रामजानकी मन्दिरका भौतिक संरचना जीर्ण
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–११ अमरपुरस्थित रामजानकी मन्दिरका भौतिक संरचना मर्मतसम्भारको अभावमा जीर्ण बन्दै जान थालेका छन् । स्थानीय बासिन्दाले तीन दशकअघि चन्दा सङ्कलन गरी सो मन्दिर निर्माण गरेका थिए ।
मन्दिरको जीर्णाद्धार गर्नका लागि आर्थिक अभाव भएको रामजानकी धार्मिक पर्यटकीय विकास समितिका अध्यक्ष लालबहादुर ऐरले बताए । “मन्दिरको गुम्बजमा लगाइएको प्लास्टर खस्न थालेको छ,” उनले भने, “प्लास्टर खसेर सरिया देखिन थालेका छन्, समितिसँग मर्मत–सम्भार गर्नका लागि आवश्यक रकम छैन ।”
उनका अनुसार स्थानीय समाजसेवीको पहलमा मन्दिर परिसरमा निर्माण गरिएको एक सय आठ शिवलिङ्ग रहेको चक्रव्यूह मर्मत–सम्भारका पर्खाइमा रहेको छ । मन्दिरको जीर्णोद्धार गरिदिनका लागि नगरपालिका सहितका दातृ निकायलाई आग्रह गरिएको उनले बताए । मन्दिरलगायत अन्य धार्मिक आस्थाका भौतिक संरचना मर्मत–सम्भार नगरिए दुर्घटना निम्तिन सकिने उनको भनाइ छ ।
नगरप्रमुख रणबहादुर महराले चालु आर्थिक वर्षको बजेटमा रामजानकी मन्दिरका लागि रु तीन लाख बजेट विनियोजन गरिएको जानकारी दिए । मन्दिर व्यवस्थापन समितिले निर्णय गरी मन्दिर जीर्णोद्धार वा कुन क्षेत्रमा बजेट खर्च गर्ने भन्नेबारे निर्णय गरी भौतिक संरचना मरमत गरिने बताए । “बजेटको व्यवस्था गरिदिएका छौँ,” उनले भने, “समितिका पदाधिकारीले निर्णय गरी उपयुक्त क्षेत्रमा बजेटको सदुपयोग गर्नुपर्छ ।”
समितिका अध्यक्ष ऐरका अनुसार मन्दिरको संरक्षणमा रहेको जग्गा समेत अतिक्रमणको चपेटामा परेको छ । अतिक्रमणकारीहरुले सालको सुकेको रूख घेरेर टिनको अस्थायी पर्खाल निर्माण गरेका छन् । तीन वर्षअघि देखि जग्गा अतिक्रमण गरी पक्की घरहरु निर्माण गरिएका छन।
शुक्लाफाँटा–११ वडाअध्यक्ष शेर बहादुर साउदले तत्काल अतिक्रमण हटाउनका लागि अतिक्रमण गर्नेहरुलाई मन्दिर समितिका पदाधिकारीको रोहवरमै कार्यकक्षमै बोलाएर भनिसकिएको जानकारी दिए । अतिक्रमण तत्काल हटाउने सहमति गरे पनि अतिक्रमण अहिलेसम्म हटाइएको भने छैन । मन्दिरमा मङ्सिरदेखि असार महिनासम्म विवाह, व्रतबन्ध गर्नेहरुको घुइँचो लाग्ने गर्दछ । दिनमा दुईदेखि तीनवटासम्म विवाह, व्रतबन्ध गर्ने व्यक्तिहरुको समूह मन्दिरमा पुग्ने गर्दछन् ।
समितिले विवाह, ब्रतबन्ध गर्नेहरुलाई आवश्यक भाँडाकुँडा, खानेपानी, शौचालय, विवाहमण्डपलगायत व्यवस्था मिलाउने गर्दछ ।व्यवस्था मिलाएबापत समितिलाई विवाह, व्रतबन्ध गर्नेहरुले दुई हजार पाँच सय २५ शुल्क बुझाउनुपर्ने नियम बनाइएको छ । शुल्कबापत उठेको रकम मन्दिर परिसरको सरसफाइ, पुजारीलाई दक्षिणा दिनमै ठिक्क हुने गरेको अध्यक्ष ऐरको भनाइ छ ।
गत आवमा नगरपालिकाको सात लाख बजेटमा निर्माण सुरु गरिएको तीनकोठे भवनको छत ढलान गरिएको छ । छत ढलानपछि भवनमा झ्याल ढोका, पर्खाल, प्लास्टर, फर्स ढलानलगायत कार्य आवश्यक बजेट अभाव हुँदा निर्माणको कार्य अगाडि बढ्न नसकेको अध्यक्ष ऐरले बताए । मन्दिर एक बिघा १७ कट्ठा क्षेत्रफलमा फैलिएको छ । मन्दिर स्थानीय समाजसेवीको पहलमा २०५२ सालमा स्थापना गरिएको हो । रासस
सम्बन्धित समाचार
२०८३ असोज १४ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
ट्रेन्डिङ
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य

