आज वसन्तपञ्चमी, सरस्वतीको पूजाराधना गरी मनाइँदै
काठमाडौं । विद्याकी देवी सरस्वतीको पूजा गरी मनाइने वसन्तपञ्चमी तथा सरस्वती पूजा बुधबार विविध कार्यक्रमसाथ मनाइँदैछ । प्रत्येक वर्ष माघ शुक्लपञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्रीदेवी सरस्वतीको पूजाराधना गरी आज देशभर मनाउन लागिएको छ। वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास छ ।
यही दिनको साइत पारेर अभिभावकले नानीबाबुलाई अक्षर चिनाउने कार्य शुभारम्भ गर्दै छन् । काठमाडौं उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वती मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न छात्रछात्राको घुइँचो लाग्ने गरेको छ ।
यस दिनमा नवीन कार्य प्रारम्भ गर्न चाहनेले र लगनको साइत जुराउनुपर्ने शुभकार्यका लागि रोजी विवाह, व्रतबन्ध आदि गर्ने प्रचलन पनि रहिआएको छ । वसन्तपञ्चमीकै दिनदेखि शिक्षण संस्थाले पनि विविध छुट कार्यक्रमसाथ विद्यार्थी भर्ना आह्वान गरेका छन् । यस दिन भर्ना हुन आएका विद्यार्थीलाई भर्ना शुल्क नलाग्ने तथा मासिक शुल्कमा समेत आकर्षक छुट दिने प्रस्तावसाथ शिक्षण संस्थाले प्रचार प्रसार गरिरहेका छन् ।
वसन्त ऋतुको प्रारम्भ हुने र सूर्य उत्तरायण हुँदै जाँदा दिन लामो र रात छोटो हुँदै जाडोबाट क्रमशः न्यानो हुँदै जाने हुनाले नेपाली जनजीवन र प्रकृतिको निकटतालाई यस पर्वले दर्शाउने गरेको छ ।
सम्बन्धित समाचार
२०८३ साउन ३० गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २९ गते शुक्रवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
साउनको अन्तिम सोमबार पशुपतिनाथमा भक्तजनको घुइँचो
ट्रेन्डिङ
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा मोर्बिडेली टी २५० एक्स सार्वजनिक, मूल्य ६ लाख २० हजार


