउँसोको सुताई हुने गर्दछ ।
दिउँसो सुत्ने मानिसहरुमा भोक धेरै हुन्छ जसले ब्लड सुगर बढाउने गर्दछ । ज्वरो, गलासम्बन्धी रोग लाग्ने संभावना उच्च रहन्छ । डायबिटिज वा मोटोपनका कारण पनि लिभर क्यान्सरको खतरा रहन्छ । दिउँसो केहि मिनेट मात्र आराम गरेमा यसले कुनै असर गर्दैन । तर लामो निन्द्रामा भने पर्नु हुदैन । आराम गर्दा प्राकृतिक हावा लाग्ने स्थान हुनु पर्दछ ।
धेरै सुत्ने बानी पनि हुन्छ हानिकारक !
चिकित्सकका अनुसार एक वयस्क मानिस अधिकतम ८ घण्टासम्म मात्र निदाउँदा पर्याप्त हुन्छ । सुत्ने समय बेलुका हुनु पर्ने उनीहरुको सुझाव हुन्छ । ८ घण्टाभन्दा बढि सुत्दा शरीरमा आलस्यता हुने, मष्तिक बोधो हुने र मानिसमा जागँर मर्ने गर्दछ ।
आवश्यकताभन्दा बढि निदाउने मानिसलाई खाएको नपच्ने हुन्छ । बढि सुत्ने मानिसहरुमा कब्जियत, ग्यास, अपच लगायत समस्या आइलाग्छ ।
धेरै सुत्ने मानिसमा मोटोपना बढ्नुको साथै मधुमेहको संभावना उच्च रहन्छ । खानापछि एकछिन आराम त ठिकै हो तर निदाउँदा पेटसम्बन्धी रोग लाग्ने गर्दछ ।
आवश्यकताभन्दा बढि सुत्नेहरुमा स्मरण शक्ति कमजोर, शरीर फुल्ने समस्या हुनसक्छ । पढ्ने विद्यार्थीले लगातार सुत्नु हुँदैन । तर लगातार २ घण्टाभन्दा बढि पढ्नु पनि हुँदैन । वृद्ध वा बालबालिकाहरु आवश्यकता अनुसार बढि समयसम्म निदाउदा असर पर्दैन ।
सम्बन्धित समाचार
बडीमालिका क्षेत्रमा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा, टेलिफोन र इन्टरनेट सञ्चालन
नागढुंगा सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुल्ला
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण
साँझमा बत्तीमा कीरा झुम्मिने समस्या छ ? यस्तो उपाय अपनाउनुहोस्
यी पाँच गल्तीका कारण फाटछ दूध, अब यसरी जोगाउनु होस्
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

